श्रावण १७, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को युवा उपसमितिको आयोजनामा दुईहप्ते एड्भान्स फोटोग्राफी तालिम सिद्धि गणेश तालिम हल, खँचामा शुभारम्भ भयो ।
तालिमको परिचयात्मक कार्यक्रममा उपसमितिका संयोजक एवं संस्थाका उपाध्यक्ष विष्णु राम दुमरुले भक्तपुरमा पहिलो पटक फोटोग्राफी तालिम सिद्धि गणेश साकोसको अगुवाईमा सञ्चालन भएको स्मरण गर्नुहुँदै सो तालिमका अधिकांश प्रशिक्षार्थीहरु फोटोग्राफी व्यवसायमा संलग्न रहेको बताउनुभयो । उहाँले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई आफुलाई समस्या भएको विषयबारे कक्षामा नै प्रश्न गरी सो बारे प्रस्त हुनुपर्नेमा जोड दिनुहुँदै प्रशिक्षार्थीहरु तालिममा अनुशासित रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा तालिमका प्रशिक्षक शरद् राईले कुनै पनि कलालाई व्यवसायिक रुप दिन तालिमको आवश्यकता रहने उल्लेख गर्नुहुँदै तालिमले व्यक्तिलाई दक्ष बनाउने बताउनुभयो । उहाँले तालिमका पाठ्यक्रमका विषयलाई छुट्टाछुट्टै सिक्नु भन्दा सबै विषय समावेश हुने गरी अध्ययन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । साथै सबै विषय समावेश गरे मात्र तालिम पश्चात प्रशिक्षार्थीले व्यवसायिक फोटोग्राफारले जस्तै फोटो खिच्न सक्ने बताउनुभयो ।
१६ श्रावण, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा अनिवार्य शिक्षा शिविर सिद्धि गणेश तालिम हल, खचाँमा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले सहकारी सञ्चालनका अन्तराष्ट्रिय सिद्धान्तहरुबारे चर्चा गर्नुहुँदै सिद्धि गणेश साकोस स्थापनाकाल देखि नै सहकारी सिद्धान्तहरु पालना गरी नीति संगत सञ्चान हुँदै आएको कारण ३२ वर्षको अन्तराल सम्म पनि कुनै समस्या नआएको उल्लेख गर्नु भयो । उहाँले सहकारी संस्थाका सदस्यहरुको अधिकार र दायित्वबारे जानकारी दिनुहुँदै सदस्यहरुलाई शिक्षा, सूचना तथा विषयगत तालिम, वित्तीय परामर्श आदि प्रदान गरी व्यवसायिक र सामाजिक क्षमता अभिबृद्धि गर्ने संस्थाको उद्देश्य रहेको बताउनुभयो । उहाँले संस्थाले सदस्यहरुमा बचत गर्ने वानी विकास गराई स्वावलम्वी र आत्मनिर्भर बनाउनुका साथै उचित ब्याज दरमा ऋण लगानी गरी रोजगारी तथा आर्थिक अवसरहरु श्रृजना गर्दै आएको उल्लेख गर्नुभयो ।
कार्यक्रमका सभापति संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णु प्रसाद दुमरुले संस्था स्थापनाकाल देखि नै सामाजिक क्रियाकलापहरुमा सक्रिय रहेको बताउँदै सदस्यहरुलाई सचेत गर्न संस्थाले नियमित शिक्षा शिविर एवं भेलाहरु आयोजना गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले विगतमा सानो रकम व्यवस्था गर्न पनि साहुमहाजन कहाँ धाउनुपर्ने बाध्यता रहेको र सो ऋणको साँवा व्याज एकमुष्ट तिर्नुपर्दा न्यून आय भएका किसानलाई समस्या परेको हुनाले स्थापनाकाल देखि नै संस्थाले किस्ताबन्दी ऋण प्रदान गरी सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याएको कारण सदस्यहरुले संस्थालाई किसानको बैंक नामाकरण गरेको स्मरण गर्नुभयो । हालको अस्थिर वित्तीय बजारका कारण ऋण कम लगानी भई रहेको अवस्थामा पनि संस्थाले सुरक्षित ऋण लगानीलाई जोड दिँदै आई रहेको छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले संस्थाको बचत सेवा तथा ऋण सुविधाहरुबारे जानकारी दिनुहुँदै ऋणीको व्यवहार पहिचान गरी मात्र ऋण जमानी बस्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारी क्षेत्रमा आएको बेथितिको कारण राष्ट्रिय सहकारी नियमन प्राधिकरणले कडा नीति निर्देशनहरु जारी गरेको बताउँदै सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी संघसंस्थाहरुलाई जारी गरिएको निर्देशन २०७४ को परिपालना गर्न सदस्यहरुलाई सदस्य पहिचान फारम अद्यावधिक गर्न आग्रह गर्नुभयो । साथै सो फारमको माध्यमबाट सदस्यहरुलाई वर्गीकरण गरी समय समयमा सदस्य पहिचान फारम अद्यावधिक गर्नुपर्ने आवश्यकताबारे जानकारी दिनुभयो ।
कार्यक्रममा शिक्षा उपसमितिका सचिव किरण बनमालाले पनि बोल्नुभएको थियो ।

