१७ असोज, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को ३२औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाको सभापतित्वमा महेश्वरी बैङ्क्वेट, थुसाँचामा सम्पन्न भयो ।
सभामा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले एकका लागि सबै, सबैका लागि एक भन्ने मूल नारालाई आत्मसात् गर्दै सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नतिमा संस्था निरन्तर क्रियाशील रहेको उहाँले बताउनुभयो । उहाँले सदस्यहरूलाई आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउन संस्थाले सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको जानकारी गराइ यसले स्वरोजगारीका अवसरहरू सिर्जना गर्न मद्दत र्पुयाएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिइने बताउनुभयो । सञ्चालनका क्रममा सहकारी मूल्य, मान्यता, आर्थिक पारदर्शिता र इमानदारीलाई मुख्य मार्ग निर्देशकको रूपमा लिइएको अध्यक्षले स्पष्ट पार्नुहुँदै वर्तमान समयमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापना, नेपाल राष्ट्र बैंकको अनुगमन अधिकार तथा नियमनकारी निकायहरूबाट जारी निर्देशन, परिमार्जित ऐन, नियम र मापदण्डहरूको पूर्ण पालना गर्दै संस्था अगाडि बढि रहेको उहाँले उल्लेख गर्नुभयो । साथै, सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशनको पालना, कार्यविधि तथा नीति संशोधन र सदस्यहरूलाई जोखिमको आधारमा वर्गीकरण गरी सम्बन्धित निकायमा आवश्यक विवरण तथा प्रतिवेदन पेस गरिएको जानकारी दिनुभयो । उहाँले समय र परिस्थिति अनुकूल सदस्यहरूलाई सहज सेवा प्रदान गर्न प्रविधिको प्रयोगलाई पनि जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले केही संस्थाले सामाजिक उत्तरदायित्व बिर्सेर व्यक्तिगत नाफा कमाउने उद्देश्य राख्दा समग्र सहकारी क्षेत्रप्रति अविश्वास बढेको प्रति चिन्ता व्यक्त गर्नुहुँदै ऐन–नियम पालनामा कठिनाइ, बाझिएका निर्देशन र समयमा अनुगमन हुन नसक्दा असल अभ्यास गरिरहेका संस्थाहरूलाई हेर्ने दृष्टिकोणसमेत नकारात्मक बनेको उहाँले बताउनुभयो । उहाँले असल अभ्यास गरिरहेका संस्थाहरुको अध्ययन, अवलोकन गरी ऐन–नियमावलीमा परिमार्जनको आवश्यकता रहेकोमा जोड दिनुभयो ।
सभामा संस्थाका उपाध्यक्ष बिष्णु राम दुमरूले संस्था स्थापनाको ३१ वर्ष पार गरी एक पुस्ता पूरा गरेको बताउँदै हाल संस्थामा १७५१५ जना सदस्यहरू आबद्ध रहेको जानकारी दिनुभयो । उहाँले सहकारी क्षेत्रमा नियमनकारी निकायहरूबाट आइरहने निर्देशनहरू र विद्यमान चुनौतीहरूबारे चर्चा गर्नुहुँदै भक्तपुर नगरपालिका क्षेत्रभित्रका सहकारीहरूले सदस्यहरूको हित, उत्पादनमूलक कार्य, र आत्मनिर्भरताका लागि रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले सदस्यहरूको सुविधाका लागि संस्थाले सञ्चालन गर्दै आएको सिद्धि गणेश स्वास्थ्य क्लिनिक तथा अन्य सामाजिक सेवाहरूलाई आगामी दिनमा थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानुपर्ने उहाँले बताउनुभयो । उपाध्यक्ष दुमरूले हाल सहकारी नीति नियमका कारण आदर निकेतन जस्ता सामाजिक कार्य गर्नबाट सहकारी संस्थालाई बञ्चित गरेको हुनाले ती कार्यहरु गर्न नीतिहरु संसोधन गर्दै जानुपर्ने बताउनुभयो ।
