नवनिर्वाचित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरूबीच परिचयात्मक तथा शुभकामना आदान प्रदान कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न । २९ असोज, २०८३

नवनिर्वाचित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरूबीच परिचयात्मक तथा शुभकामना आदान प्रदान कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न । २९ असोज, २०८३

२९ असोज, भक्तपुर ।

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापनको आयोजनामा नवनिर्वाचित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरूबीच परिचयात्मक तथा शुभकामना आदान प्रदान कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष बिष्णु राम दुमरूले परिचयात्मक कार्यक्रमको उद्देश्य कुनैपनि बेला आउन सक्ने सम्भावित समस्या, बाधा वा अप्ठ्यारो परिस्थितिमा समयमै सचेत हुनु र आपसी सहयोग आदानप्रदान गर्नु रहेको छ बताउनुभयो । उहाँले संस्थाको प्रगति र सामूहिक उत्तरदायित्व कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव नभई सम्पूर्ण टिमको सामूहिक मेहनत र सहकार्यमा निर्भर हुने उल्लेख गर्नुभयो । अध्यक्ष दुमरूले नियमित रूपमा क्यान्सर लगायतका गम्भीर रोगबाट पीडित र सहयोग आवश्यक पर्ने बिरामीहरूको घरदैलो वा अस्पतालमै पुगेर सेवा उपलब्ध गराउने तथा सहयोग प्रदान गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले नियामक निकायबाट जारी भएको सञ्चालक शैक्षिक योग्यता र वार्षिक नवीकरण सम्बन्धी निर्देशनहरु सहकारी संस्थाहरुका लागि चुनौतीको रुपमा आएको बताउनुभयो । उहाँले उपस्थित सम्पूर्णलाई विजष दशमी, दीपावली तथा छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष इश्वरमान दुमरूले संस्थालाई यो अवस्थासम्म पु¥याउन केवल संचालक र संस्थापकहरूको मात्र योगदान नरही, सम्पूर्ण कर्मचारीहरूको ठूलो योगदान रहेको उल्लेख गर्नुहुँदै संस्था अगाडी बढाउन सञ्चालक र कर्मचारीहरुको समन्वय र सहकार्य आवश्यक हुनेमा जोड दिनुभयो ।

कार्यक्रममा संस्थाका सचिव रमेश दुमरूले सहकारीमा आबद्ध सदस्यहरूसँग उत्कृष्ट र राम्रो व्यवहार गर्नुपर्नेमा जोडदिनुहुँदै संस्था सफल बनाउन सञ्चालकका साथ साथै कर्मभारीहरुको पनि विशेष र महत्व हुने बताउनुभयो । उहाँले कर्मचारीहरूले सबै सदस्यहरूसँग राम्रो र मर्यादित व्यवहार गर्नुपर्ने आवश्यकता औल्याउँनुभयो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष रामप्रसाद लाखाजुले संस्थको वित्तीय अवस्थाबारे चर्चा गर्नुहुँदै संस्थाको ४ वर्षे व्यवसायिक योजना अनुरुप सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र व्यव्स्थापन समन्वय र सहकार्य गर्दै अघि बड्नुपर्ने बताउनुभयो । कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले पनि बोल्नुभएको थियो ।