२१ असार, भक्तपुर ।

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को लघुवित्त तथा बचत समूह परिचालन उपसमितिको आयोजना तथा ख्वप उस्पतालको प्राविधिक सहयोगमा मेनोपज(महिनावारी सुक्ने) सम्बन्धी अभिमुखिकरण कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले संस्थाबाट बचत तथा ऋण कारोवारका साथै नियमित सामाजिक क्रियाकलापहरु गर्दै आएको बताउनुभयो । उहाँले संस्थाका महिलाहरुको सशक्तिकरणका लागि निरन्तर विभिन्न तालिमहरुको आयोजना गर्दै आएको जानकारी दिनुहुँदै महिला स्वास्थ्य सम्बन्धी विभिन्न शिविर एवं चेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । अध्यक्ष लाखाले विगतमा दिएका सिलाई तालिममा सहभागिहरुले आफ्नै व्यवसाय सञ्चालन गरेको स्मरण गर्नुभयो । उहाँले युवालाई लक्षित गरी यहि असार २८ गतेदेखि फोटोग्राफी तालिम सञ्चालन हुने जानकारी दिनुभयो ।

कार्यक्रमका अतिथि ख्वप अस्पतालका महिला रोग विशेषज्ञ डा. कृष्ण प्यारी दुगुजुले अन्य महिला रोगहरुलाई बढि प्राथमिकता दिई चेतनामूलक कार्यक्रम हुने गरेको तर मेनोपज( महिनावारी स्ुक्ने) सम्बन्धी चेतनामूलक कार्यक्रम अत्यन्त महत्वपूर्ण विषय रहेको उल्लेख गर्नुभयो । उहाँले ४५ देखि ५५ वर्ष उमेर समूहका महिलाहरुमा महिनावारी सुक्ने समस्या देखा पर्ने बताउँदै सो को कारणले महिलाहरुमा चिडचिडापन ,यौन जिज्ञासामा कमी, निन्द्रा नलाग्नु ,हड्डी कमजोर हुनु तथा मुटुरोग सम्बन्धी स्वास्थ्य समस्याहरु समेत हुनसक्ने सम्भावना रहेको जानकारी दिनुभयो । उहाँले ती समस्याहरु हुन नदिन नियमित चिकित्सक परामर्श लिनुका साथै व्यायम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यक्रममा संस्थाका सञ्चालक सदस्य एवं उपसमितिका संयोजक तथा सभापति रत्नश्वरी चवालले मेनोपज महिलाहरुको जल्दोबल्डो समस्याको रुपमा लिन सकिने बताउँदै घरका छोरीहरुलाई सानै उमेर देखि महिनावारी सम्बन्धी जानकारी दिनुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुले आफ्नो शरिरमा भएको परिवर्तन र समस्याबारे आफ्नो श्रीमान एवं परिवारलाई जानकारी दिनुपर्ने बताउनुभयो । उहाँले बढ्दो उमेर संग रोगहरु पनि बढ्दै जाने हुँदा नियमित चिकित्सक परामर्श लिनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई र कार्यक्रम तथा प्रवद्र्धन अधिकृत बिमल लवजुले पनि बोल्नुभएको थियो । कार्यक्रमको औपचारी कार्यक्रम पश्चात सहभागी महिलाहरुको स्वास्थ्यबारे डा. कृष्ण प्यारी दुगुजुसंग छलफल एवं अन्तरक्रिया पनि गरिएको थियो ।