सभामा संस्थाका सचिव विष्णु प्रसाद दुमरूले आ.व. २०८२÷०८३ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी आ.व. २०८३÷०८४ का लागि प्रस्तावित कार्यक्रमहरूबारे चर्चा गर्नुभयो । उहाँले सहकारी क्षेत्रले भोग्नुपरेका विविध चुनौतीहरू, नीतिगत कडाइ तथा नियमनकारी निकायहरूबाट जारी निर्देशनहरूबारे चर्चा गर्नुहुँदै देशमा आएको भूकम्प, कोभिड महामारी, सिंहदरबार आगलागी, भदौ १० को हिमपहिरो तथा रसुवाको भोटेकोशी नदीमा आएको पहिरो र लेदोसहितको बाढीजस्ता प्राकृतिक तथा अन्य विपद्का बीचमा पनि संस्थाले आफ्ना सदस्यहरूलाई बिनासङ्कोच निरन्तर सेवा प्रदान गर्दै आएको बताउनुभयो । उहाँले विकृति र विसङ्गतिबारे बोल्दै उहाँले सहकारीको नीति, नियम, ऐन र विनियमभित्र रहेर सञ्चालित संस्थाहरूले सदस्यहरूको विश्वास कायम राख्न सफल भएको धारणा राख्नुभयो । सचिव दुमरूले व्यक्ति केन्द्रित चाहनाभन्दा संस्थागत नीति र नियमलाई प्राथमिकता दिएर नै सिद्धि गणेश सहकारीले आफ्नो पहिचान जोगाउन सफल भएको उल्लेख गर्नुभयो । उहाँले समय अनुसारको प्राविधिक व्यवस्थापन, संस्थागत सोच र व्यावहारिक परिमार्जन अहिलेको मुख्य आवश्यकता रहेको बताउँदै नयाँ सोच र विचार सहितको नेतृत्वले संस्थालाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
सभामा संस्थाका कोषाध्यक्ष जयराम गोर्खालीले सहकारी क्षेत्रमा देखा परेका वर्तमान चुनौतीहरूबारे चर्चा गर्नुहुँदै सहकारी नीति नियम पालना गर्दागर्दै पनि सञ्चालक समिति र कर्मचारीहरूको बदनीयत तथा संलग्नताका कारण धेरै सहकारीहरूमा विचलन आएको बताउनुभयो । उहाँले दलीय भागबण्डा, नियमनकारी निकायको अध्ययन अनुसन्धानको कमी र बजारको होडबाजीले गर्दा सहकारीहरू आफ्ना सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक स्तर उन्नति गर्नबाट चुकिरहेको बिचार व्यक्त गर्नुभयो । कोषाध्यक्ष गोर्खालीले यस किसिमको नकारात्मक वातावरणका बिच सिद्धी गणेशजस्ता समुदायमा आधारित सहकारीमा पनि केही असर परेको उल्लेख गर्नुहुँदै सही र सबल सहकारीहरूले नियमनकारी निकायहरूसँग सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । साथै, सहकारीहरूले सामाजिक सञ्जालको सही सदुपयोग गर्दै आफ्ना उत्कृष्ट अभ्यासहरूबारे सदस्यहरूलाई सुसूचित गराउनुपर्ने आवश्यकता औल्याउँनुभयो ।
कोषाध्यक्ष गोर्खालीद्वारा आ.व. २०८२÷०८३ को श्रोत तथा उपयोग तर्फ रु.३,३४,२७,०९,५५३।– (अक्षरेपी तीन अर्ब चौंतीस करोड सत्ताइस लाख नौ हजार पाँच सय त्रिपन्न रुपैयाँ) र आय तथा व्यय तर्फ रु.२२,२३,२१,२४५।–(अक्षरेपी बाइस करोड तेइस लाख एकाइस हजार दुई सय पैतालीस रुपैयाँ) को यथार्थ आर्थिक प्रगति प्रतिवेदन र आ.व. २०८३÷०८४ को श्रोत तथा उपयोग तर्फ रु.३,५५,००,००,०००।–
(अक्षरेपी तीन अर्ब पच्पन्न करोड रुपैयाँ) र आय तथा व्यय तर्फ रु.२०,५४,१६,०००।–(अक्षेरेपी बिस करोड चवन्न लाख सोह्र हजार रुपैयाँ) को अनुमानित बजेट तथा कार्यक्रमहरु पारित गरियो ।
सभामा संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक रामप्रसाद लाखाजुले २०५१ सालमा स्थापना भई उत्कृष्ट सेवा तथा संस्थागत सुशासनमार्फत स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको सम्मान हासिल गर्न सफल यस संस्थाको वित्तीय पारदर्शिता र सुशासन कायम राख्न प्रतिवेदन पेश गर्नुपर्ने जानकारी दिनुभयो । उहाँले सहकारी ऐन २०७४, नियमावली २०७५÷२०८३, विभागीय निर्देशिका, संस्थाको विनियम तथा कार्यविधिलाई आधार मानी वित्तीय कारोबारको स्वच्छता र पारदर्शिता कायम गर्ने समितिको उद्देश्य रहेको बताउनुभयो ।
