२० भाद्र, भक्तपुर ।

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा अनिवार्य शिक्षा शिविर सिद्धि गणेश तालिम हल, खचाँमा सम्पन्न भयो ।
कार्यक्रमका सभापति संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णु प्रसाद दुमरुले विगतमा स–साना रकमको लागि पनि साहुमहाजन संग ऋण लिई सो को साँवा व्याज एकमुष्ट तिर्नुपर्दा न्यून आय भएका किसानलाई समस्या परेको हुनाले स्थापनाकाल देखि नै संस्थाले किस्ताबन्दी ऋण प्रदान गरी सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउँदै आएको बताउनुभयो । उहाँँले सहकारी संस्थाले आफ्नो कार्यक्षेत्रमा मात्र आर्थिक कारोवार गर्नुपर्नेमा जोड दिनुहुँदै खराब सहकारी संस्थाले सदस्यको विश्वास जित्न स्थानियहरुलाई कर्मचारी बनाई परिवारको रकम संकलन गरी संस्था फरार भएको बताउनुभयो । उहाँले धेरै पहिले देखि नै सहकारी संस्थामा समस्याहरु देखा पर्न थालेको हुँदा हरेक सदस्यहरुलाई सहकारीताबारे सचेत गर्नु सहकारी संस्थाको दायित्व रहेको बताउनुभयो ।
कार्यक्रमका अतिथि संस्थाका पूर्व अध्यक्ष एवं वर्तमान सञ्चालक सदस्य कृष्ण गोविन्द लाखाजुले शिक्षा शिविरको मुल मर्म सदस्यहरुलाई सहकारीता सम्बन्धी जानकारी दिनु हो भन्नुहुँदै सहकारी संस्थाले आफ्नो शेयर सदस्य संग मात्र आर्थिक कारेवार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्याजको प्रलोभनमा परी खराब सहकारीमा बचत गर्नु नै सदस्यहरुको बचत डुब्नुको मुख्य कारण रहेको बताउँदै असल र खराब सहकारीको भिन्नता पहिचान गर्न शिक्षा शिविरका विषयहरु सदस्यहरुले राम्ररी बुभ्mनुपर्ने आवश्यकता औल्याउँनुभयो । उहाँले सहकारी सञ्चालनका सहकारी सिद्धान्तहरुबारे जानकारी दिनुहुँदै एक आपसमा सहयोगको भावनाका साथ कार्य गर्नु नै सहकारी हो भन्नुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले संस्थाको सेवा सुविधाहरुबारे जानकारी दिनुहुँदै बचत तथा ऋण सहकारी संस्था र बहुउद्देश्य सहकारी संस्थाको भिन्नताबारे चर्चा गर्नुभयो । साथै सहकारी ऐन अनुसार एक व्यक्ति एक सहकारीको नियम रहेको हुनाले एकै प्रकृतिको सहकारीहरु मध्य कुनै एउटामा मात्र सदस्य बन्नुपर्ने बताउनुभयो । उहाँले सहकारी संस्थाको कूल बचतको २५ % नियमित बचत हुनुपर्ने बताउँदै गत माघ १ गते देखि नगद कारोवार ५ लाख भन्दा मुनिको मात्र गर्न सकिने जानकारी दिनुभयो । कार्यक्रममा शिक्षा उपसमितिका सचिव किरण बनमालाले पनि बोल्नुभएको थियो ।

