अनिवार्य शिक्षा शिविर सम्पन्न । कार्तिक १५, २०८२
१५ कार्तिक, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजना तथा नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभाका सदस्य सुरेन्द्र राज गोसाईको प्रमुख आतिथ्यतामा अनिवार्य शिक्षा शिविर सिद्धि गणेश तालिम हल, खचाँमा सम्पन्न भयो ।
कार्यक्रमका प्रमूख अतिथि नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य सुरेन्द्र राज गोसाईले सहकारी संस्थाहरुले आर्थिक कारोवारमा मात्र सिमित नरही सदस्यहरुलाई सामाजिक र साँस्कृतिक चेतना प्रदान गर्नुपर्ने आवश्यकता औल्याउँनुभयो । उहाँले संस्थाको शिक्षा शिविर सञ्चालन गर्दा भाषा सहजिकरण गरी नेपाली भाषा बुभ्mने नबुभ्mने सदस्य छुट्याएर छुट्टा छुट्टै समयमा कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो ।
उहाँले राम्रो सरकारले मौसमको पूर्व अनुमान गरी किसनलाई बाली भित्राउन आवश्यक सहयोग र सुझाव दिनुपर्ने बताउँदै कृषि र किसानको विकास गर्न राम्रो सिचाई, विउ बिजन, कोल्डस्टोरको राम्रो व्यवस्था गरी किसानले परिश्राम गरेर उत्पादन गरेको बालीको सुरक्षा र बजार व्यवस्थापन गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।
उहाँले गत भाद्र २३ र २४ गते भएको जेनजी प्रर्दशनको स्मरण गर्नुहुँदै सिंह दरवार, सर्वोच्च अदालत र सांसद भवनको सम्वेदनशील स्थानहरुमा रहेका गजात तथा प्रमाणहरु नस्त गर्न नियतीपूर्ण तवरले भएको आगजनीले २४ गते भएको विनाशकारी कार्यहरुमा विदेशीहरुको समेत हात रहेको प्रमाणहरु बिस्तारै खुल्दै आएको उल्लेख गर्नुभयो । साथै सो घटनाको कारणले देश ३० बर्ष पछाडी धकेलिएको समेत बताउनुभयो । उहाँले जेनजी आनदोलनमा भएका बिध्वंसकारी कार्यहरु दोहरीन नदिन घर, स्कूल, सहकारी तथा समाजिक भेटघाटहरुमा युवाहरुलाई नागरीक चेतना , सामाजिक भावना र असल आचरणका शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औल्याउँनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले सदस्यहरुलाई निरन्तर वित्तीय साक्षरता प्रदन गर्दै आएको बताउँदै उपस्थित सदस्यहरुलाई सहकारीता तथा संस्थाको अवधारणागत पक्षबारे जानकारी दिनुभयो । उहाँले उचित मूल्यमा गणस्तरीय वित्तीय सेवा प्रदान गरी सदस्यहरुको आर्थिक तथा सामाजिक विकास गर्ने ध्येयका साथ संस्थाबाट न्यून व्यजदरमा ऋण तथा विभिन्न सिपमूलक तालिमहरु प्रदान गरी सदस्यहरुको निम्ति आर्थिक अवसरहरु श्रृजना गर्दै आएको बताउनुभयो ।
कार्यक्रमका सभापति संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णु प्रसाद दुमरुले सदस्यहरुमा वित्तीय चेतना कम हुनाले धेरै सहकारीका सदस्यहरुको बचत धरापमा परेको उल्लेख गर्नुहुँदै पारदर्शी एवं समुदायमा आधारित सहकारी संस्थामा मात्र बचत गर्न सुझाव दिनुभयो । उहाँले विगतमा साहुमहाजन संग लिएको ऋणको साँवा व्याज एकमुष्ट तिर्नुपर्दा न्यून आय भएका किसानलाई समस्या परेको हुनाले स्थापनाकाल देखि नै संस्थाले किस्ताबन्दी ऋण प्रदान गरी सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउँदै आएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले संस्थामा उपलब्ध विभिन्न सेवा सुविधाहरुको जानकारी दिनुहुँदै संस्थाले सुरक्षित ऋण लगानी गरेको कारण संस्था र सदस्यहरुको बचत सुरक्षित रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा शिक्षा उपसमितिका सदस्य रामहरि ताम्राकारले पनि बोल्नुभएको थियो ।