सभा पश्चत संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले हालको सञ्चालक समिति बिगठन गरी निर्वाचनको कार्यक्रमहरु अघि बढाउन निर्वाचन समितिका सदस्य मीन बहादुर बाटालाई जिम्मेवारी हस्तान्तरण गर्नु भएको थियो । निर्वाचन समितिका संयोजक कृष्ण गोविन्द खाइजुले निर्वाचनको अन्तिम नामावली घोषण गर्नुका साथै ४ वर्षे कार्यकालका लागि नव निर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका सदस्यहरुलाई प्रमाण–पत्र वितरण र शपथ ग्रहण गराउनुभएको थियो । निर्वाचन समितिका सदस्य जीतेन्द्र मुनंकर्मीले निर्वाचन प्रकृया बारे संक्षिप्त जानकारी दिनुभएको थियो । साथै बिष्णु राम दुमरूको अध्यक्षतामा ९ सदसिय सञ्चालक समिति र ३ सदसिय लेखा सुपरिवेक्षण समितिको चयान भएको थियो । निर्वाचन कार्यक्रम निर्वाचन समितिका सदस्य मीन बहादुर बाटाले सञ्चालन गर्नु भएको थियो ।
२० भाद्र, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा अनिवार्य शिक्षा शिविर सिद्धि गणेश तालिम हल, खचाँमा सम्पन्न भयो ।
कार्यक्रमका सभापति संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णु प्रसाद दुमरुले विगतमा स–साना रकमको लागि पनि साहुमहाजन संग ऋण लिई सो को साँवा व्याज एकमुष्ट तिर्नुपर्दा न्यून आय भएका किसानलाई समस्या परेको हुनाले स्थापनाकाल देखि नै संस्थाले किस्ताबन्दी ऋण प्रदान गरी सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउँदै आएको बताउनुभयो । उहाँँले सहकारी संस्थाले आफ्नो कार्यक्षेत्रमा मात्र आर्थिक कारोवार गर्नुपर्नेमा जोड दिनुहुँदै खराब सहकारी संस्थाले सदस्यको विश्वास जित्न स्थानियहरुलाई कर्मचारी बनाई परिवारको रकम संकलन गरी संस्था फरार भएको बताउनुभयो । उहाँले धेरै पहिले देखि नै सहकारी संस्थामा समस्याहरु देखा पर्न थालेको हुँदा हरेक सदस्यहरुलाई सहकारीताबारे सचेत गर्नु सहकारी संस्थाको दायित्व रहेको बताउनुभयो ।
कार्यक्रमका अतिथि संस्थाका पूर्व अध्यक्ष एवं वर्तमान सञ्चालक सदस्य कृष्ण गोविन्द लाखाजुले शिक्षा शिविरको मुल मर्म सदस्यहरुलाई सहकारीता सम्बन्धी जानकारी दिनु हो भन्नुहुँदै सहकारी संस्थाले आफ्नो शेयर सदस्य संग मात्र आर्थिक कारेवार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्याजको प्रलोभनमा परी खराब सहकारीमा बचत गर्नु नै सदस्यहरुको बचत डुब्नुको मुख्य कारण रहेको बताउँदै असल र खराब सहकारीको भिन्नता पहिचान गर्न शिक्षा शिविरका विषयहरु सदस्यहरुले राम्ररी बुभ्mनुपर्ने आवश्यकता औल्याउँनुभयो । उहाँले सहकारी सञ्चालनका सहकारी सिद्धान्तहरुबारे जानकारी दिनुहुँदै एक आपसमा सहयोगको भावनाका साथ कार्य गर्नु नै सहकारी हो भन्नुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले संस्थाको सेवा सुविधाहरुबारे जानकारी दिनुहुँदै बचत तथा ऋण सहकारी संस्था र बहुउद्देश्य सहकारी संस्थाको भिन्नताबारे चर्चा गर्नुभयो । साथै सहकारी ऐन अनुसार एक व्यक्ति एक सहकारीको नियम रहेको हुनाले एकै प्रकृतिको सहकारीहरु मध्य कुनै एउटामा मात्र सदस्य बन्नुपर्ने बताउनुभयो । उहाँले सहकारी संस्थाको कूल बचतको २५ % नियमित बचत हुनुपर्ने बताउँदै गत माघ १ गते देखि नगद कारोवार ५ लाख भन्दा मुनिको मात्र गर्न सकिने जानकारी दिनुभयो । कार्यक्रममा शिक्षा उपसमितिका सचिव किरण बनमालाले पनि बोल्नुभएको थियो ।