२० असार, भक्तपुर ।

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालक समितिको आयोजनामा अर्थशास्त्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम सिद्धि गणेश तालिम हल, खचाँमा सम्पन्न भयो । संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिहरु र विभागीय व्यवस्थापनको सहभागिता रहेको सो कार्यक्रममा ख्वप कलेजका प्रशिक्षक राजन फाँजुद्धारा सहजिकरण गरिएको थियो । सो कार्यक्रममा अर्थतन्त्र बुझ्ने सरल यात्रा “सम्पत्ति देखि सुनसम्मको” विषय संग जोडिएर विशेषत मुद्रा सम्बन्धी, बजार मूल्यदर, माग तथा आपूर्ति, तरलता, मुद्रास्फ्रिति सम्बन्धीको जानकारी गराउनु भयो । सहजकर्ता राजन फाँजुले धेरै पैसा हुदैमा देश विकास नहुने धेरै वस्तु तथा गुणस्तरीय सेवा उत्पादनबाट मात्र देश समृद्ध हुने बारेमा विभिन्न देशको उदाहरणबाट प्रस्त पार्नुभयो । सोही कारणले गर्दा पनि पूँजीको परिचालन उत्पादनशिल क्षेत्रमा हुनु आजको आवश्यकता रहेको औल्यानुभयो । देशमा उत्पादन नहुदा निर्यात भन्दा पनि आयातमा मात्र भर परेमा जिम्बावेको जस्तै मुद्राको अवस्था हुने बताउनुभयो । कार्यक्रमा संस्थाका अध्यक्षले संस्था अर्थ संग सम्बन्धित भएको हुनाले सो समिति र उपसमितिका सदस्यहरुलाई अर्थशास्त्र सम्बन्धी जानकार गराउनका लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
सोही दिन शिक्षा उपसमितिको आयोजनामा अनिवार्य शिक्षा शिविर पनि सिद्धि गणेश तालिम हलमा सम्पन्न गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले एकआपसमा मिली कुनै कार्य गर्नु नै सहकारी हो भन्नुहुँदै नीति संगत सञ्चालन हुने सहकारी संस्था उत्कृष्ट हुने बताउनुभयो । उहाँले सहकारी संस्थाका सदस्यहरुको अधिकार र दायित्वबारे चर्चा गर्नुहुँदै सदस्यहरुको आर्थिक सुरक्षाको जिम्मेवरी संस्थाका सञ्चालकहरुको हुने उल्लेख गर्नुभयो । उहाँले संस्थाका हरेक सदस्यहरुलाई सहकारीताबारे सचेत गर्दै जानुपर्ने आवश्यकता औल्याउँदै संस्थाबाट न्यून व्याजदरमा ऋण लगानी तथा विभिन्न सिपमूलक तालिमहरु प्रदान गरी सदस्यहरुको निम्ति आर्थिक अवसरहरु श्रृजना गर्दै आएको उहाँले बताउनुभयो ।

कार्यक्रमका सभापति संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णु प्रसाद दुमरुले सदस्यले आफुले कारोवार गर्ने सहकारी संस्थाबारे जानकार भएर मात्र कारोवर गर्नुपने बताउँदै सहाकरी संस्थाले आफ्नो कार्यक्षेत्रका सदस्यहरु संग मात्र कारोवार गर्नुपर्नेमा जोडदिनुभयो । उहाँले विगतमा सानो रकम व्यवस्था गर्न पनि साहुमहाजन कहाँ धाउनुपर्ने बाध्यता रहेको र सो ऋणको साँवा व्याज एकमुष्ट तिर्नुपर्दा न्यून आय भएका किसानलाई समस्या परेको हुनाले स्थापनाकाल देखि नै संस्थाले किस्ताबन्दी ऋण प्रदान गरी सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउँदै आएको बताउनुभयो ।

कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले तथा शिक्षा उपसमितिका सदस्य रामहरि ताम्राकारले पनि बोल्नुभएको थियो ।

 

२० असार, भक्तपुर ।

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा अनिवार्य शिक्षा शिविर सिद्धि गणेश तालिम हल, खचाँमा सम्पन्न भयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले एकआपसमा मिली कुनै कार्य गर्नु नै सहकारी हो भन्नुहुँदै नीति संगत सञ्चालन हुने सहकारी संस्था उत्कृष्ट हुने बताउनुभयो । उहाँले सहकारी संस्थाका सदस्यहरुको अधिकार र दायित्वबारे चर्चा गर्नुहुँदै सदस्यहरुको आर्थिक सुरक्षाको जिम्मेवरी संस्थाका सञ्चालकहरुको हुने उल्लेख गर्नुभयो । उहाँले संस्थाका हरेक सदस्यहरुलाई सहकारीताबारे सचेत गर्दै जानुपर्ने आवश्यकता औल्याउँदै संस्थाबाट न्यून व्याजदरमा ऋण लगानी तथा विभिन्न सिपमूलक तालिमहरु प्रदान गरी सदस्यहरुको निम्ति आर्थिक अवसरहरु श्रृजना गर्दै आएको उहाँले बताउनुभयो ।

