१३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रवचन कार्यक्रम सम्पन्न । १६ बैशाख, २०८३
१६ बैशाख, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक समितिको आयोजना तथा बागमती प्रदेश साँसद एवं नेमकिपाका केन्द्रीय सदस्य माननीय सुरेन्द्र राज गोसाईको प्रमुख आतिथ्यमा १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रवचन कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश साँसद एवं नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्र राज गोसाईले मई दिवस अमेरिका बाट शुरु भएको स्मरण गराउदै हाल अमेरिकाको गतल नीति र सोचका कारणले गर्दा विश्वमा नै अशान्ति पैदा भएको बारे व्याखा गर्नुभयो । गोसाईले इतिहासलाई लिपिबद्ध गरी छलफल गर्न जोड दिनुभयो । संस्था स्थापना हुन अगाडीको आर्थिक अवस्था, हालको र भविष्यमा हुन सक्ने अवस्थाको अनुमान लगाउनका लागि अर्थशास्त्रीहरुको सहायता लिन गर्न आग्रह गर्नुभयो । यसले संस्था चलाउन, जोगाउन र विकास गर्न मद्धत हुने भन्नुभयो । बातावरणमा मात्र आँधीबेरी नभईकन आर्थिक, सामाजिक र राजनीतिक आँधीबेरी आउने बारेमा समेत चर्चा गर्नुभयो ।
हाल सामाजिक तथा राजनीतिक आँधीबेरीको बारेमा उदाहरण सहित समाजका लागि योगदान नगरेका तर लोकताप्रीयबाजका कारणले गर्दा उदायका व्यक्तिहरुको बारेमा चर्चा गर्नुभयो । उहाँले नयाँ परिवर्तनको आसमा देशलाई झनझन ऋणमा डुबाएको र बोलि एउता काम अर्को गरेको बारेमा बोल्नुभयो । साथै महंगीका कारण जनता समस्यामा परेको अवस्थामा पनि हालको सरकार बजार व्यवस्थापन गर्नुको सट्टा अन्य प्रचारवादी कार्यहरुमा बढि ध्यान दिएको प्र्रति आलोचना व्यक्त गर्नुभयो ।
उहाँले अन्तरक्रिया कार्यक्रमहरु निरन्तर आयोजना गर्नुपर्नमा जोड दिनुहुँदै सिकाई प्रतिको लगाव र झुकावले एक व्यक्तिलाई उत्साहित गर्ने बताउनुभयो । देशमा दक्ष जनशक्तिको अभाव हुँदै आएको प्रति चिन्ता व्यक्त गर्नुहुँदै सरकारले दक्ष जनशक्तिलाई रोजगारीको व्यवस्था गरी स्वदेशमै रोक्न नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । साथै किसानको उत्पादनको सुरक्षा गर्नु सरकारको दायित्व रहेको उल्लेख गर्दै उहाँले देश विकासका निम्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
साँसद गोसाईले स्वास्थ्य समस्या दिन र समय नबताई आउने भएकोले शनिबार र आइतबार अस्पटाल समेत बन्द गर्नुपर्ने सरकारको निर्णयको विरोध गरी ख्वप अस्पतालले जस्तै ३६५ दिन नै सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले अध्ययनबाट नै अझ बढि समय सान्दर्भिक जानकारीहरु प्राप्त गर्न कार्यक्रम ¥याली जुलुसमा सहभागी बन्न उत्प्रेरण मिलेको बताउनुहुँदै संस्थाका कर्मचारीहरुले पनि यस किसिमका कार्यक्रम लगायत अन्तरक्रियाहरुमा उत्सुकताका साथ सहभागी भई जानकारी संकलन गर्न आग्रह गर्नुभयो । साथै ज्ञान नभएकाहरु संग भन्दा पनि विषय विज्ञहरु संग तर्क संगत छलफल गर्न योग्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले हरेक वर्ष मनाउने श्रमिक दिवसको दिन हुने कार्यक्रमा कर्मचारीहरुलाई पूर्ण रुपमा सहभागी गराउन सो दिन संस्थागत बिदा थप गरिएको बारे जानकारी गराउनुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णु राम दुमरुले सन १८८६ को मे १मा संरा अमेरिकाका मजदुरहरुले ८ घण्टा कामको समय र ज्याला बढाउने माग राखि सुरु भएको आन्दोलनलाई नै मजदुर दिवसको रुपमा मनाइने गरेको जानकारी दिनुभयो । उहाँले मे दिवसलाई मजदुर माथि भएको दमन र शोषण बिरुद्धको जितको रुपमा लिन सकिने उल्लेख गर्नुभयो । उपाध्यक्ष दुमरुले बेलायतमा २०० वर्ष अघि र १३७ वर्ष अघि अमेरिकामा भएको मजदुरहरुको समस्या हाल हाम्रो देशमा देखा परेको प्रति चिन्ता व्यक्त गर्नुहुँदै त्यसको बिरुद्ध सबै मजदुर एकजुत भई बिरोध गर्नुपर्नेमा जोड दिनुभयो । पूँजीवादी व्यवस्थामा मजदुरहरुको दमन र शोषण हुने बताउँदै सो को समाधान भन्नु नै समाजवादी व्यवस्था हो, उहाँले भन्नुभयो ।
कार्यक्रममा संस्थाका सचिव विष्णु प्रसाद दुमरुले संस्थाको सञ्चालक समितिबाट आयोजित विभिन्न कार्यक्रमहरुको जानकारी दिनुहुँदै संस्था विगत ३२ वर्ष देखि श्रमिक वर्गको आर्थिक सामाजिक विकासका लागि निरन्तर लागि रहेको बताउनुभयो । साथै उहाँले २०८२ फागुन १३ गते संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकारणमा र २०८२ चैत्र १७ गते कर्जा सुचना केन्द्रको सदस्यता लिएको जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष जयराम गोर्खालीले चैत्र मसान्त सम्म संस्थामा २५ करोड ४१ लख ९ हजार शेयर पूँजी, २७ करोड ५८ लाख ९७ हजार जगेडा कोष, २ अर्ब ७१ करोड २७ लाख ७१ हजार कूल बचत, १ अर्ब ९७ करोड ८८ लाख ७५ हजार ऋण लगानी, १ अर्ब २ करोड तरलता र ३ अर्ब ३८ करोड ८ लाख ६१ हजार कूल सम्पत्ति रहेको वित्तीय जानकारी दिनुका साथै संस्थामा शेयर सदस्य १७४२१ र ऋणी सदस्य १४७१ जना रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाइले पनि बोल्नुभएको थियो ।