भक्तपुर, १९ भाद्र ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक समितिको आयोजनामा ३२औं वार्षिक साधारण सभाको तयारी एवं जानकारीका लागि संस्थाको समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति, संस्थापक र कर्मचारीहरुको संयुक्त बैठक सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
बैठकमा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले देशमा कतिवटा सहकारी छन भन्ने स्पष्ट विवरण नआएको र सहकारी क्षेत्रमा रहेको अधिकांश रकम ठुला ६० वटा सहकारीमा रहेको जानकारी दिनुभयो । उहाँले हाल बजारमा रहेका राम्रा सहकारीबारे नबुझी खरब सहकारीहरुको चर्चा बढ्नाले पुरै सहकारी क्षेत्र बदनाम हुन गएको उल्लेख गर्नुभयो । अध्यक्ष लाखाले संस्था नीति नियम पालना गरी अघि बढ्नुपर्ने भन्नुहुँदै सहकारी संस्थाका सम्पूर्ण सदस्यहरुलाई सहकारी बारे जानकार राख्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
बैठकमा संस्थाका उपाध्यक्ष विष्णु राम दुमरुले हाल खराब सहकारीहरुको कारणले गर्दा थुप्रै निर्देशनहरु लगायत ऐनमा संशोधन भएको उल्लेख गर्नुभयो । उहाँले सबै सहकारीको परिवेश भिन्न हुने भएकोले देश भरीका सबै सहकारीलाई एउटै नीति लागु गर्न नहुन विचार व्यक्त गर्नुभयो । उपाध्यक्ष दुमरुले बिदेशका सहकारी संस्थाहरुको मुख्य लगानी कृषि केन्द्रित हुने बताउँदै देशका खराब सहकारीहरुले जग्गा जस्तो अनुत्पादनशिल क्षेत्रमा लगानी गर्नाले नै सम्पूर्ण सहकारी क्षेत्रमा असर परेको उल्लेख गर्नुभयो ।
बैठकमा संस्थाका सचिव विष्णु प्रसाद दुमरुले सदस्यहरुको सुझाव अनुरुप संस्थाको ३२औं वार्षिक साधारण सभा एकै ठाउँमा असोज १७ गते हुन गईरहेको जानकारी दिनुभयो । उहाँले साधारण सभाका छलफलका विषयहरुबारे जानकारी दिनुहुँदै संस्थाको आर्थिक कारोवार नीति संगत गर्न संस्थाको आर्थिक नीति साधारण सभाबाट सम्बोधन हुने बताउनुभयो ।
बैठकमा संस्थाका कोषाध्यक्ष जयराम गोर्खालीले संस्थाको आ.व. २०८२÷०८३ को आय व्यय विवरण र आ.व. २०८३÷०८४ को अनुमानित बजेटबारे जानकारी दिनुभयो ।
बैठकमा संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र दु्मरुले सहकारी क्षेत्रमा विगत केही वर्ष देखि चुनौति थप भएको हुनाले देशको कानून पालना गरी अघि बढ्नुपर्ने भन्नुहुँदै संस्थाका समिति, उपसमिति एवं संस्थापकहरु संस्थाबारे जानकारी भई साधारण सदस्यहरुलाई समेत जानकार गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारी क्षेत्रको नेतृत्व लिनेहरु संग सहकारी अभियानको मोडालिटीबारे सचेत नभएकै कारण हाल देशका सहकारीहरुमा समस्या देखिएको उल्लेख गर्नुभयो । उहाँले सहकारी संस्था एकल उद्देश्यले बहुआयमिक प्रभाव पार्ने तवरले अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