कार्यक्रमका सभापति संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णु प्रसाद दुमरुले सदस्यले आफुले कारोवार गर्ने सहकारी संस्थाबारे जानकार भएर मात्र कारोवर गर्नुपने बताउँदै सहाकरी संस्थाले आफ्नो कार्यक्षेत्रका सदस्यहरु संग मात्र कारोवार गर्नुपर्नेमा जोडदिनुभयो । उहाँले विगतमा सानो रकम व्यवस्था गर्न पनि साहुमहाजन कहाँ धाउनुपर्ने बाध्यता रहेको र सो ऋणको साँवा व्याज एकमुष्ट तिर्नुपर्दा न्यून आय भएका किसानलाई समस्या परेको हुनाले स्थापनाकाल देखि नै संस्थाले किस्ताबन्दी ऋण प्रदान गरी सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउँदै आएको बताउनुभयो ।

कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई तथा शिक्षा उपसमितिका सदस्य रामहरि ताम्राकारले पनि बोल्नुभएको थियो ।

३१ जेठ, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को सेवाकेन्द्र व्यवस्थापन उपसमिति, तेखापुखु र महिला तथा बालबालिका उपसमितिको संयुक्त आयोजनामा पन्ध्रदिने मोटरसाईकल मर्मत तालिम र ४५ दिने चित्रकला तालिमको समापन कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले ३१ जना युवाहरुको ३१ सय रुपैँयाबाट सुरु भएको यस संस्था हाल १७ हजार शेयर सदस्यको परिवार र ३ अर्ब ३८ करोड ६१ लाखको सम्पत्ति बनाउन सफल भएको उल्लख गर्नुभयो । उहाँले संस्था बचत तथा ऋण सहकारी भएता पनि आर्थिक कारवारमा मात्र सिमित नरहि स्थापना काल देखि नै समुदायमा आधारित भई सदस्य र समाजको आर्थिक सामाजिक विकासका कार्य निरन्तर गर्दै आएको बताउनुभयो । उहाँले तालिमको सीप सदुपयोग गरी व्यवसाय गर्दा र भविष्यमा चित्रकार बने मात्र तालिम वास्तविक रुपमा सफल हुने उल्लेख गर्नुहुँदै सिकेका सिपको नियमित अभ्यास गर्न जोड दिनुभयो । अध्यक्ष लाखाले सदस्यहरुको सुझाव अनुरुप भविष्यमा पनि विभिन्न तालिमको आयोजना गरिने बताउँदै संस्थाका कार्यक्रमहरुमा सदस्यहरु सहभाग बन्नुपर्ने आवश्यकता औल्याउँनुभयो ।
कार्यक्रममा संस्थाका सञ्चालक सदस्य एवं महिला तथा बालबालिका उपसमितिका संयोजक रञ्जना प्रजापतिले संस्थाले नियमित रुपमा विभिन्न सीपमूलक तालिमहरु आयोजना हुँदै आएको बताउनुभयो । उहाँले बालबालिकाको पहिलो शिक्षक आमा बुबा हुने र पहिलो पाठशाला आफ्नै घर हुने बताउँदै पढाईको अलावा बालबालिकाहरुलाई चित्रकला जस्ता अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रमका सभापति संस्थाको सञ्चालक सदस्य एवं सेवाकेन्द्र व्यवस्थापन उपसमिति, तेखापुखुका संयोजक राधेश्यम र्सैजुले संस्था समुदायमा आधारित भई कार्य गर्दै आएको बताउँदै संस्थाले नाफालाई भन्दा सदस्यहरुको विकासमा बढि जोड दिदै आएको उल्लेख गर्नुभयो । उहाँले आफ्नो सवारी साधनको अवस्थाबारे जानकार नहुँदा यात्राको क्रममा दुर्घटना एवं समस्यामा पर्न सक्ने सम्भावना हुने बताउँदै मोटरसाइकल मर्मत तालिमले अनावश्यक खर्चको कटौटी गरी व्यवसाय गर्न आधारभुत सिप प्रदान गर्ने भन्नुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले मोबाईलमा प्रयोग हुने पासवर्डहरु आफ्नो सहजताको लागि सरल मात्र रख्दा मोबाइलमा रहेका वित्तीय संस्थाका एपको मध्यमबाट व्यक्तिगत खाता ह्याक भई आफ्नो खाताको रकम चोरी हुन सक्ने जोखिम हुने बताउँदै सुरक्षित पासवर्डहरु राख्नुपर्ने आवश्यकता औल्याउँनुभयो ।
कार्यक्रममा सेवाकेन्द्र व्यवस्थापन उपसमिति, तेखापुखुका सचिव पुण्यराम कर्माचार्य, मोटरसाइकल मर्मत तालिमका प्रशिक्षक जीवन सुवाल र चित्रकला तालिमका प्रशिक्षक बिकास तमखुले पनि बोल्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुभएका थिए भने उपसमितिका संयोजकहरुले प्रशिक्षकहरुलाई कदर पत्र प्रदान गर्नुभएको थियो ।

