खुल्ला फिडे रेपिड रेटिङ्ग २००० मुनि बुद्धिचाल प्रतियोगिता सम्पन्न । पुस १९, २०८२
पुस १९, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को युवा उपसमितिको आयोजना तथा भक्तपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष उकेश कवांज्यूको प्रमुख आतिथ्यमा सिद्धि गणेश साकोस खुल्ला फिडे रेपिड रेटिङ्ग २००० मुनि बुद्धिचाल प्रतियोगिता सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष उकेश कवांले नेपालका कुनै पनि खेल विवाद रहित नरहेको उल्लेख गर्नुहुँदै वर्तमान अवस्थामा क्रिकेट खेल अरु खेल भन्दा केहि अघि बढेको बताउनुभयो । उहाँले खेल सम्बन्धी नीतिहरु उत्कृष्ट रहेको तर ती नीतिहरुको कार्यान्वयन फितलो रहेको बताउनुभयो ।
उहाँले सरकारमा रहेका नेताहरुले विदेशीहरुको चलखेल अनुरुप देशका नीति निर्माण गर्ने गरेको बताउँदै नेपाल देश अरु राष्ट्रहरुको लागि एक चेसको बोर्ड जस्तै हुदै गएको उल्लेख गर्नुभयो । उहाँले ती नेताहरुले जनताबाट उठेको करको उचित सदुपयोग नगरी देशलाई खरबौं खरबको ऋणको भारी बोकाई देशका प्राकृतिक श्रोतहरुको सदुपयोग तर्फ कुनै ध्यान नरहेको प्रति चिन्ता व्यक्त गर्नु भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले यस संस्था बचत तथा ऋण सहकारी संस्था भएता पनि स्थापनाकाल देखि नै संस्था सामाजिक क्रियाकलापहरुमा सक्रिय रहेको बताउनुभयो । उहाँले समाजलाई विकास गर्ने सहकारीको विकास सहजै हुँदै जाने तर समुदायको चासो नराख्ने पैसा मात्र संकलन गर्न स्थापना भएका सहकारीहरु समस्यामा पर्दै जाने उल्लेख गर्नुभयो । उहाँले समस्यामा पर्ने सहकारी संस्थाहरुले अनावश्यक खर्चहरु गरी कार्यालय भव्य बनाउने तर सहकारी सञ्चालन गर्न समस्या हुने बताउनुभयो । उहाँले असफलताबाट हार मान्न नहुने भन्नुभयो निरन्तर परिश्रम गर्दै जाँदा भविष्यमा अवश्य अवश्य सफलता मिल्ने बताउनुभयो ।
कार्यक्रमका सभापति संस्थाका उपाध्यक्ष एवं उपसमितिका संयोजक विष्णु राम दुमरुले विगतमा पनि संस्थाबाट विभिन्न खेल प्रतियोगिताहरु आयोजना गर्दै आएको जानकारी दिनुहुदै खुल्ला चेस प्रतियोगिता पहिलो पटक संस्थाबाट आयोजित भएको भन्नुभयो जसमा नेपालका विभिन्न ३१ वटा जिल्लाका सहभागी रहनुका साथै अन्तराष्ट्रिय खेलाडीहरु पनि सहभागी रहेको जानकारी दिनुभयो ।
उहाँले चेस खेलको बोर्ड एक युद्धको कुतनीतिक मैदान जस्तै रहेको अनुभव भएको उल्लेख गर्नुहुँदै चेस खेलले खेलाडीहरुलाई कुनीतिक सोच विकास गर्न मद्दत गर्ने बताउनुभयो । उहँले ३१ जना युवाहरुको अगुवाईमा स्थापना भएको यस संस्था ३२औं वर्षमा रहेको बताउँदै हाल संस्थामा शेयर सदस्य, बाल बचतकर्ता तथा ज्येष्ठ सदस्य सहित २० हजार भन्दा बढि बचतकर्ता आवद्ध रहेको जानकारी दिनुभयो । साथै संस्थाको कुल सम्पति ३ अर्व ३८ करोडको रहेको बताउनुभयो ।
उहाँले सहकारी संस्थाहरु समुदायमा आधारित भई समुदायको विकासको उद्देश्यका साथ अघि बढेको भए वर्तमान अवस्थामा जस्तै सहकारी संस्थाहरु बदनाम नहुने चर्चा गर्नुभयो । उहाँले राष्ट्रको नाम विश्वमा परिचित गर्ने नै खेलाडी रहेको उल्लेख गर्नुहुँदै सहभागी सम्पूर्ण खेलाडीहरुको थप प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो ।
चेस प्रतियोगितामा क्रमश अभिक श्रेष्ठ प्रथम, सुमन लामा दोस्रो, राजिव कार्की तेस्रो, शैलेन्द्र न्योपाने चौथो, भगवती प्रसाद शर्मा पाचौं, सविन चन्द्र घिमिरे छैठौं, विक्रम चोकमी सातौं, नविन कुमार चौधरी आठौं, सुजन काफ्ले नवौं, केशव श्रेष्ठ दशौं हुन सफ भएका थिए भने दभकत यिअब िगणेशमान दुवाल, दभकत दभयिधज्ञढण्ण् हर्क बहादुर चोङवाङ ,दभकत दभयिधज्ञडण्ण् सोम आले, दभकत दभयिधज्ञठण्ण् हिमाल तामाङ, दभकत खभतभचबल नविन तन्दुकार दभकत गलचबतभम सिवेश कुमार शाह, दभकत ग ज्ञट प्रत्युस श्रेष्ठ, दभकत धयmबल यश्वसी शर्मा बन्न सफल भएका थिए जसलाई नेपालका ३ पटक चेस च्याम्पियन बद्रिलाल नेपालीले पुरस्कार वितरण गर्नु भएका थिए ।
कार्यक्रममा अन्तराष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाईजु, संस्थाका व्यवस्थापक शिला गोसाई तथा उपसमितिका सचिव जसतारा कोजुले पनि बोल्नुभएको थियो ।