ज्येष्ठ सदस्य सम्मान कार्यक्रम सम्पन्न । चैत्र ९, २०८१

भक्तपुर, ९ चैत । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.ले यस चैतसम्ममा ७० वर्ष पुगेका ज्येष्ठ नागरिकहरूलाई एक विशेष समारोहबिच शनिबार सम्मान कार्यक्रमको आयोजना गर्यो।
२०७० सालदेखि गर्दै आएको यो ज्येष्ठ सम्मान कार्यक्रम ११ औं पटकको हो । हालसम्म संस्थाले ९ सय ६७ जनालाई सम्मान गरिसकेको छ । उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छें (रोहित) ले ज्येष्ठ नागरिकहरूको स्वस्थ्य र दीर्घायु जीवनको लागि जहिल्यै क्रियाशील भइरहनुपर्नेमा जोड दिनुभयो । उमरे गएसँगै विगतमा झैं काम गर्न नसक्ने स्मरण शक्ति कम हुँदै जाने हुँदा आ–आफ्ना पुराना अनुभव, सस्ंकार, संस्कृति नयाँ पुस्तामाझ हस्तान्तरण गर्नुपर्ने आवश्यकता औल्याउँदै उहाँले संस्थालाई भरपर्दाे, दिगो बनाउन र जनताको आवश्यकता पूरा गर्न बरोबर बैठक गरिरहनुपर्ने बताउनुभयो । “चीनमा छिटो विकास हुनुको एउटा कारण देश र जनताको आवश्यकताबारे बरोबर बैठक हुन्थ्यो विज्ञ या अनुभवीहरूबिच विचार आदानप्रदान हुन्थ्यो विचार आदानप्रदान हुँदा एउटा गतिलो निचोड निस्केको हुन्थ्यो”, उहाँले भन्नुभयो । स्थानीय तह स्वायत्त हनु पुर्नेकुरा स्पष्ट पार्दै उहाँले जनताको भावना, संस्कार, संस्कृति र समस्या बुझ्ने स्थानीय व्यक्ति नै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने उल्लेख गर्नुभयो । विभिन्न जनजातिहरूको आगमनबारे उल्लखे गर्दै अध्यक्ष रोहितले बाह्य प्रभावकै कारण नेवार जनजातिको नाउँमा अधिकांश संस्कृत शब्द प्रयोग भइरहेको दृष्टान्तसहित बताउनुभयो । पूर्वजहरूले थालेका संस्कार, संस्कृति र भनाइ विज्ञानसम्मत भएको स्पष्ट पार्दै उहाँले आफ्नै भुमिमा उत्पादित वस्तुको सेवन नगरी बाह्य मुलुकबाट सामान पय्र ागे गरिरहको हुदाँ स्वदेशी रकम विदेसिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । सरकारी नीति तलमाथि पर्ने बित्तिकै राम्ररी सञ्चालन भएका समुदायमा आधारित सहकारी संस्थाहरूको स्थिति नै परिवर्तन हुनेतर्फ चनाखो हुन आगह्र गर्दै उहाँले कृषि सहकारीले किसान संगठन गरेर सङ्घर्ष गर्ला भनेरै सरकारले कृषि सहकारी संस्थालाई प्राथमिकता नदिएको बताउनुभयो । ज्येष्ठ नागरिकहरूप्रति गर्नुपर्ने हरे विचार कम हुँदै गएकाले चीनमा ज्येष्ठ नागरिकहरूलाई हेर्नैपर्ने नयाँ कानुन ल्याएर नयाँ पुस्तालाई कर्तव्यबोध गराएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “घरमा कोही नभएकाको निम्ति आदर निकेतन आवश्यक छ । परिवार भए सन्तानले घरमै हेरविचार गर्नुपर्छ । ज्येष्ठ नागरिकहरू एक्लै बस्नु हुँदैन । समदुायभित्र रहेर कुराकानी गरिरहनुपर्छ ज्येष्ठ नागरिकका अनुभव, कला र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्नुपछर्, उनीहरूसँग पैसाले लिन नपाउने ज्ञान हुन्छ । चुप लागेर बसे स्मरण शक्ति घट्नेछ ।” पठित महिला र अपठित महिलाबिच ज्ञानमा धेरै भेद हुने उल्लेख गर्दै उहाँले पुरानो पुस्ताले नयाँ पुस्तालाई अर्ती, उपदेश दिएर सत्मार्गमा ल्याएर जोगाउनुपर्छ भन्नुभयो । चुरोट, रक्सी सेवन र खानपिनमा नियन्त्रण गर्नुपर्नेमा जाडे दिँदै उहाँले आफ्नै बारीमा उत्पादित कति तरकारी रोग निको पार्ने औषधिको रूपमा प्रयोग भएको स्मरण गराउनुभयो ।
ख्वप अस्पतालका डाक्टर रत्नसुन्दर लासिवाले सहकारी संस्थाको दायित्व सम्झेरै संस्थाले स्वास्थ्य शिविर र ज्येष्ठ सम्मान कार्यक्रम गरिरहेको चर्चा गर्दै ज्येष्ठ नागरिकसँग रहको कला, सीप, ज्ञान र अनुभव नयाँ पुस्तामाझ पुर्याएर सुसूचित गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । समाजमा नसर्ने रोग उच्च रक्तचाप, चिनी, दीर्घ दमखोकी तलु नात्मक रूपले बढिरहेको स्पष्ट पार्दै उहाँले क्यान्सरबाट बच्न चुरोट सेवन छोड्नुपर्ने बताउनुभयो । स्वास्थ्योपचारमा बढी खर्च भएको कारण पढाइ र खानपिनमा समस्या भएको उल्लखे गर्दै उहाँले स्वास्थ्य बीमा गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति रुद्रनारायण लाखाले राजनीति प्ररेणाबाटै समुदायको हितमा सहकारी संस्था स्थापना गरेको बताउनुभयो ।
संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले देशको राजनीतिक अवस्था बिग्रिएकोमा चिन्ता व्यक्त गर्दै दशे र जनताप्रति समर्पित भएर असल राजनीति गर्ने दलका कार्यकताले चलाएको सहकारी संस्था व्यवस्थित र नियमित चलिरहेको र अरुको सहकारी संस्थाका सञ्चालकहरू पैसा खाएर बेपत्ता भएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष जयराम गोर्खालीले आ–आफ्नो पुस्तावारीलाई लिपिबद्ध गर्नुपर्ने र समाजमा मिलेर बस्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
संस्थाका सचिव विष्णुप्रसाद दुमरुले कार्यक्रमको आवश्यकताबारे प्रकाश पार्नुभयो भने व्यवस्थापक शिला गोसाईले सहकारी संस्था बैंक र फाइनान्सभन्दा फरक रहेको समुदायमा आधारित संस्था हो भन्नुभयो ।
८० जना ज्येष्ठ नागरिकलाई आमन्त्रण गरिएको उक्त ज्येष्ठ सम्मान कार्यक्रममा उपस्थित ६८ जनालाई सम्मान गरिएको थियो । सो अवसरमा ज्येष्ठ नागरिकहरूलाई अतिथि नारायणमान बिजुक्छें (रोहित) ले दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो । यसअघि ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणमा निःशुल्क औषधि वितरण गर्ने संस्थालाई कदरपत्र प्रदान गरिएको थियो ।