भक्तपुर, १९ भाद्र ।

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक समितिको आयोजनामा ३२औं वार्षिक साधारण सभाको तयारी एवं जानकारीका लागि संस्थाको समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति, संस्थापक र कर्मचारीहरुको संयुक्त बैठक सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
बैठकमा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले देशमा कतिवटा सहकारी छन भन्ने स्पष्ट विवरण नआएको र सहकारी क्षेत्रमा रहेको अधिकांश रकम ठुला ६० वटा सहकारीमा रहेको जानकारी दिनुभयो । उहाँले हाल बजारमा रहेका राम्रा सहकारीबारे नबुझी खरब सहकारीहरुको चर्चा बढ्नाले पुरै सहकारी क्षेत्र बदनाम हुन गएको उल्लेख गर्नुभयो । अध्यक्ष लाखाले संस्था नीति नियम पालना गरी अघि बढ्नुपर्ने भन्नुहुँदै सहकारी संस्थाका सम्पूर्ण सदस्यहरुलाई सहकारी बारे जानकार राख्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
बैठकमा संस्थाका उपाध्यक्ष विष्णु राम दुमरुले हाल खराब सहकारीहरुको कारणले गर्दा थुप्रै निर्देशनहरु लगायत ऐनमा संशोधन भएको उल्लेख गर्नुभयो । उहाँले सबै सहकारीको परिवेश भिन्न हुने भएकोले देश भरीका सबै सहकारीलाई एउटै नीति लागु गर्न नहुन विचार व्यक्त गर्नुभयो । उपाध्यक्ष दुमरुले बिदेशका सहकारी संस्थाहरुको मुख्य लगानी कृषि केन्द्रित हुने बताउँदै देशका खराब सहकारीहरुले जग्गा जस्तो अनुत्पादनशिल क्षेत्रमा लगानी गर्नाले नै सम्पूर्ण सहकारी क्षेत्रमा असर परेको उल्लेख गर्नुभयो ।
बैठकमा संस्थाका सचिव विष्णु प्रसाद दुमरुले सदस्यहरुको सुझाव अनुरुप संस्थाको ३२औं वार्षिक साधारण सभा एकै ठाउँमा असोज १७ गते हुन गईरहेको जानकारी दिनुभयो । उहाँले साधारण सभाका छलफलका विषयहरुबारे जानकारी दिनुहुँदै संस्थाको आर्थिक कारोवार नीति संगत गर्न संस्थाको आर्थिक नीति साधारण सभाबाट सम्बोधन हुने बताउनुभयो ।
बैठकमा संस्थाका कोषाध्यक्ष जयराम गोर्खालीले संस्थाको आ.व. २०८२÷०८३ को आय व्यय विवरण र आ.व. २०८३÷०८४ को अनुमानित बजेटबारे जानकारी दिनुभयो ।
बैठकमा संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र दु्मरुले सहकारी क्षेत्रमा विगत केही वर्ष देखि चुनौति थप भएको हुनाले देशको कानून पालना गरी अघि बढ्नुपर्ने भन्नुहुँदै संस्थाका समिति, उपसमिति एवं संस्थापकहरु संस्थाबारे जानकारी भई साधारण सदस्यहरुलाई समेत जानकार गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारी क्षेत्रको नेतृत्व लिनेहरु संग सहकारी अभियानको मोडालिटीबारे सचेत नभएकै कारण हाल देशका सहकारीहरुमा समस्या देखिएको उल्लेख गर्नुभयो । उहाँले सहकारी संस्था एकल उद्देश्यले बहुआयमिक प्रभाव पार्ने तवरले अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

