अनिवार्य शिक्षा शिविर एवं अन्तर विद्यालय/सहकारी हाजिरीजवाफ प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न
पुस १९, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजाना तथा भक्तपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष उकेश कवांज्यूको प्रमुख आतिथ्यमा अनिवार्य शिक्षा शिविर एवं अन्तर विद्यालय÷सहकारी हाजिरीजवाफ प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष उकेश कवांले, व्यक्तिगत स्वार्थ पुरा गर्नका लागि सञ्चालन भएका सहकारी संस्थाहरुमा आर्थिक अपचलन भई न्यून आय भएका सदस्यहरुको बचत धरापमा परेको बताउनुभयो ।
उहाँले फेसबुक जस्ता सामाजिक सञ्जालमा सम्प्रेषन हुने ६० देखि ८० प्रतिशत सुचनाहरु विश्वसनीय नहुने भन्नुहुँदै सहि सूचनाहरुको पहिचान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले गत भाद्र २३ र २४ गते भएको जेन्जी आन्दोलनमा पनि फेसबुक तथा डिस्कोडमा भएको गलत सूचना सम्प्रेषनको उक्सावटमा देशका सार्वजनिक सम्पत्तिहरुको क्षति हुन गएको र सरकारमा रहेका नेताहरुको भ्रष्टचार र अनियमितता नै आन्दोलन हुनुको मुख्य कारण रहेको उल्लेख गर्नुभयो । वडाध्यक्ष कवांले देशको स्थिति तथा राजनीतिक स्थितिबारे जनतालाई सचेत गर्नु हरेक राजनीतिक पार्टीहरुको कर्तव्य रहेको उल्लेख गर्नुहुँदै सो कार्यको लागि नियमित बैठक तथा सामाजिक भेटघाटको आवश्यकता रहेको बताउनुभयो । साथै नेपाल गे्र लिष्टमा पर्नुको मुख्य कारण भ्रष्टाचारबाट आर्जित रकमको कारणले भएको बारे जानकारी दिनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले स्वास्थ क्षेत्रको विकासका निम्ति ख्वप अस्पतालमा विभिन्न सेवाहरु थप गर्दै आएको र भक्तपुर नगरपालिकाका जनसमुदायहरुलाई निशुल्क रुपमा रगतको व्यवस्थाका रहेको जानकारी गराउनु भयो । साथै स्थानिय तहमा पनि नियमित स्वास्थ्य शिविरहरुका आयोजना गरी स्थानिय जनताहरुको स्वास्थ्य लाई प्राथमिकता दिने क्रममा भ.न.पा. वडा नं. ७ भएको पाठेघर सम्बन्धी स्वास्थ्य शिविरमा १५० जना महिलाहरुको परिक्षणमा १० जना भन्दा बढि महिलाहरुमा पाठेघर सम्बन्धी समस्या रहेको पहिचान गरी थप चिकित्सक परामर्शको लागि सुझाव प्रदान गरिएको बताउनुभयो । उहाले सहकारी संस्थाहरुले नियमित रुपमा स्वास्थ्य शिविर राख्न पनि जोड दिनुभयो ।
कवांले हाजिरी जवाफ प्रतियोगिताले विद्यार्थीहरुमा स्व अध्ययन गर्ने बानी विकास गर्ने भन्नुहुँदै व्यक्तिगत व्यवहार र आचरण परिवर्तन गर्न शिक्षा शिविरहरुमा सहभागी बन्नुपर्ने आवश्यकता औल्याउनुभयो । कार्यक्रममा हाजिरीजवाफ प्रतियोगिताका विजेता टोलीहरुलाई उहाँबाट पदक, ट्रफि र प्रमाण–पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले एकआपसमा मिली कुनै कार्य गर्नु नै सहकारी हो भन्नुहुँदै नियमन निकायबाट जारी भएको सदस्य बनाउन पूर्व सहकारी शिक्षा प्रदान गर्नुपर्ने निर्देशन, संस्थाले स्थापना काल देखि नै गर्दै आएको जानकारी दिनुभयो । उहाँले सहकारी संस्था व्यक्तिले नभई नीतिले सञ्चालन हुने बताउँदै सिद्धि गणेश साकोस स्थापनाकाल देखि नै सहकारी मुल्य, मान्यता र सहकारी सिद्धान्त अनुरुप सञ्चालन हुदै आएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं सञ्चालक सदस्य कृष्ण गोविन्द लाखाले कोहि व्यक्त ऋण कारोवारको लागि मात्र संस्थाको सदस्य बन्न चाहेमा ती व्यक्तिलाई सदस्यता प्रदान गर्न नहुने बताउँदै कारोबार गर्ने सहकारी संस्थाबारे जानकार भएर मात्र सहकारी संस्थाको सदस्य बन्नुपर्ने आवश्यकता औल्याउँनुभयो । उहाँले औपचारिकता मात्र पुर गर्न शिक्षा शिविरमा उपस्थिति गरेर जाने सदस्यहरु सहकारी सम्बन्धी जानकार नहुने बताउँदै ती सदस्यहरु नै खराब सहकारीहरुको चपेतामा पर्ने उल्लेख गर्नुभयो । साथै यस संस्थाको निरिक्षणमा आउने क्रममा देखेका असल अभ्यासलाई नियमनकारीको जारी निर्देशनमा सम्बोधन भएको बारेमा अवगत गराउनु भयो ।
कार्यक्रमका सभापति संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णु प्रसाद दुमरुले संस्थाको पृष्ठभुमिबारे जानकारी दिनुहुँदै सहकारी संस्थाहरुले आफ्नो कार्यक्षेत्र निर्धारण गरी सोहि कार्यक्षेत्रमा मात्र कारोवार गर्नुपर्ने बताउनुभयो । उहाँले ३१ जानबाट सुरु भएको यस संस्थामा हाल १७४४३ जना शेयर सदस्यहरु रहेको र ३ अर्व ३८ करोडको कूल सम्पत्ति रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले संस्थामा सेवा सुविधाको जानकारी गराउदै सम्पत्ति शुद्धीकरणको परिपालना अन्र्तगत सदस्य पहिचान फारम अद्यावधिक गर्न अनुरोध गर्नुभयो । समितिका सदस्य रामहरि ताम्राकारले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा उपसमिति सचिव किरण बनमालाले पनि बोल्नुभएको थियो ।