नव वर्ष २०८२ साल र बिस्काः जात्राको शुभकामना आदान प्रदान कार्यक्रम

२७ चैत्र, भक्तपुर । यस सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा नव वर्ष २०८२ साल र बिस्काः जात्राको शुभकामना आदान प्रदान कार्यक्रम सिद्धि गणेश तालिम हल, ख“चामा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले कुनै पनि निर्णय गर्न सम्बन्धित क्षेत्रका व्यक्तिहरुको सल्लाह सुझाव अनुसार मात्र हुने बताउँदै सहकारीकर्मीहरुको सुझाव अनुसार कार्य गर्दा नगर भित्रका सहकारी संस्थाहरु समस्यामा नपरेको भन्नुभयो । उहाँले सहकारी संस्थाहरुले उत्पादनशिल क्षेत्रमा लगानी नगरी जग्गामा लगानी गर्नाले सहकारी संस्था समस्यामा पर्ने विचार राख्नुहुँदै आर्थिक अपचलन हुने सहकारीले सदस्यहरुको विस्वास जित्न स्थानियहरुलाई प्रयोग गरी बचत संकलन गर्ने गरेको बताउनुभयो । ‘नियमन निकायको अनुगमनकोे कमिको कारणले गर्दा हाल धेरै सहकारी संस्था समस्यामा परेको छ’ , उहाँले भन्नुभयो । उहाँले सहकारी संस्थाबाट ऋण प्रदान गर्न राम्ररी धितो निरिक्षण गरेर मात्र प्रदान गरे संस्थामा समस्यमा पर्नबाट जोगीने भन्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाका जनताहरुको स्वास्थ्यको लागि नगरपालिकाबाट सञ्चालन गर्दै आएको ख्वप अस्पतालमा निरन्तर स्वास्थ्य सेवाहरु थप र बिकास गर्दै आएको बताउँदै सहकारी संस्थाहरुले पनि समाजलाई हित हुने कार्य गर्न नगरपालिकाबीच समन्वय र मद्त गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समाज र सदस्यहरुको विकास गर्न नव वर्षमा शुभकामना मात्र नभई नव वर्षको लागि नयाँ कार्य योजना तयार गरी सेवा प्रदान गर्न बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकामा भएको शैक्षिक परिवर्तनको कारणले गर्दा नगरका हरेक परवारमा आर्थिक परिवर्तनको आभास भएको जसमा सहकारी क्षेत्रको पनि भुमिका रहेको बताउनुभयो । उहाँले कानुन सम्बन्धी ज्ञान नहुँदा समस्या पर्ने भन्नुहुँदै हरेक क्षेत्रमा कानुन सम्बन्धी ज्ञानको आवश्यकता रहने बताउनुभयो ।
उहाँले संस्था जति सफल हुन्छ त्यतीनै संस्थामा चुनौटी र कमजोरीहरु बढेदै जानेहुँदा अग्रजहरुको सल्लाह सुझाव लिई पूर्व योजना बनाई अधि बढेनुपर्नेमा बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले ३१ जन युवाहरुबाट सुरु भएको संस्थाले हाल २१ ह्जार भन्दा बढि सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको बताउनुभयो । उहाँले यस संस्था सामाजिक विकस गर्ने उद्देश्यका साथ स्थापना भएको स्मरण गर्नुहुँदै संस्थामा आर्थिका पारदर्शीता र सञ्चालकहरुमा इमान्दारीता कायमा गर्नाले संस्था अन्तराष्ट्रिय पदकबाट समेत सम्मानित भएको बताउनुभयो । उहाँले समाजिक सेवा गर्न विगतमा कृषकहरुलाई मल वितरण र स्वस्थ्य सेवा प्रदान गर्न स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णु राम दुमरुले हाल सहकारीहरुको लागि जारी भएको निदेर्शनमा सहकारी संस्थालाई कम्पनि भनिएको जसको अर्थ सहकारी संस्थाको शेयर पनि अरु कम्पनिहरुको जस्तै किन बेच हुने हो की जसले सहकारीको अस्तित्व माथि नै प्रश्न उठेको बताउनुभयो ।
उहाँले सहकारी संस्था आर्थिका कारोवारमा मात्र सिमित रहेको देखाएर राष्ट्र बैंकबाट नियन्त्रण गरी समुदायमा आधारित सहकारी संस्थाको अस्तित्व मिताउने प्रयास भई रहेको बताउनुभयो । त्यसै करणले हल जारी निदेर्शनको गहन छलफल गरी योजना बनाई अधि बढ्नु आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका सचिव विष्णु प्रसाद दुमरुले संस्था विगत्त ३१ वर्ष देखि सदस्यहरु एवं सामुदायको सेवाका लागि निरन्तर लागि रहेको बताउनुुभयो । उहाँले संस्थामा आर्थिक वर्ष २०८१।०८२ मा सम्पन्न भएका विभिन्न तालिम तथा कार्यक्रमहरुबारे जानकारी दिनुहुँदै ३१०० रुपैँयाबाट सुरुभएको यस संस्थाको हाल ३ अर्ब १५ करोड सम्पत्ति रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष कृष्ण गोबिन्द लाखाजुले धेरै सहकारीहरु समस्यामा परेको अवस्थामा पनि सिद्धि गणेश साकोसले समुदायमा आधारित भई उद्धारणिय कार्य गर्दै आएको बताउनुभयो । उहाँले हाल सहकारी सम्बन्धी जारी अध्यादेशले समुदायमा आधारित सहकारी संस्था सञ्चालनमा समेत असर परेको बताउनुभयो ।
उहाँले भक्तपुरको ऐतिहासिक बिस्का जात्रामा स्थानिय भन्दा अन्य बाहिरका व्यक्तिहरुले वीकृति फैलाईरहेको भन्नुहुँदै बिस्का जात्रा संयमित तवरले मनाउन स्थानिय आफैले व्यवस्था मिलाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष हरिरत्न गोर्खालीले सदस्यहरुमा बचत गर्ने बानी बिकास गर्ने उद्देश्यले संस्था स्थापना भएको भन्नुहुँदै सहकारी संस्था सफल बन्न पारदर्शी बन्नुपर्ने बताउनुभयो । उहाँले सहकारी संस्थाका सञ्चालक सदस्यहरुको आर्थिक अपचलनको साथ साथै माथिल्लो निकायका संधहरुको कमीकमजोरीको कारणले हाल बजारमा सहकारी संस्था समस्यामा परेको विचार व्यक्त गर्नुभयो । उहाँले सहकारीमा रहेको संरक्षित पूँजी कोष सामाजिक बिकासको लागि उपयोग गर्नुपर्ने भन्नुहुँदै माथिल्लो निकायमा देखा परेका कमी कमजोरी सुधार गरे मात्र सहकारी क्षेत्र सुधार हुने बताउनुभयो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष एवं सञ्चालक सदस्य राजन लाखाजुले बजारमा हाल सहकारीलाई सकारात्मक भन्दा नकारात्मक रुपमा लिई रहेको अवस्थामा यस संस्था नेमकिपाको सैद्धान्तिक मुल्य मान्यतामा आधारित भई संस्था सामुदायिक सहकारीको रुपमा अधि बढि रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक राम प्रसाद दुमरुले देशमा भएका आर्थिक उतावचदावको बखतमा पनि सदस्यहरुलाई कुनै समस्या नपर्ने गरी सर्वोत्कृष्ट वीत्तिय समाधान प्रदान गर्दै आएको बताउँदै उपस्थित सम्पूर्णमा बिस्का जात्रा र नव वर्षको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले पनि बोल्नुभएको थियो ।