शंकास्पद नोट र नक्कली दस्तखत पहिचान सम्बन्धी तालिम सम्पन्न । चैत्र १६, २०८१

१६ चैत्र, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. का कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ नक्कली नोट र नक्कली दस्तखत पहिचान सम्बन्धी तालिम सिद्धि गणेश तालिम हल, खचाँमा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले ३१ जना युवाहरुको ३१०० रुपैँयाबाट सुरु भएको यस संस्था हाल २१ हजार शेयर सदस्य, ज्येष्ठ सदस्य तथा बाल बचतकर्ताहरुको परिवार बन्न सफल भएको बताउनुभयोे साथै संस्थाको हाल ३ अर्ब १५ करोडको कूल सम्पति रहेको जानकारी दिनुभयो । उहाँले संस्था स्थापनाकाल देखि नै समुदायमा आधारित भई नीति नियमको पालना गरी सञ्चालन हुँदै आएको कारण विभिन्न पुरस्कारबाट पुरस्कृत भएको स्मरण गर्नुभयो ।
उहाँले संस्थाबाट सदस्यहरुको आर्थिक क्षमता अभिबृद्धि गर्ने उद्देश्यले विभिन्न सिपमुलक तथा क्षमता अभिबृद्धि तालिम सञ्चालन गर्दै आउनुका साथै सदस्यहरुको स्वास्थ्यका निम्ति विभिन्न स्वास्थ्य सेवा सहित सिद्धि गणेश स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले संस्थाका कर्मचारीहरु बढि मुद्राकै कार्य गर्ने भएकोले शंखास्पद नोट र नक्कली दस्तखत पहिचान तालिमले कर्मचारीलाई मात्र नभई संस्थालाई पनि हित हुने विचार व्यक्त गर्नुभयो । अध्यक्ष लाखाले कार्यक्रममा तालिमका प्रशिक्षक र सहजकर्तालाई मायाको चिनो प्रदान गर्नुका साथै सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र पनि वितरण गर्नुभएका थिए ।
कार्यक्रममा तालिमका प्रशिक्षक श्याम प्रसाद खतिवडाले सिद्धि गणेश साकोस जस्ता समुदायमा आधारित सहकारी संस्थाले समुदायको विकासका साथ साथै राष्ट्रको आर्थिक अवस्या सुदृधिकरण गर्न समेत टेवा पु¥याई रहेको बताउनुभयो । मुद्रा संग सम्बन्धित कार्य जोखिमपूर्ण हुने हुनाले शंखास्पद नोट पहिचान तालिमले सो जोखिम कम गर्नेछ, उहाँले भन्नुभयो । उहाँले तालिममा शंखास्पद नोटको पहिचान गर्ने विभिन्न तरिकाहरु सहभागीहरु माझ स्पष्ट पार्नुभएको थियो ।
कार्यक्रमका सहजकर्ता राम काजी खाईजुले आफु पनि सिद्धि गणेश साकोसका सदस्य रहेको भन्नुहुँदै संस्थाबाट कर्मचारीहरुको साथ साथै सदस्यहरुको पनि क्षमता अभिबृद्धि गर्ने तालिम नियमित सञ्चालन हुँर्दै आएको बताउनुभयो । उहाँले कर्मचारीहरुले आफ्नो क्षमता अभिबृद्धि गर्न आफुले पाएको जिम्मेवारीको कार्य सम्पादनका लागि आवश्यक ज्ञानको आफै खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई र कार्यक्रम तथा प्रवद्र्धन अधिकृत बिमल लवजुले पनि बोल्नुभएको थियो ।