२३ जेठ, भक्तपुर ।

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालक समितिको आयोजनामा जोखिम व्यवस्थापन कार्यशाला नगरकोटमा सम्पन्न भयो ।

कार्यशालाको औपचारीक कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले संस्थाले गोखिम व्यवस्थापन कार्यशाला पहिलो पटक आयोजना गरिएको उल्लेख गर्नुभयो । उहाँले जती संस्था ठुलो बन्दै जान्छ त्यती नै संस्थाको जोखिम बृद्धि हुने बताउँदै संस्थाको जोखिम व्यवस्थापन कसरी गर्नेबारे छलफल गर्न अति आवश्यक रहेको बताउनुभयो । साथै समयमै जोखिम व्यवस्थापन गर्न सके संस्था सुरक्षित र दिगो हुने बताउनु भयो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णु राम दुमरुले बचत तथा ऋण सहकारी संस्थाहरुले हाल जारी अद्यादेशका निर्देशनहरुको पालना गर्दा सामाजिक क्रियाकलाप अन्तर्गत आदर निकेतन, सदस्यहरुको उत्पादन व्यवस्थापन गर्न पाईने हो या होइन भन्नेबारे छलफल गर्न अति आवश्यक रहेको भन्नुभयो । उहाँले सहकारी क्षेत्रमा व्यक्तिगत स्वार्थको लागि नभई संस्थागत विकासका लागि हुनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यशालाका सहजकर्ता नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दर्गा प्रसाद ढकालले जोखिमको परिभाषा सहित संस्था दिगो बन्न सम्भावित जोखिम पहिचान गरी त्यसको नियमित निरिक्षण, वर्गिकरण र सामना गर्नुपर्ने आवश्यकता औल्याउँनुभयो । उहाँले कार्यशालामा जोखिम व्यवस्थापन अन्र्तगत कानूनी, वित्तीय, तरलता, सञ्चालन र सुशासन, प्रविधि तथा बजार जोखिमबारे सहजिकारण गर्नु भएको थियो ।

कार्यशालाको औपचारी कार्यक्रममा संस्थाका कोषाध्यक्ष जयराम गोर्खालीले पनि बोल्नुभएको थियो । कार्यशालामा संस्थाको जोखिम व्यवस्थापनका निम्ति सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति तथा विभागिय प्रमुखहरुबीच आवश्यक छलफल गरिएको थियो ।