श्रावण ३१, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि को युवा उपसमितिको आयोजनामा दुईहप्ते एड्भान्स फोटोग्राफी तालिमको समापन कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले शिक्षाले व्यक्ति र जनतामा आर्थिक समृद्धी ल्याउने बताउँदै संस्था स्थापना काल देखि नै समाज र सदस्यहरुको आर्थिक सामाजिक हितका लागि निरन्तर कार्यरत रहेको उल्लेख गर्नुभयो । सिक्ने सिकाउने क्रममा विभिन्न तालिमहरुमा सहभागी भई संस्था सञ्चालन गर्नाले नै संस्था सफल भएको उहाँले भन्नुभयो । उहाँले समाजमा दक्ष जनशक्तिको उत्पादनका लागि संस्थाबाट निरन्तर सिपमूलक एवं क्षमता अभिबृद्धि तालिम सञ्चालन गरी सदस्यहरुलाई आर्थिक अवसर प्रदान गर्दै आएको बताउनुभयोे ।उहाँले हरेक तालिमको सिप सदुपयोग गर्ने उद्देश्यका साथ तालिममा सहभागि हुनुपर्ने भन्नुहुँदै सिपको विकास र सदुपयोग गर्न निरन्तर अभ्यासको आवश्यकता हुने बताउनुभयो ।
अध्यक्ष लाखाले तालिमका प्राशिक्षार्थीहरुलाई प्रमाण–पत्र वितरण गर्नुका साथै तालिमको सिप सदुपयोग गरी सेवाको रुपमा विकास गर्न प्रोत्साहन गर्नु भएको थियो ।
कार्यक्रममा उपसमितिका संयोजक एवं संस्थाका उपाध्यक्ष विष्णु राम दुमरुले प्रशिक्षार्थीहरुमा आफुले सिकेको सिप प्रति उत्सुक हुनुपर्ने बताउँदै फोटो खिच्नु वर्तामानको लागि भन्दा भविष्यको निम्ति हुनुपर्नेमा जोडदिनुभयो । उहाँले स्थानिय निकायले बजेट सहित विभिन्न सिपमूलक तालिमहरुको आयोजना गरिनुपर्ने आवश्यकता औल्याउँदै समाजवादी व्यवस्थामा मात्र न्यून आए भएका जनताको हितका लागि नीति निमार्ण हुने जुन पूँजीवादी व्यवस्थामा नहुनेबारे चर्चा गर्नुभयो । कुनै पनि देश विकास गर्न त्यसको कृषि र उत्पादन क्षेत्र विकास गर्नु अति आवश्यक हुन्छ तर देशमा हाल आधारभुत क्षेत्रमा समेत जनतालाई करको भार बोकाई रहेको छ जुन सरासर गलत हो, उहाँले भन्नुभयो । सामुदायिक विद्यालयहरु बन्द गरी नीजि विद्यालयमा कर लगाउनु उपयुक्त हुदैन उहाँले थप्नुभयो । उपाध्यक्ष दुमरुले तालिमका प्रशिक्षकहरुलाई कदर–पत्र प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा तालिमका प्रशिक्षक शरद् राईले शिक्षा नै जीवनको मूल सम्पत्ति हो भन्नुहँदै सन २०२६ देखि चीनले १२ हजार पुराना विषयहरु खारेज गरी १० हजार नयाँ विषयको पठन पाठन आरम्भ भएको जानकारी दिनुभयो । उहाँले हाल देखिएको बेरोजगारीको समस्यालाई अनुसन्धान गरी चीनले पुराना विषय समय सापेक्ष नभएको कारण सोको समाधानका लागि रोजगारी लक्षित गरी नयाँ आधुनिक विषयको अद्यापनको थालनी भएको बताउनुभयो । साथै हाल पठन पाठन हुने मानविकी, व्यवस्थापन आदि रोजगारी दिने विषयहरु नरहेकोले यसलाई आधुनिकिकरण गर्दै जानुपर्ने आवश्यकता पश्चिमी मूलुकको सोचाई रहेको बताउनुभयो । उहाँले रोजगारी मूलक शिक्षा र तालिम हासिल नगर्दा हाल शिक्षा अनुसारको रोजगारी नपाएको भन्नुहँदै नेपालको हालको शिक्षा नीति अनुसार नै अद्यापन भई रहे त्रिभुवन विश्व विद्यालाय र अन्य विश्व विद्यालयका विद्यार्थीहरु जमात त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा देखा पर्ने खतरा रहेकोमा जोड दिनुभयो । प्रशिक्षक राईले शिक्षा रोकिनु भनेको भविष्य रोकिनु हो भन्नुहुँदै शिक्षा र सिप जीवनमा निरन्तर आर्जन गर्दै जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपसमितिका सचिव जसतारा कोजु, संस्थाका व्यवस्थापक शिला गोसाई, उपसमिति सदस्य दिपेन्द्र खाईजु र तालिमका प्रशिक्षार्थीहरु शुभरत्न दुवाल एवं बिकेश मचामसीले पनि बोल्नुभएको थियो ।
श्रावण १७, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को युवा उपसमितिको आयोजनामा दुईहप्ते एड्भान्स फोटोग्राफी तालिम सिद्धि गणेश तालिम हल, खँचामा शुभारम्भ भयो ।
