हाजिरी जवाफ प्रतियोगिता(२०८० पुस १४)

हाजिरी जवाफ प्रतियोगिता
पुस १४, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को ३०औं स्थापना दिवसको अवसरमा शिक्षा उपसमितिको आयोजनामा अन्तर सहकारी हाजिरी जवाफ प्रतियोगिता संस्थाको तालिम हल खँचामा सम्पन्न भयो ।
प्रतियोगिताका निर्णायक तथा समापन कार्यक्रमका प्रमुख अतिथि एवं संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले सहकारीहरुमा आएका समस्याहरु हामी सबैले एकिकृत भएर सामना गर्नुपर्ने बताउनुभयो । उहाँले संस्थाको ३० औं स्थापना दिवसको अवसरमा विभिन्न तालिम तथा प्रतियोगिता अयोजना हुने भएकोले उक्त कार्यक्रहरुमा पनि सहभागी हुन आग्रह गर्नुभयो ।
कार्यक्रमका अतिथि, प्रतियोगिताका निर्णयक एवं संस्थाका संचालक सदस्य राजन लाखाजुले प्रतियोगिताले आफ्नो पुराना अनुभवहरु पुन स्मरण भएको भन्नुहुँदै बैंक तथा अन्य वित्तीय संघ संस्था साथ साथै सहकारी सम्बन्धि ज्ञान पनि विद्यार्थीहरुको पाठ्यक्रमा थपिदै आएको अवगत गराउनुभयो । उहाँले हाजिरी जवाफ प्रतियोगिताले आफ्नो बौद्धिक बिकास गर्न तेवा पुर्याउने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं संस्थाका सचिव विष्णु प्रसाद दुमरुले, सहकारी सिद्धान्तहरु परिपालना नगरेका सहकारीहरु समस्यामा परेको बताउनुभयो । यस संस्थाले सहकारी सिद्धान्तहरुको पालनाका साथ साथै न्युन स्प्रेद दरमा संस्था संचालन गरी सामाजिक क्रियाकलापमा पनि जोड दिदै आएको जानकारी गराउनुभयो ।
उक्त प्रतियोगितामा प्रथमा, द्वितिय, तृतिय र सान्त्वना पुरस्कार क्रमश छोलेश्वर महादेव साकोस, लोकेश्वर साकोस, श्री चण्डेश्वरी अजिमा साकोस र सिद्धि कृषि साकोसले जित्न सफल भएको थियो । कार्यक्रममा किरण बनमाला , रमहरि ताम्रकार र व्यवस्थापक शिला गोसाईले पनि बोल्नुभयो ।