२१ असार, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को लघुवित्त तथा बचत समूह परिचालन उपसमितिको आयोजना तथा ख्वप उस्पतालको प्राविधिक सहयोगमा मेनोपज(महिनावारी सुक्ने) सम्बन्धी अभिमुखिकरण कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले संस्थाबाट बचत तथा ऋण कारोवारका साथै नियमित सामाजिक क्रियाकलापहरु गर्दै आएको बताउनुभयो । उहाँले संस्थाका महिलाहरुको सशक्तिकरणका लागि निरन्तर विभिन्न तालिमहरुको आयोजना गर्दै आएको जानकारी दिनुहुँदै महिला स्वास्थ्य सम्बन्धी विभिन्न शिविर एवं चेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । अध्यक्ष लाखाले विगतमा दिएका सिलाई तालिममा सहभागिहरुले आफ्नै व्यवसाय सञ्चालन गरेको स्मरण गर्नुभयो । उहाँले युवालाई लक्षित गरी यहि असार २८ गतेदेखि फोटोग्राफी तालिम सञ्चालन हुने जानकारी दिनुभयो ।
कार्यक्रमका अतिथि ख्वप अस्पतालका महिला रोग विशेषज्ञ डा. कृष्ण प्यारी दुगुजुले अन्य महिला रोगहरुलाई बढि प्राथमिकता दिई चेतनामूलक कार्यक्रम हुने गरेको तर मेनोपज( महिनावारी स्ुक्ने) सम्बन्धी चेतनामूलक कार्यक्रम अत्यन्त महत्वपूर्ण विषय रहेको उल्लेख गर्नुभयो । उहाँले ४५ देखि ५५ वर्ष उमेर समूहका महिलाहरुमा महिनावारी सुक्ने समस्या देखा पर्ने बताउँदै सो को कारणले महिलाहरुमा चिडचिडापन ,यौन जिज्ञासामा कमी, निन्द्रा नलाग्नु ,हड्डी कमजोर हुनु तथा मुटुरोग सम्बन्धी स्वास्थ्य समस्याहरु समेत हुनसक्ने सम्भावना रहेको जानकारी दिनुभयो । उहाँले ती समस्याहरु हुन नदिन नियमित चिकित्सक परामर्श लिनुका साथै व्यायम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
कार्यक्रममा संस्थाका सञ्चालक सदस्य एवं उपसमितिका संयोजक तथा सभापति रत्नश्वरी चवालले मेनोपज महिलाहरुको जल्दोबल्डो समस्याको रुपमा लिन सकिने बताउँदै घरका छोरीहरुलाई सानै उमेर देखि महिनावारी सम्बन्धी जानकारी दिनुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुले आफ्नो शरिरमा भएको परिवर्तन र समस्याबारे आफ्नो श्रीमान एवं परिवारलाई जानकारी दिनुपर्ने बताउनुभयो । उहाँले बढ्दो उमेर संग रोगहरु पनि बढ्दै जाने हुँदा नियमित चिकित्सक परामर्श लिनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई र कार्यक्रम तथा प्रवद्र्धन अधिकृत बिमल लवजुले पनि बोल्नुभएको थियो । कार्यक्रमको औपचारी कार्यक्रम पश्चात सहभागी महिलाहरुको स्वास्थ्यबारे डा. कृष्ण प्यारी दुगुजुसंग छलफल एवं अन्तरक्रिया पनि गरिएको थियो ।
२० असार, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालक समितिको आयोजनामा अर्थशास्त्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम सिद्धि गणेश तालिम हल, खचाँमा सम्पन्न भयो । संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिहरु र विभागीय व्यवस्थापनको सहभागिता रहेको सो कार्यक्रममा ख्वप कलेजका प्रशिक्षक राजन फाँजुद्धारा सहजिकरण गरिएको थियो । सो कार्यक्रममा अर्थतन्त्र बुझ्ने सरल यात्रा “सम्पत्ति देखि सुनसम्मको” विषय संग जोडिएर विशेषत मुद्रा सम्बन्धी, बजार मूल्यदर, माग तथा आपूर्ति, तरलता, मुद्रास्फ्रिति सम्बन्धीको जानकारी गराउनु भयो । सहजकर्ता राजन फाँजुले धेरै पैसा हुदैमा देश विकास नहुने धेरै वस्तु तथा गुणस्तरीय सेवा उत्पादनबाट मात्र देश समृद्ध हुने बारेमा विभिन्न देशको उदाहरणबाट प्रस्त पार्नुभयो । सोही कारणले गर्दा पनि पूँजीको परिचालन उत्पादनशिल क्षेत्रमा हुनु आजको आवश्यकता रहेको औल्यानुभयो । देशमा उत्पादन नहुदा निर्यात भन्दा पनि आयातमा मात्र भर परेमा जिम्बावेको जस्तै मुद्राको अवस्था हुने बताउनुभयो । कार्यक्रमा संस्थाका अध्यक्षले संस्था अर्थ संग सम्बन्धित भएको हुनाले सो समिति र उपसमितिका सदस्यहरुलाई अर्थशास्त्र सम्बन्धी जानकार गराउनका लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