तालिमको परिचयात्मक कार्यक्रममा उपसमितिका संयोजक एवं संस्थाका उपाध्यक्ष विष्णु राम दुमरुले भक्तपुरमा पहिलो पटक फोटोग्राफी तालिम सिद्धि गणेश साकोसको अगुवाईमा सञ्चालन भएको स्मरण गर्नुहुँदै सो तालिमका अधिकांश प्रशिक्षार्थीहरु फोटोग्राफी व्यवसायमा संलग्न रहेको बताउनुभयो । उहाँले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई आफुलाई समस्या भएको विषयबारे कक्षामा नै प्रश्न गरी सो बारे प्रस्त हुनुपर्नेमा जोड दिनुहुँदै प्रशिक्षार्थीहरु तालिममा अनुशासित रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा तालिमका प्रशिक्षक शरद् राईले कुनै पनि कलालाई व्यवसायिक रुप दिन तालिमको आवश्यकता रहने उल्लेख गर्नुहुँदै तालिमले व्यक्तिलाई दक्ष बनाउने बताउनुभयो । उहाँले तालिमका पाठ्यक्रमका विषयलाई छुट्टाछुट्टै सिक्नु भन्दा सबै विषय समावेश हुने गरी अध्ययन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । साथै सबै विषय समावेश गरे मात्र तालिम पश्चात प्रशिक्षार्थीले व्यवसायिक फोटोग्राफारले जस्तै फोटो खिच्न सक्ने बताउनुभयो ।
१६ श्रावण, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा अनिवार्य शिक्षा शिविर सिद्धि गणेश तालिम हल, खचाँमा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले सहकारी सञ्चालनका अन्तराष्ट्रिय सिद्धान्तहरुबारे चर्चा गर्नुहुँदै सिद्धि गणेश साकोस स्थापनाकाल देखि नै सहकारी सिद्धान्तहरु पालना गरी नीति संगत सञ्चान हुँदै आएको कारण ३२ वर्षको अन्तराल सम्म पनि कुनै समस्या नआएको उल्लेख गर्नु भयो । उहाँले सहकारी संस्थाका सदस्यहरुको अधिकार र दायित्वबारे जानकारी दिनुहुँदै सदस्यहरुलाई शिक्षा, सूचना तथा विषयगत तालिम, वित्तीय परामर्श आदि प्रदान गरी व्यवसायिक र सामाजिक क्षमता अभिबृद्धि गर्ने संस्थाको उद्देश्य रहेको बताउनुभयो । उहाँले संस्थाले सदस्यहरुमा बचत गर्ने वानी विकास गराई स्वावलम्वी र आत्मनिर्भर बनाउनुका साथै उचित ब्याज दरमा ऋण लगानी गरी रोजगारी तथा आर्थिक अवसरहरु श्रृजना गर्दै आएको उल्लेख गर्नुभयो ।
कार्यक्रमका सभापति संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णु प्रसाद दुमरुले संस्था स्थापनाकाल देखि नै सामाजिक क्रियाकलापहरुमा सक्रिय रहेको बताउँदै सदस्यहरुलाई सचेत गर्न संस्थाले नियमित शिक्षा शिविर एवं भेलाहरु आयोजना गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले विगतमा सानो रकम व्यवस्था गर्न पनि साहुमहाजन कहाँ धाउनुपर्ने बाध्यता रहेको र सो ऋणको साँवा व्याज एकमुष्ट तिर्नुपर्दा न्यून आय भएका किसानलाई समस्या परेको हुनाले स्थापनाकाल देखि नै संस्थाले किस्ताबन्दी ऋण प्रदान गरी सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याएको कारण सदस्यहरुले संस्थालाई किसानको बैंक नामाकरण गरेको स्मरण गर्नुभयो । हालको अस्थिर वित्तीय बजारका कारण ऋण कम लगानी भई रहेको अवस्थामा पनि संस्थाले सुरक्षित ऋण लगानीलाई जोड दिँदै आई रहेको छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले संस्थाको बचत सेवा तथा ऋण सुविधाहरुबारे जानकारी दिनुहुँदै ऋणीको व्यवहार पहिचान गरी मात्र ऋण जमानी बस्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारी क्षेत्रमा आएको बेथितिको कारण राष्ट्रिय सहकारी नियमन प्राधिकरणले कडा नीति निर्देशनहरु जारी गरेको बताउँदै सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी संघसंस्थाहरुलाई जारी गरिएको निर्देशन २०७४ को परिपालना गर्न सदस्यहरुलाई सदस्य पहिचान फारम अद्यावधिक गर्न आग्रह गर्नुभयो । साथै सो फारमको माध्यमबाट सदस्यहरुलाई वर्गीकरण गरी समय समयमा सदस्य पहिचान फारम अद्यावधिक गर्नुपर्ने आवश्यकताबारे जानकारी दिनुभयो ।
कार्यक्रममा शिक्षा उपसमितिका सचिव किरण बनमालाले पनि बोल्नुभएको थियो ।