२२ जेठ, भक्तपुर ।

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को यातु गणेश सेवाकेन्द्र व्यवस्थापन उपसमितिको आयोजना तथा ख्वप अस्पतालको प्राविधिक सहयोगमा विश्व वातावरण दिवसको अवसरमा निःशुल्क हाडजोर्नी तथा नसा रोग सम्बन्धी स्वास्थ्य शिविर र डेङ्गु रोग सम्बन्धी सचेतनामूलक कार्यक्रम यातु गणेश मन्दिर परिसर, कमलविनायकमा सम्पन्न भयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले संस्था स्थापना भएको ३२ वर्ष सम्म पनि सदस्यहरुको संस्था प्रति निरन्तर विश्वास कायम नै रहेको र सोहि विश्वासको कारण संस्था सफल बनेको उल्लेख गर्नुभयो । उहाँले संस्था आर्थिक कारोवारमा मात्र सिमित नरहि सामाजिक क्षेत्रको सेवाका निम्ति निरन्तर लागि रहेको र विभिन्न शिविर, सीपमूलक, आयमूलक तथा क्षमता अभिबृद्धिका तालिम सञ्चालन गर्दै आएको बताउनुभयो ।
अध्यक्ष लाखाले सहकारी क्षेत्रको नियमन गर्न स्थापित राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी भएका निर्देशनहरुबारे जानकारी दिनुहुँदै सहकारी ऐन २०७४ मा उल्लेख भएको एक सदस्य एक संस्थाको व्यवस्थालाई हाल कडाईका साथ लागु गर्न निर्देशन भएको बताउनुभयो । उहाँले संस्थाद्वारा आयोजित कार्यक्रमहरुमा सक्रिय सहभागी भई सदस्यहरु संस्थाबारे जानकार हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संस्थाका सञ्चालक सदस्य तुल्सीदास दुमरुले व्यक्ति स्वस्थ्य भए मात्र आय आर्जनका कार्य गर्न सकिने भन्नुहुँदै संस्थाले सदस्यहरुको स्वास्थ्यलाई मध्येनजर गरी सिद्धि गणेश स्वास्थ्य क्लिनिकबाट विशेषज्ञ मुटुरोग सम्बन्धी सेवा, फिजियोथेरापी सेवा, डेण्टल सेवा र जनरल स्वास्थ्य सेवा न्यून शल्कबाट प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रमका सभापति एवं आयोजक उपसमितिका संयोजक रमेश दुमरुले उपसमितिबाट निरन्तर रुपमा स्वास्थ्य शिविर तथा शिपमुलक तालिमहरु आयोजना गर्दै आएको जानकारी दिनुहुँदै सेवाकेन्द्र पुर्व भेगिय सदस्यहरुको सहजताका लागि सञ्चालन भई रहेको बताउनुभयो ।

कार्यक्रमका अतिथि ख्वप अस्पतालका डा. श्रीकृष्ण अवालले रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिन सावधानी अपनाउनुपर्ने बताउनुभयो । उहाँले पहिले धैरै गर्मी हुने तराई क्षेत्रमा मात्र डेङ्गु संक्रमण भएका लामखुट्टे देखा पर्नेमा हाल पहाडी क्षेत्रहरुमा पनि सो लामखुट्टेहरु देखा पर्न थालेको बताउँदै पत्रु खानपान गर्मी मौसममा विभिन्न रोगको कारण हुने गरेको उल्लेख गर्नुभयो । साथै आफुले सेवन गर्ने खानपानमा ध्यान दिए ८०% रोग लाग्ने सम्भावना कम हुने जानकारी दिनुभयो । उहाँले महिलाहरुको महिनावारी रोकिएपछि हाडजोर्नीको समस्याहरु देखा पर्नेबारे प्रस्त पार्नुहुँदै हाडजोर्नी सम्बन्धी उपचार स्वास्थ्य बिमा अन्तरगत पर्ने भएकोले स्वास्थ्य बिमा अनिवार्य गर्नुपर्नेमा जोेड दिनुभयो ।
उहाँले हात खुट्टा भाचिएको अवस्थामा विरामीको हात खुट्टा चलाउँदा भित्री चोटपटक लाग्न सक्ने र धेरै कसिएर ब्यान्देजहरु लगाउँदा नसाले काम नगर्ने सम्भावना हुने बताउँदै चिकित्सकको सल्लाह बिना उपचार र औषधी सेवन गर्नु घातक हनुे उल्लेख गर्नुभयोे ।

कार्यक्रमका अतिथि ख्वप अस्पतालका नर्सिङ्ग अधिकृत रचना सुवालले डेङ्गु रोग पोठी लामखुट्टेको टोकाईबाट हुने जानकारी दिनुहँदै स्थिर जलश्रोतमा लामखुट्टले एक पटकमा २० देखि २००वटा सम्म अण्डा दिने हँदा डेङ्गु रोगको संक्रमणबाट बच्न नियमित सरसफाईमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले डेङ्गु रोगको रोकथामका लागि सुत्दा झुलको प्रयोग, घरको झ्यालमा जालीको प्रयोग तथा नियमित घर वरपर सरसफाई गर्दै जानुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले संस्थाको स्वास्थ्य बचतको विशेषताबारे जानकारी दिनुहुँदै सदस्यहरुलाई कम्तिमा ६ महिनाको खर्च धान्न आवश्यक रकम अनिवार्य बचत गर्न सचेत गर्नुभयो ।

