बागमती प्रदेश सभा सदस्य सुरेन्द्र राज गोसाईको प्रमुख आतिथ्यमा अनिवार्य शिक्षा शिविर कार्यक्रम सम्पन्न । १६ जेठ, २०८३

बागमती प्रदेश सभा सदस्य सुरेन्द्र राज गोसाईको प्रमुख आतिथ्यमा अनिवार्य शिक्षा शिविर कार्यक्रम सम्पन्न । १६ जेठ, २०८३

१६ जेठ, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजना तथा बागमती प्रदेश सभा सदस्य सुरेन्द्र राज गोसाईको प्रमुख आतिथ्यमा अनिवार्य शिक्षा शिविर कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य सुरेन्द्र राज गोसाईले सदस्यहरुलाई आर्थिक वित्तीय शिक्षा प्रदान गर्दै जानुपर्ने आवश्यकता औल्याउँदै सिद्धि गणेश सकोसले नियमित रुपमा सदस्यहरुको लागि शिक्षा शिवर सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले नीति नियम संगत सञ्चालन भएका सहकारी संस्था विश्वस्निय हुने बताउँदै संस्थाप्रति विश्वास कायम राख्न निरन्तर सञ्चालक र व्यवस्थापनले सोहि अनुरुपको कार्य गर्दै जान सचेत गर्नुभयो । साथै आर्थिक कारोवार हुने स्थानमा सावधानी अपनाउन अति आवश्यक हुने बताउनुभयो । बुझ्ने बुझाउने कुरामा कन्जुसाई गर्न नहुने, नयाँ बजेट संग संगै आउन सक्ने समस्याहरुबारे संस्था एवं सदस्यहरुलाई पटक पटक आर्थिक साक्षरता प्रदान गर्दै जानुपर्नेमा , उहाँले जोड दिनुभयो ।
उहाँले राम्रो सरकारले अनिवार्य राज्यको शिक्षा र स्वास्थ्यको जिम्मेवारी लिने चर्चा गर्नुहुँदै हालै घोषणा भएको बजेटमा सरकारी कर्मचारीको तलब बृद्धि तथा विद्यालय एवं अस्पतालमा लाग्ने शुल्कमा कर लगाउनुका साथै विजुली खपटमा लगाईएको मुल्य अभिबृद्धि करले धनी र गरिबको अन्तरलाई अझ फराकिलो गर्ने विचार व्यक्त गर्नुभयो । उहाँले गरिबीको मुख्य कारण स्वदेशमा उत्पादन कमी र आयातमा बृद्धि हुनु हो भन्नुहुँदै सरकारले उत्पादनलाई जोड दिनुपर्ने आवश्यकता औल्याउँनुभयो ।
कार्यक्रममा संस्था अध्यक्ष रुद्र नारयाण लाखाले सहकारिता र सहकारी सिद्धान्तहरुबारे जानकारी दिनुहुँदै हालै जारी भएका अद्यादेशमा सहकारी क्षेत्रलाई सामाजिक सेवा प्रदान गर्न बञ्चित गर्ने प्रकृतिका निर्देशनहरु जारी भएको उल्लेख गर्नुभयो । साथै ती नीति नियमले सहकारी क्षेत्रलाई नै संकुचित गर्न खोजिएको आभास भएको बताउनुभयो ।
अध्यक्ष लाखाले सदस्यहरुको सम्पूर्ण वित्तीय समस्याहरुको सर्वोत्कृष्ट समाधान गर्ने परिकल्पनाका साथ संस्था अघि बढ्दै आएको बताउँदै नियमित बचत भविष्यको लागि गरिने बचत भएको हुनाले अति आवश्यक अवस्थामा मात्र नियमित बचतको प्रयोग गर्न सुझाव दिनुभयो । उहाँले सदस्यहरुको अधिकार र दयित्वका साथै संस्थाको अवधारणगत पक्षहरुबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा संस्थाका सचिव उपसमितिका संयोजक विष्णु प्रसाद दुमरुले सहकारी तथा संस्थाबारे जानकारी दिने हेतुले कार्यक्रम आयोजना गरिएको बताउँदै झुठ्ठा आस्वासन दिई संस्थाको सदस्यता वितरण गर्न नहुने उल्लेख गर्नुभयो । उहाँले संस्था स्थापना काल देखि नीति नियमको पालना गरी सामाजिक क्रियाकलापहरुमा सक्रिय रहेको चर्चा गर्नुहुँदै संस्थाको कार्यक्षत्रका बासिन्दालाई मात्र सदस्य बनाई कार्यक्षत्र भित्र मात्र कारोवार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विगतमा साहु महाजन संग लिएको ऋणको साँवा व्याज एकमुष्ट भुक्तान गर्नुपर्ने बाध्यता रहेको हुनाले स्थापनाकाल देखिनै संस्थाले किस्ताबन्दी ऋणलाई प्रथमिकता दिँदै आएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाका वित्त तथा प्रशासन अधिकृत चन्द्र प्रसाद दुमरुले संस्थाको सेवा सुविधाहरुबारे जानकारी दिनुहुँदै विगतमा मलको हाहाकार भएको अवस्थामा संस्थाले सहुलियतमा मल वितरण गरी सदस्यहरुलाई राहत प्रदान गरेको स्मरण गर्नुभयो । उहाँले गैर कानूनी रुपमा सम्पत्ति शुद्धीकरण नगरेको अवस्थामा सदस्य पहिचान फारम (प्थ्ः) अद्यावधिक गर्न डराउन नहुने बताउँदै प्थ्ः अद्यावधिक गर्दा संस्थाले सदस्यकोे पहिचान गर्न टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा उपसमितिका सचिव किरण बनमालाले पनि बोल्नुभएको थियो ।