२१ असार, भक्तपुर ।

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को लघुवित्त तथा बचत समूह परिचालन उपसमितिको आयोजना तथा ख्वप उस्पतालको प्राविधिक सहयोगमा मेनोपज(महिनावारी सुक्ने) सम्बन्धी अभिमुखिकरण कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले संस्थाबाट बचत तथा ऋण कारोवारका साथै नियमित सामाजिक क्रियाकलापहरु गर्दै आएको बताउनुभयो । उहाँले संस्थाका महिलाहरुको सशक्तिकरणका लागि निरन्तर विभिन्न तालिमहरुको आयोजना गर्दै आएको जानकारी दिनुहुँदै महिला स्वास्थ्य सम्बन्धी विभिन्न शिविर एवं चेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । अध्यक्ष लाखाले विगतमा दिएका सिलाई तालिममा सहभागिहरुले आफ्नै व्यवसाय सञ्चालन गरेको स्मरण गर्नुभयो । उहाँले युवालाई लक्षित गरी यहि असार २८ गतेदेखि फोटोग्राफी तालिम सञ्चालन हुने जानकारी दिनुभयो ।

कार्यक्रमका अतिथि ख्वप अस्पतालका महिला रोग विशेषज्ञ डा. कृष्ण प्यारी दुगुजुले अन्य महिला रोगहरुलाई बढि प्राथमिकता दिई चेतनामूलक कार्यक्रम हुने गरेको तर मेनोपज( महिनावारी स्ुक्ने) सम्बन्धी चेतनामूलक कार्यक्रम अत्यन्त महत्वपूर्ण विषय रहेको उल्लेख गर्नुभयो । उहाँले ४५ देखि ५५ वर्ष उमेर समूहका महिलाहरुमा महिनावारी सुक्ने समस्या देखा पर्ने बताउँदै सो को कारणले महिलाहरुमा चिडचिडापन ,यौन जिज्ञासामा कमी, निन्द्रा नलाग्नु ,हड्डी कमजोर हुनु तथा मुटुरोग सम्बन्धी स्वास्थ्य समस्याहरु समेत हुनसक्ने सम्भावना रहेको जानकारी दिनुभयो । उहाँले ती समस्याहरु हुन नदिन नियमित चिकित्सक परामर्श लिनुका साथै व्यायम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यक्रममा संस्थाका सञ्चालक सदस्य एवं उपसमितिका संयोजक तथा सभापति रत्नश्वरी चवालले मेनोपज महिलाहरुको जल्दोबल्डो समस्याको रुपमा लिन सकिने बताउँदै घरका छोरीहरुलाई सानै उमेर देखि महिनावारी सम्बन्धी जानकारी दिनुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुले आफ्नो शरिरमा भएको परिवर्तन र समस्याबारे आफ्नो श्रीमान एवं परिवारलाई जानकारी दिनुपर्ने बताउनुभयो । उहाँले बढ्दो उमेर संग रोगहरु पनि बढ्दै जाने हुँदा नियमित चिकित्सक परामर्श लिनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई र कार्यक्रम तथा प्रवद्र्धन अधिकृत बिमल लवजुले पनि बोल्नुभएको थियो । कार्यक्रमको औपचारी कार्यक्रम पश्चात सहभागी महिलाहरुको स्वास्थ्यबारे डा. कृष्ण प्यारी दुगुजुसंग छलफल एवं अन्तरक्रिया पनि गरिएको थियो ।