कार्यक्रममा उपसमितिका सदस्य कमल कोजु र कार्यक्रम तथा प्रवद्र्धन अधिकृत बिमल लवजुले पनि बोल्नुभएको थियो । शिविरमा ८२ जानले स्वास्थ्य सेवाको लाभ लिनुभएको थियो साथै शिविरमा सामान्य औषधी पनि वितरण गरिएको थियो ।

१६ जेठ, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. कको सञ्चालक समितिको आयोजनामा दुुई दिने साकोस व्यवस्थापन तालिम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
तालिमको समापन कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले सहकारीका सञ्चालकहरुमा हुनुपर्ने क्षमता र साकोस व्यवस्थापन गर्न आवश्यक सीप एवं ज्ञानको जानकारी दिने हेतुले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले तालिम सहजीकरण गर्नुभएका सहजकर्ताहरुलाई धन्यवाद व्यक्त गर्नुहुँदै सहभागी सदस्यहरुलाई संस्थाका अन्य कार्यक्रमहरुमा पनि सहभागी हुन आग्रह गर्नुभयो । अध्यक्ष लाखाले तालिममा सहभागी सदस्यहरुलाई प्रमाण–पत्र वितरण गर्नुभएको थियो ।
तालिममा संस्थाका उपाध्यक्ष विष्णु राम दुमरुले सहकारीमा सुशासन विषयमा सहजिकरण गर्नुहुँदै सुशासन भन्नाले सञ्चालक र व्यवस्थापनलाई उत्तरदायी बनाउने संरचना र प्रकृया रहेको बताउनुभयो । उहाँले सहकारी संस्था समस्यामा पर्नुको मुख्य कारण सञ्चालक एवं व्यवस्थापनमा सुशासन नहुनु हो भन्नुहुँदै समुदायमा आधारित दिगो भरपर्दो र प्रतिस्पर्धी तथा समुदायको पहिलो छनोटको वित्तीय संस्था बनाउने लक्ष्य, उद्देश्य र ध्येयका साथ सञ्चालक र व्यवस्थापन अघि बढ्नुपर्ने आवश्यकता औल्याउँनुभयो । उहाँले संस्थाले समुदायको विकासका लागि विभिन्न तालिम सञ्चालन गरी सदस्यहरुलाई उद्यमी बन्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । साथै निस्वार्थ र स्वयम सेवाको भावनाका साथ मात्र सहकारी क्षेत्रमा लाग्नुपर्ने बताउनुभयो । उहाँले संस्था कानून, नीति र नियमको पालन गरी सञ्चालन हुनुपर्ने उल्लेख गर्नुहुँदै हालै जारी अद्यादेशहरुमा नीतिको राम्रो व्याख्या नहुनाले त्यसको परिपालनामा अन्यवल रहेको बताउनुभयो ।
तालिममा संस्थाका सञ्चालक सदस्य कृष्ण गोवन्द लाखाजुले बागमती प्रदेशमा हाल ३२३३ सहकारी संस्था रहेकोमा १२५० सहकारी संस्थाहरुले मात्र आफ्नो विवरणहरु अपडेट गरेको पाईको र ४२० वटा सहकारी बिरुद्ध उजुरी रहेको जानकारी दिनुभयो । उहाँले कानून संसोधन भएको बारे जानकारी नहुँदा हाल सम्म पनि सहकारी संस्थाहरुले गैर सदस्यहरु संग आर्थिक कारोवार गर्ने प्रचलन रहेको चर्चा गर्नुहुँदै ऐनमा भएको व्यवस्थाको परिपालना नहुने अवस्थामा मात्र सहकारी संस्था समस्यामा पर्ने उल्लेख गर्नुभयो । उहाँले बुहउद्देश्य सहकरी र बचत तथा ऋण सहकारी संस्थाको भिन्ताबारे चर्चा गर्नुहुँदै बचत तथा ऋण सहकारी संस्थाको नितान्त कार्य भनेको सदस्यहरुको बचत संकलन गरी सदस्यहरुलाई ऋण प्रदान गर्नु हो भन्नुभयो । उहाँले सन्दर्भ ब्याजदर भन्दा बढि व्याज प्रदान गर्नु खराब सहकारीको पहिचान रहेको बताउँदै सहकारी ऐनमा अएका संसोधनहरु र २०८३ सालको अध्यादेशका विशेषताहरुबारे प्रस्त पार्नुभएको थियो ।
तालिममा संस्थाका सञ्चालक सदस्य राम चन्द्र दुमरुले ऋण व्यवस्थापन सम्बन्धी प्रस्तुति दिनुहुँदै सहकारी संस्थामा कार्य गर्न इमानदार र पारदर्शी भई गर्नुपर्ने बताउनुभयो । उहाँले सञ्चालक समितिले कुनै निर्णय गर्नु पूर्व गहन छलफल गरी सदस्य र संस्थाको हितको लागि मात्र निर्णय गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संस्थको कोष परिचालन, भौतिक र नैतिक मुल्य विकास , व्यवसायिक विकास, सदस्यको आर्थिक अवस्था सुधार र सदस्यलाई उद्यमी बनाउन प्रोत्साहन गर्ने उद्देश्यले मात्र ऋण प्रदान गर्नुपर्ने बताउनुभयो । साथै ऋण प्रधान गर्न पूर्व सदस्यलाई परामर्श दिनु, सदस्यको छऋ को आधारमा ऋणी सदस्यको विश्लेषण गर्ने गरी मात्र ऋण प्रदान गरिनुपर्ने र ऋण प्रदान गरे पश्चात ऋणको सदुपयोगिताको जाँच गर्नुपर्ने बताउनुभयो । उहाँले ऋण लगानीको प्रकृया, ऋण लगानीका क्षेत्र, योग्यता, ऋण विश्लेषन, धितो मुल्याङ्कन, ऋण असुली प्रकृया तथा जोखिम व्यवस्थापन सम्बन्धी जानकारी दिनुभएको थियो ।
तालिमको समापन कार्यक्रममा संस्थाका वित्त तथा प्रशासन अधिकृत चन्द्र प्रसाद दुमरु , कार्यक्रम तथा प्रवर्दन अधिकृत बिमल लवजु तथा तालिमका प्रशिक्षार्थी पशुपति मान थकुले पनि बोल्नुभएको थियो ।

