निःशुल्क स्त्रीरोग तथा सुगर परिक्षण शिविर सम्पन्न । (जेठ ३१ )
लोकसेवा तयारी अभिमुखीकरण कार्यक्रम (जेठ २७)
२०८० जेठ २७ गते शनिबार
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा लोकसेवा तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा अतिथि संस्थाका पूर्व अध्यक्ष एवं वर्तमान सञ्चालक समिति सदस्य कृष्ण गोविन्द लाखाजुले लोक को सेवा गर्ने नै लोकसेवा हो भन्ने सरल परिभाषा दिनुहुदै सहकारी सेवामा आबद्ध हुन चाहनेहरुको संख्या धेरै भएको हुनाले अधक मेहनत गर्नुपर्ने कुरामा जोड दिनुभयो । हाल सरकारी क्षेत्रका साथ साथै सहकारी क्षेत्रमा पनि राम्रो सेवा सुविधा भएको ………….
एकदिने दही बनाउने तालिम (जेठ २७)
२०८० जेठ २७ शनिबार
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. चोर्चा ७ भक्तपुरको, सेवाकेन्द्र व्यवस्थापन उपसमिति तेखापुखुको आयोजनामा एकदिने दहि बनाउने तालिम सम्पन्न भयो ।
तालिममा समापन कार्यक्रमका अतिथि संस्थाका कोषाध्यष जयराम गोर्खालीले समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्था लि. मध्ये नेपालको उत्कृष्ट दश सहकारी संस्था मध्ये एक संस्था सिद्धि गणेश साकोस रहेको जानकारी गराउदै ब्याजको लोभमा परि नाफामूलक सहकारी संस्थामा रकम जम्मा गरेको कारणले …………………
आ.ब. ०८०।०८१ देखि ०८३।०८४ सम्मको ४ वर्षे व्यवसायिक योजना तर्जुमा
१३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रवचन कार्यक्रम
लोकसेवा तयारी अभिमुखीकरण कार्यक्रम
२५ चैत्र, भक्तपुर
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा लोकसेवा तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा संस्था उपाध्यक्ष विष्णुराम दुमरुले हाल देखिएको बेरोजगारीको दरलाई कम गर्नका लागि शैक्षिक क्षेत्रमा संलग्न सदस्यहरुलाई उत्प्रेरित गर्नका लागि यो कार्यक्रम अति आवश्यक र परिणाममूखि हुने कुरा बताउनु भयो साथै विगतमा यस किसिमको कार्यक्रमले सकारात्मक परिणाम आएको पनि स्मरण गराउनु भयो ।
ज्येष्ठ सदस्य सम्मान कार्यक्रम
नेमकिपा अध्यक्ष विजुक्छेंद्धारा एक सय १५ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले सोमबार एक सय १५ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गर्नुभएको छ । सिद्धि गणेश वचत तथा ऋण सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरको आयोजनामा भएको ज्येष्ठ सदस्य सम्मान कार्यक्रममा अध्यक्ष विजुक्छेंले संस्थामा आवद्ध ती ज्येष्ठ सदस्यहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको हो । संस्थाले प्रत्येक वर्ष संस्थामा आवद्ध ७० वर्ष नाघेका ज्येष्ठ सदस्यहरुलाई वर्षमा एकपटक यसरी नै सम्मान गर्दै आएको जनाएको छ ।
सिद्धि गणेश साकोसको अर्ध–बार्षिक समिक्षा सम्पन्न
१९ माघ, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को आ.व. २०७९/०८० को अर्ध–वार्षिक प्रगति समिक्षा कार्यक्रम संस्थाको समिति, उपसमिति र कर्मचारीहरुको सहभागीतामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष एवं सभापति रुद्रनारायण लाखाले बैठक प्रणालीमा सञ्चालन गर्नुभएको कार्यक्रममा समुहगत छलफलबाट प्राप्त सुझावहरुले संस्थागत प्रगतिमा सहायक भूमिका निभाउने र सुझावहरु उपर गम्भिरतापूर्वक सञ्चालक समितिमा छलफल हुने जानकारी दिनुहुँदै अर्ध–वार्षिक कार्यक्रमले लक्ष्य प्राप्तिमा सहयोग पुर्याउनेमा ………
सदस्य अन्तरक्रिया कार्यक्रम(२०७९ माघ ८)
डोरी तान्ने प्रतियोगिता(२०७९ माघ ७)
माघ ७ ,भक्तपुर
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को २९औं स्थापना दिवसको अवसरमा लघुवित्त तथा बचत समुह परिचालन उपसमितिको आयोजनामा सम्पन्न डोरी तान्ने प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगिताको समापन कार्यक्रममा अध्यक्ष लाखाले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको र ती कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाई स्थापना दिवस सफल पारिदिन सबैमा अनुरोध गर्दै …..
अनिवार्य शिक्षा शिविर(२०७९ माघ ७)
७ माघ, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को २९औं स्थापना दिवसको अवसरमा विभिन्न उपसमितिको आयोजनामा सीपमूलक तालिम, खेलकुद प्रतियोगिता तथा अनिवार्य शिक्षा शिविर सम्पन्न भयो ।
सदस्यहरुलाई संस्थाको सेवा सुविधाबारे जानकारी दिने उद्देश्यकासाथ शिक्षा उपसमितिको आयोजनामा सम्पन्न अनिवार्य शिक्षा शिविरमा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले सहकारी, सहकारीता र संस्थाका अवधारणागत पक्षहरुबारे संस्थागत प्रस्तुती दिनुहुँदै ३१ जनाको ३१०० रकमबाट शुरुभएको ……..