२० असार, भक्तपुर ।

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालक समितिको आयोजनामा अर्थशास्त्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम सिद्धि गणेश तालिम हल, खचाँमा सम्पन्न भयो । संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिहरु र विभागीय व्यवस्थापनको सहभागिता रहेको सो कार्यक्रममा ख्वप कलेजका प्रशिक्षक राजन फाँजुद्धारा सहजिकरण गरिएको थियो । सो कार्यक्रममा अर्थतन्त्र बुझ्ने सरल यात्रा “सम्पत्ति देखि सुनसम्मको” विषय संग जोडिएर विशेषत मुद्रा सम्बन्धी, बजार मूल्यदर, माग तथा आपूर्ति, तरलता, मुद्रास्फ्रिति सम्बन्धीको जानकारी गराउनु भयो । सहजकर्ता राजन फाँजुले धेरै पैसा हुदैमा देश विकास नहुने धेरै वस्तु तथा गुणस्तरीय सेवा उत्पादनबाट मात्र देश समृद्ध हुने बारेमा विभिन्न देशको उदाहरणबाट प्रस्त पार्नुभयो । सोही कारणले गर्दा पनि पूँजीको परिचालन उत्पादनशिल क्षेत्रमा हुनु आजको आवश्यकता रहेको औल्यानुभयो । देशमा उत्पादन नहुदा निर्यात भन्दा पनि आयातमा मात्र भर परेमा जिम्बावेको जस्तै मुद्राको अवस्था हुने बताउनुभयो । कार्यक्रमा संस्थाका अध्यक्षले संस्था अर्थ संग सम्बन्धित भएको हुनाले सो समिति र उपसमितिका सदस्यहरुलाई अर्थशास्त्र सम्बन्धी जानकार गराउनका लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
सोही दिन शिक्षा उपसमितिको आयोजनामा अनिवार्य शिक्षा शिविर पनि सिद्धि गणेश तालिम हलमा सम्पन्न गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले एकआपसमा मिली कुनै कार्य गर्नु नै सहकारी हो भन्नुहुँदै नीति संगत सञ्चालन हुने सहकारी संस्था उत्कृष्ट हुने बताउनुभयो । उहाँले सहकारी संस्थाका सदस्यहरुको अधिकार र दायित्वबारे चर्चा गर्नुहुँदै सदस्यहरुको आर्थिक सुरक्षाको जिम्मेवरी संस्थाका सञ्चालकहरुको हुने उल्लेख गर्नुभयो । उहाँले संस्थाका हरेक सदस्यहरुलाई सहकारीताबारे सचेत गर्दै जानुपर्ने आवश्यकता औल्याउँदै संस्थाबाट न्यून व्याजदरमा ऋण लगानी तथा विभिन्न सिपमूलक तालिमहरु प्रदान गरी सदस्यहरुको निम्ति आर्थिक अवसरहरु श्रृजना गर्दै आएको उहाँले बताउनुभयो ।

कार्यक्रमका सभापति संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णु प्रसाद दुमरुले सदस्यले आफुले कारोवार गर्ने सहकारी संस्थाबारे जानकार भएर मात्र कारोवर गर्नुपने बताउँदै सहाकरी संस्थाले आफ्नो कार्यक्षेत्रका सदस्यहरु संग मात्र कारोवार गर्नुपर्नेमा जोडदिनुभयो । उहाँले विगतमा सानो रकम व्यवस्था गर्न पनि साहुमहाजन कहाँ धाउनुपर्ने बाध्यता रहेको र सो ऋणको साँवा व्याज एकमुष्ट तिर्नुपर्दा न्यून आय भएका किसानलाई समस्या परेको हुनाले स्थापनाकाल देखि नै संस्थाले किस्ताबन्दी ऋण प्रदान गरी सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउँदै आएको बताउनुभयो ।

कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले तथा शिक्षा उपसमितिका सदस्य रामहरि ताम्राकारले पनि बोल्नुभएको थियो ।

 