१५ जेठ, भक्तपुर ।

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा दुई दिने साकोस व्यवस्थापन तालिम सिद्धि गणेश तालिम, खँचामा शुभारम्भ भयो ।

तलिममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले संस्थाको पृष्ठभुमिबारे प्रस्तुति दिनुहुँदै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. संस्थाको अगुवाईमा स्थापना भएको स्मरण गर्नुभयो । साथै नीति र नियममा बचत तथा ऋण सहकारी संस्थाले कृषि कार्य गर्न नहुने उल्लेख गरिएको हुनाले कृषि कार्य गर्न सिद्धि कृषि सहकारी संस्थाको स्थापना समेत संस्थाको अगुवाईमा भएको बताउनुभयो ।
उहाँले सिकाई एक निरन्तर प्रकृया रहेको बताउँदै संस्थाले नियमित अध्ययन अवलोकन भ्रमणहरु गर्दै आएको बताउनुभयो । समुदायामा आधारित भई समुदायको बिच कार्य गर्दै आएको बतमउँदै अध्यक्ष लाखाले सहकारी स्थापना भएको दुई वर्षमा नै नमुना सहकारी घोषणा गरिएकोले सहकारीलाई अगाडी बढाउने हौसला मिलेको बताउनुभयो ।

तालिमको दोस्रो सेसनमा संस्थाका सञ्चालक सदस्य राजन लाखाजुले आजको परिवर्तीत वातावरणमा साकोसको नेतृत्वको क्षमता परिवर्तन हुनु अनिवार्य छ भन्ने विषयमा प्रस्तुति दिनुहुदै सहकारी संस्थाका सञ्चालक सदस्यमा हुनुपर्ने महत्वपूर्ण सीप र ज्ञान तथा परिवर्तनशील नेतृत्वका क्षमताबारे प्रकाश पार्नुभयो । उहाँले संस्था व्यक्तिले नभई नीतिले सञ्चालन गर्नुपर्नेमा जोड दिनुहुँदै संस्थामा नीति भन्दा व्यक्ति हावी हुँदा संस्था समस्यामा पर्ने बताउनुभयो ।
तालिमको तेस्रो सेसनमा संस्थाका व्यवस्थापक शिला गोसाईले मानिस स्वस्थ्य भए नभएको पहिचान गर्न विभिन्न चिकित्सा परिक्षण गर्नु पर्छ भने झैं संस्था स्वस्थ्य भए नभएको पहिचान गर्ने व्यवस्थापकिय औजारको रुपमा PEARLS प्रणाली रहेको बताउँदै PEARLS अनुगमन प्रणालीका सुचांकहरुबारे जानकारी गर्नुभयो ।