वर्तमान अवस्थामा सहकारी सञ्चालन सम्बन्धी सुझाव संकलनका लागि विस्तारित बैठक । १२ पुस, २०८२

वर्तमान अवस्थामा सहकारी सञ्चालन सम्बन्धी सुझाव संकलनका लागि विस्तारित बैठक । १२ पुस, २०८२

१२ पुस, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालक समितिको आयोजनामा साधारण सभाको क्षेत्र नं १ र २ का सदस्य महानुभावहरुबीच वर्तमान अवस्थामा सहकारी सञ्चालन सम्बन्धी सुझाव संकलनका लगि विस्तारित बैठक सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
बैठकमा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले सहकारीमा एक आपसमा सहयोगको भावना राखि आर्थिक र समाजिक विकास गर्ने लक्ष्य राख्नुपर्ने बताउनुभयो । उहाँले सञ्चालकले व्यक्तिगत स्वार्थ पुरा गर्न सहकारी संस्थाको रकम अपचलन गर्नाले हाल सहकारी संस्थाहरुमा समस्या देखा पर्न थालेको उल्लेख गर्नुभयो । उहाँले हालै जारी भएका निर्देशनहरु अनुसार ऋण सुरक्षण कोषको व्यवस्थाले संस्थाको कुल नाफामा असर गरी सदस्यहरुलाई वितरण गर्ने लाभांशमा समेत प्रभाव परेको बताउनुभयो । साथै संस्थाका बाल सदस्य बचतकर्ता मात्र रहेको हुनाले संस्थाका शेयर सदस्यहरुले पाउने सुविधा बाल बचतकर्तालाई प्रदान नगरिने जानकारी दिनुभयो ।
बैठकमा संस्थाका सचिव विष्णु प्रसाद दुमरुले संस्थाबाट आयोजना भएका विभिन्न कार्यक्रमहरुका साथ साथै आगामी कार्यक्रमहरुको प्रगति विवरणको जानकारी दिनुभयो । उहाँले संस्थाबाट बचत तथा ऋण कारोवारका साथै विभिन्न सामाजिक क्रियाकलाप हुँदै आएको बताउँदै हरेक वर्ष संस्थाका ज्येष्ठ सदस्यहरुको सम्मानको लागि कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो । उहाँले आफुले कारोवार गर्ने सहकारी संस्थाबारे राम्ररी जानकार भई कारोवार गर्दा आफ्नो बचत सुरक्षित रहने उल्लेख गर्नुभयो ।
बैठकमा संस्थाका कोषाध्यक्ष जयराम गोर्खालीले संस्थाको आर्थिक विवरण सम्बन्धी जानकारी दिनुहुँदै संस्थाबाट ऋण लगानी कम हुनाले संस्थाको कुल नाफामा असर गरी सदस्यहरुको लाभांश प्रतिशत पनि कम भएको बताउनुभयो । साथै नियमन निकायको निर्देशन अनुसार ऋण सुरक्षण कोषको व्यवस्थाले पनि संस्थाको कूल नाफामा असर गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गासाईले पनि बोल्नुभएको थियो । विस्तारित बैठकमा उपस्थित सदस्यहरुले मौखिक तथा लिखत सुझवहरु दिएका थिए ।