२० असार, भक्तपुर ।

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा अनिवार्य शिक्षा शिविर सिद्धि गणेश तालिम हल, खचाँमा सम्पन्न भयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले एकआपसमा मिली कुनै कार्य गर्नु नै सहकारी हो भन्नुहुँदै नीति संगत सञ्चालन हुने सहकारी संस्था उत्कृष्ट हुने बताउनुभयो । उहाँले सहकारी संस्थाका सदस्यहरुको अधिकार र दायित्वबारे चर्चा गर्नुहुँदै सदस्यहरुको आर्थिक सुरक्षाको जिम्मेवरी संस्थाका सञ्चालकहरुको हुने उल्लेख गर्नुभयो । उहाँले संस्थाका हरेक सदस्यहरुलाई सहकारीताबारे सचेत गर्दै जानुपर्ने आवश्यकता औल्याउँदै संस्थाबाट न्यून व्याजदरमा ऋण लगानी तथा विभिन्न सिपमूलक तालिमहरु प्रदान गरी सदस्यहरुको निम्ति आर्थिक अवसरहरु श्रृजना गर्दै आएको उहाँले बताउनुभयो ।

कार्यक्रमका सभापति संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णु प्रसाद दुमरुले सदस्यले आफुले कारोवार गर्ने सहकारी संस्थाबारे जानकार भएर मात्र कारोवर गर्नुपने बताउँदै सहाकरी संस्थाले आफ्नो कार्यक्षेत्रका सदस्यहरु संग मात्र कारोवार गर्नुपर्नेमा जोडदिनुभयो । उहाँले विगतमा सानो रकम व्यवस्था गर्न पनि साहुमहाजन कहाँ धाउनुपर्ने बाध्यता रहेको र सो ऋणको साँवा व्याज एकमुष्ट तिर्नुपर्दा न्यून आय भएका किसानलाई समस्या परेको हुनाले स्थापनाकाल देखि नै संस्थाले किस्ताबन्दी ऋण प्रदान गरी सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउँदै आएको बताउनुभयो ।

कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई तथा शिक्षा उपसमितिका सदस्य रामहरि ताम्राकारले पनि बोल्नुभएको थियो ।

३१ जेठ, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को सेवाकेन्द्र व्यवस्थापन उपसमिति, तेखापुखु र महिला तथा बालबालिका उपसमितिको संयुक्त आयोजनामा पन्ध्रदिने मोटरसाईकल मर्मत तालिम र ४५ दिने चित्रकला तालिमको समापन कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले ३१ जना युवाहरुको ३१ सय रुपैँयाबाट सुरु भएको यस संस्था हाल १७ हजार शेयर सदस्यको परिवार र ३ अर्ब ३८ करोड ६१ लाखको सम्पत्ति बनाउन सफल भएको उल्लख गर्नुभयो । उहाँले संस्था बचत तथा ऋण सहकारी भएता पनि आर्थिक कारवारमा मात्र सिमित नरहि स्थापना काल देखि नै समुदायमा आधारित भई सदस्य र समाजको आर्थिक सामाजिक विकासका कार्य निरन्तर गर्दै आएको बताउनुभयो । उहाँले तालिमको सीप सदुपयोग गरी व्यवसाय गर्दा र भविष्यमा चित्रकार बने मात्र तालिम वास्तविक रुपमा सफल हुने उल्लेख गर्नुहुँदै सिकेका सिपको नियमित अभ्यास गर्न जोड दिनुभयो । अध्यक्ष लाखाले सदस्यहरुको सुझाव अनुरुप भविष्यमा पनि विभिन्न तालिमको आयोजना गरिने बताउँदै संस्थाका कार्यक्रमहरुमा सदस्यहरु सहभाग बन्नुपर्ने आवश्यकता औल्याउँनुभयो ।
कार्यक्रममा संस्थाका सञ्चालक सदस्य एवं महिला तथा बालबालिका उपसमितिका संयोजक रञ्जना प्रजापतिले संस्थाले नियमित रुपमा विभिन्न सीपमूलक तालिमहरु आयोजना हुँदै आएको बताउनुभयो । उहाँले बालबालिकाको पहिलो शिक्षक आमा बुबा हुने र पहिलो पाठशाला आफ्नै घर हुने बताउँदै पढाईको अलावा बालबालिकाहरुलाई चित्रकला जस्ता अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रमका सभापति संस्थाको सञ्चालक सदस्य एवं सेवाकेन्द्र व्यवस्थापन उपसमिति, तेखापुखुका संयोजक राधेश्यम र्सैजुले संस्था समुदायमा आधारित भई कार्य गर्दै आएको बताउँदै संस्थाले नाफालाई भन्दा सदस्यहरुको विकासमा बढि जोड दिदै आएको उल्लेख गर्नुभयो । उहाँले आफ्नो सवारी साधनको अवस्थाबारे जानकार नहुँदा यात्राको क्रममा दुर्घटना एवं समस्यामा पर्न सक्ने सम्भावना हुने बताउँदै मोटरसाइकल मर्मत तालिमले अनावश्यक खर्चको कटौटी गरी व्यवसाय गर्न आधारभुत सिप प्रदान गर्ने भन्नुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले मोबाईलमा प्रयोग हुने पासवर्डहरु आफ्नो सहजताको लागि सरल मात्र रख्दा मोबाइलमा रहेका वित्तीय संस्थाका एपको मध्यमबाट व्यक्तिगत खाता ह्याक भई आफ्नो खाताको रकम चोरी हुन सक्ने जोखिम हुने बताउँदै सुरक्षित पासवर्डहरु राख्नुपर्ने आवश्यकता औल्याउँनुभयो ।
कार्यक्रममा सेवाकेन्द्र व्यवस्थापन उपसमिति, तेखापुखुका सचिव पुण्यराम कर्माचार्य, मोटरसाइकल मर्मत तालिमका प्रशिक्षक जीवन सुवाल र चित्रकला तालिमका प्रशिक्षक बिकास तमखुले पनि बोल्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुभएका थिए भने उपसमितिका संयोजकहरुले प्रशिक्षकहरुलाई कदर पत्र प्रदान गर्नुभएको थियो ।

