ऋणी तथा सदस्यहरुलाई संस्थाको परिवर्तित ऋण नीति सम्बन्धी जानकारी एवं भेटघाट कार्यक्रम । पुस १५, २०८२

ऋणी तथा सदस्यहरुलाई संस्थाको परिवर्तित ऋण नीति सम्बन्धी जानकारी एवं भेटघाट कार्यक्रम । पुस १५, २०८२

पुस १५, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को ३२औं स्थापना दिवसको अवसरमा ऋण उपसमितिको आयोजनामा ऋणी तथा सदस्यहरुलाई संस्थाको परिवर्तित ऋण नीति सम्बन्धी जानकारी एवं भेटघाट कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले समुदाय र सदस्यहरुको विकासका निम्ति निरन्तर कार्य गर्दै आएको यस संस्था, ३२औं वर्षमा प्रवेश हुने उल्लेख गर्नुहुँदै संस्थाको स्थापना दिवसको अवसरमा विभिन्न उपसमितिहरुद्वारा आयोजित कार्यक्रमहरुको जानकारी दिनुभयो ।
उहाँले सहकारी संस्थाहरु आर्थिक नाफा मात्र नभई सदस्यहरुको सामाजिक र शैक्षिक विकासमा पनि ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले सदस्यहरुको स्वास्थ्यको ख्याल गरी मुटुरोग, क्यान्सर जस्ता जटिल रोगहरुको लागि आर्थिक सहयोग उपलब्ध गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले समुदायमा आधारित नभएका संस्थाहरु समस्यामा पर्ने भन्नुहुँदै आफुले कारोवार गर्ने संस्थाबारे जानकार भए आफ्नो बचत सुरक्षित रहने बताउनुभयो । साथै संस्थाका हरेक सदस्यहरु पहिचान गर्न सदस्यहरुलाई सदस्य पहिचान फारम अद्यावधिक गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष जयराम गोर्खालीले संस्थाको कूल सम्पत्ति ३ अर्व ३८ करोड ९६ लाख ५२ हजार रहेकोमा १ अर्व ८८ करोड ५९ लाख ८५ हजार मात्र ऋण लगानी हुदै आएको जानकारी दिनुभयो । उहाँले कम ऋण लगानीभएको कारणले संस्थाबाट प्रदान गरिने लाभांश प्रतिशतमा पनि प्रभाव पर्ने बताउनुभयो । उहाँले हाल टोल टेलमा देखा परेको बचत समूहहरुको कारण पनि संस्थको ऋण प्रवाहमा कमि आएको चर्चा गर्नुहुँदै सुरक्षित ऋण कारोवरको लागि सदस्यहरुलाई संस्थाको ऋण उपभोग गर्न झन्झट नमान्न आग्रह गर्नुभयो । साथै संस्था, सदस्य र समुदायको विकासका निम्ति संस्थामा अनुसन्धान र विकास शाखाको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति संस्थका सञ्चालक सदस्य एवं ऋण उपसमिति संयोजक रामचन्द्र दुमरुले संस्थाको ऋण नीतिमा भएका परिवर्तनबारे जानकारी दिनुहँदै संस्थाको सम्पूर्ण सदस्यहरु साधारण सभामा उपस्थित भई उचित सुझावहरु दिनुका साथै संस्थाले गलत कार्य गरेको अवस्थामा सचेत समेत गर्नुपर्ने आवश्यकता औल्याउँनुभयो । उहाँले संस्थाबाट आयोजित कार्यक्रमहरुमा सहभागि हुँदा संस्थाबारे जानकारी पाउनुका साथै विभिन्न सेवा सुविधाहरु पनि उपभोग गर्न पाउने बताउनुभयो ।
संयोजक दुमरुले नीति नियम पालना गर्ने सहकारी संस्था सुरक्षित रहने बताउँदै आफ्नो आर्थिक कारोवार नीति नियम पालना गर्ने संस्थाहरुबाट मात्र कारोवार गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा संस्थका व्यवस्थापक शिला गोसाईले हाल वित्तीय क्षेत्रहरुमा तरलता बढि रहेको अवस्था रहेको जानकारी दिनुहुँदै विगत वर्षमा भएका भुकम्प, कोभिड महामारी ,अविरल वर्ष , आन्दोलन जस्ता कारणहरुले देशका व्यवसायिहरु प्रभावित भई भाखा नघेका ऋणको संख्या बढ्दै आएको उल्लेख गर्नुभयो । उहाँले तरलताको प्रतिशत व्यवस्थ गर्न बचतमा पाउने व्यजको प्रतिशत घट्दै आएको बताउँदै कर्जा सूचना केन्द्र तथा कर्जा असुली न्ययधिकरणबारे जानकारी दिनुभयो । कार्यक्रममा उपसमितिको सचिव प्रकाश खाईजुले पनि बोल्नुभएको थियो ।