संस्थाको युवा उपसमितिको आयोजनामा दुईहप्ते एड्भान्स फोटोग्राफी तालिम शुभारम्भ । सिद्धि गणेश तालिम हल, खँचा । श्रावण १७, २०८३
श्रावण १७, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को युवा उपसमितिको आयोजनामा दुईहप्ते एड्भान्स फोटोग्राफी तालिम सिद्धि गणेश तालिम हल, खँचामा शुभारम्भ भयो ।
तालिमको परिचयात्मक कार्यक्रममा उपसमितिका संयोजक एवं संस्थाका उपाध्यक्ष विष्णु राम दुमरुले भक्तपुरमा पहिलो पटक फोटोग्राफी तालिम सिद्धि गणेश साकोसको अगुवाईमा सञ्चालन भएको स्मरण गर्नुहुँदै सो तालिमका अधिकांश प्रशिक्षार्थीहरु फोटोग्राफी व्यवसायमा संलग्न रहेको बताउनुभयो । उहाँले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई आफुलाई समस्या भएको विषयबारे कक्षामा नै प्रश्न गरी सो बारे प्रस्त हुनुपर्नेमा जोड दिनुहुँदै प्रशिक्षार्थीहरु तालिममा अनुशासित रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा तालिमका प्रशिक्षक शरद् राईले कुनै पनि कलालाई व्यवसायिक रुप दिन तालिमको आवश्यकता रहने उल्लेख गर्नुहुँदै तालिमले व्यक्तिलाई दक्ष बनाउने बताउनुभयो । उहाँले तालिमका पाठ्यक्रमका विषयलाई छुट्टाछुट्टै सिक्नु भन्दा सबै विषय समावेश हुने गरी अध्ययन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । साथै सबै विषय समावेश गरे मात्र तालिम पश्चात प्रशिक्षार्थीले व्यवसायिक फोटोग्राफारले जस्तै फोटो खिच्न सक्ने बताउनुभयो ।