२३ जेठ, भक्तपुर ।

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालक समितिको आयोजनामा जोखिम व्यवस्थापन कार्यशाला नगरकोटमा सम्पन्न भयो ।

कार्यशालाको औपचारीक कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले संस्थाले गोखिम व्यवस्थापन कार्यशाला पहिलो पटक आयोजना गरिएको उल्लेख गर्नुभयो । उहाँले जती संस्था ठुलो बन्दै जान्छ त्यती नै संस्थाको जोखिम बृद्धि हुने बताउँदै संस्थाको जोखिम व्यवस्थापन कसरी गर्नेबारे छलफल गर्न अति आवश्यक रहेको बताउनुभयो । साथै समयमै जोखिम व्यवस्थापन गर्न सके संस्था सुरक्षित र दिगो हुने बताउनु भयो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णु राम दुमरुले बचत तथा ऋण सहकारी संस्थाहरुले हाल जारी अद्यादेशका निर्देशनहरुको पालना गर्दा सामाजिक क्रियाकलाप अन्तर्गत आदर निकेतन, सदस्यहरुको उत्पादन व्यवस्थापन गर्न पाईने हो या होइन भन्नेबारे छलफल गर्न अति आवश्यक रहेको भन्नुभयो । उहाँले सहकारी क्षेत्रमा व्यक्तिगत स्वार्थको लागि नभई संस्थागत विकासका लागि हुनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यशालाका सहजकर्ता नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दर्गा प्रसाद ढकालले जोखिमको परिभाषा सहित संस्था दिगो बन्न सम्भावित जोखिम पहिचान गरी त्यसको नियमित निरिक्षण, वर्गिकरण र सामना गर्नुपर्ने आवश्यकता औल्याउँनुभयो । उहाँले कार्यशालामा जोखिम व्यवस्थापन अन्र्तगत कानूनी, वित्तीय, तरलता, सञ्चालन र सुशासन, प्रविधि तथा बजार जोखिमबारे सहजिकारण गर्नु भएको थियो ।

कार्यशालाको औपचारी कार्यक्रममा संस्थाका कोषाध्यक्ष जयराम गोर्खालीले पनि बोल्नुभएको थियो । कार्यशालामा संस्थाको जोखिम व्यवस्थापनका निम्ति सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति तथा विभागिय प्रमुखहरुबीच आवश्यक छलफल गरिएको थियो ।