Manager Message

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को आ.व. २०८०।०८१ देखि २०८३।०८४ सम्मको लागि बनाइएको ४ वर्षे व्यवसायिक रणनीतिमा “सर्वोत्कृष्ट वित्तीय समाधानका लागि सिद्धि गणेश” भन्ने परिकल्पनालाई नै निरन्तरता दिएको छ । वित्तीय सेवा अन्र्तगत ५ वटा सेवाहरु पर्दछन् । ती हुन् बचत, ऋण, बिमा, विप्रेषण र विद्युतीय भुक्तानी । सदस्यहरुको वित्तीय समस्याको सर्वोत्कृष्ट समाधान गर्ने परिकल्पना अनुरुप सदस्यकेन्द्रित भई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

यस संस्था सुरक्षित, सक्षम र स्वास्थ अवस्थामा रहनुका कारणहरु संस्थाप्रति रहेको सदस्यहरुको पूर्ण विश्वास, संस्था कुशल रुपमा सञ्चालन गर्नका लागि अनुभवी समिति र उपसमितिका पदाधिकारीहरु, दक्ष व्यवस्थापन हुनु, वित्तीय रुपमा सक्षम, शुभचिन्तकहरु लगायत संस्थापकहरुको निरन्तर साथ र सहयोग रहनु हो । यी कारणले नै अर्थतन्त्रमा आएका जतिसुकै उतारचढावको बाबजुद पनि यस आ.व. २०७९।०८० मा २४ करोडले कुल सम्पत्तिमा वृद्धि भएको छ ।

सहकारी संस्था एक सेवामा आधारित व्यवसाय हो । तर सहकारीको नाममा सीमित व्यक्तिले नै अधिकतम शेयर लगानी गरी स्थापना गरेका सञ्चालकहरुले नाफामा मात्र केन्द्रित भई सञ्चालन गरेका कैयौंँ सहकारी संस्थाको अवस्था नाजुक छ । ती संस्थामा बढी ब्याजदरमा बचत गर्ने सदस्यहरुको बचत असुरक्षित भएको छ फिर्ता आउला नआउला भनी मानसिक तनावमा छन् भने कर्मचारीहरु पनि बेरोजगार भएर बस्नुपर्ने बाध्यता रहेको छ । तर यस संस्थाले नाफालाईभन्दा पनि उचित ब्याजदरमा ऋण लगानी गरी सदस्यहरुको आर्थिक स्तर उकास्ने प्रयास गर्दैआएको छ भने सिपमूलक, रोजगारीमूलक तालिमहरु, सहकारी शिक्षा तथा वित्तीय साक्षरताहरु सञ्चालन गरी
सहकारीको पाँच सिद्धान्त अनुरुप सदस्यहरुलाई तालिम, शिक्षा र सूचना दिँदै आएको छ । फूलको आँखामा फूलै संसार भने झैँ सदस्यहरुबीचको एक अन्तरक्रिया कार्यक्रममा एकजना सदस्यले सिद्धि गणेश संस्थालाई भक्तपुर जिल्लाको एक गहना भएको बताउनुभएको थियो । यसरी नै गुणस्तरीय सेवामार्फत देश विदेशमा पनि संस्थाको राम्रो छविको प्रचार गर्न हाम्रो प्रतिवद्ध छौँ र विगतमा जस्तै सकारात्मक सुझाव र प्रतिक्रिया प्राप्त हुन्छ भन्ने आशा गर्दछौँ ।

धन्यवाद ।

This will close in 0 seconds