सोही दिन शिक्षा उपसमितिको आयोजनामा अनिवार्य शिक्षा शिविर पनि सिद्धि गणेश तालिम हलमा सम्पन्न गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले एकआपसमा मिली कुनै कार्य गर्नु नै सहकारी हो भन्नुहुँदै नीति संगत सञ्चालन हुने सहकारी संस्था उत्कृष्ट हुने बताउनुभयो । उहाँले सहकारी संस्थाका सदस्यहरुको अधिकार र दायित्वबारे चर्चा गर्नुहुँदै सदस्यहरुको आर्थिक सुरक्षाको जिम्मेवरी संस्थाका सञ्चालकहरुको हुने उल्लेख गर्नुभयो । उहाँले संस्थाका हरेक सदस्यहरुलाई सहकारीताबारे सचेत गर्दै जानुपर्ने आवश्यकता औल्याउँदै संस्थाबाट न्यून व्याजदरमा ऋण लगानी तथा विभिन्न सिपमूलक तालिमहरु प्रदान गरी सदस्यहरुको निम्ति आर्थिक अवसरहरु श्रृजना गर्दै आएको उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णु प्रसाद दुमरुले सदस्यले आफुले कारोवार गर्ने सहकारी संस्थाबारे जानकार भएर मात्र कारोवर गर्नुपने बताउँदै सहाकरी संस्थाले आफ्नो कार्यक्षेत्रका सदस्यहरु संग मात्र कारोवार गर्नुपर्नेमा जोडदिनुभयो । उहाँले विगतमा सानो रकम व्यवस्था गर्न पनि साहुमहाजन कहाँ धाउनुपर्ने बाध्यता रहेको र सो ऋणको साँवा व्याज एकमुष्ट तिर्नुपर्दा न्यून आय भएका किसानलाई समस्या परेको हुनाले स्थापनाकाल देखि नै संस्थाले किस्ताबन्दी ऋण प्रदान गरी सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउँदै आएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले तथा शिक्षा उपसमितिका सदस्य रामहरि ताम्राकारले पनि बोल्नुभएको थियो ।
२० असार, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा अनिवार्य शिक्षा शिविर सिद्धि गणेश तालिम हल, खचाँमा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले एकआपसमा मिली कुनै कार्य गर्नु नै सहकारी हो भन्नुहुँदै नीति संगत सञ्चालन हुने सहकारी संस्था उत्कृष्ट हुने बताउनुभयो । उहाँले सहकारी संस्थाका सदस्यहरुको अधिकार र दायित्वबारे चर्चा गर्नुहुँदै सदस्यहरुको आर्थिक सुरक्षाको जिम्मेवरी संस्थाका सञ्चालकहरुको हुने उल्लेख गर्नुभयो । उहाँले संस्थाका हरेक सदस्यहरुलाई सहकारीताबारे सचेत गर्दै जानुपर्ने आवश्यकता औल्याउँदै संस्थाबाट न्यून व्याजदरमा ऋण लगानी तथा विभिन्न सिपमूलक तालिमहरु प्रदान गरी सदस्यहरुको निम्ति आर्थिक अवसरहरु श्रृजना गर्दै आएको उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णु प्रसाद दुमरुले सदस्यले आफुले कारोवार गर्ने सहकारी संस्थाबारे जानकार भएर मात्र कारोवर गर्नुपने बताउँदै सहाकरी संस्थाले आफ्नो कार्यक्षेत्रका सदस्यहरु संग मात्र कारोवार गर्नुपर्नेमा जोडदिनुभयो । उहाँले विगतमा सानो रकम व्यवस्था गर्न पनि साहुमहाजन कहाँ धाउनुपर्ने बाध्यता रहेको र सो ऋणको साँवा व्याज एकमुष्ट तिर्नुपर्दा न्यून आय भएका किसानलाई समस्या परेको हुनाले स्थापनाकाल देखि नै संस्थाले किस्ताबन्दी ऋण प्रदान गरी सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउँदै आएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई तथा शिक्षा उपसमितिका सदस्य रामहरि ताम्राकारले पनि बोल्नुभएको थियो ।