अग्रजहरुबाट समाजमा जनताको लागि केही गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित भक्तपुर नगरपालिका साविक वडा नं. ६ र ७ चोर्चा टोलका ३१ जना जागरुक युवकहरुले आफ्ना स-साना वित्तीय आवश्यकता परिपूर्ति गर्ने उद्देश्यका साथ २०५१ पुस २९ गतेका दिन स्थानीय श्री सिद्धि शारदा प्रा.वि.मा संस्थापकहरु मध्येका रामकृष्ण लाखाको अध्यक्षतामा प्रारम्भिक भेला बसेर सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को स्थापना गर्ने निर्णय गरेका थिए। पुस्तकालय सञ्चालन, खेलकुद कार्यक्रमको आयोजना, स्थानीय टोलमा सरसफाइदेखि विभिन्न सामाजिक कार्यहरुमा सक्रिय यी युवकहरुका साझा समस्या थियो, वित्तीय समस्या। स-साना वित्तीय खाँचोका कारण परिवारको स्वास्थ्य उपचार, पढाइ, पेशा, व्यवसाय, सामाजिक संस्कार लगायतका कार्य गर्न कठिन थियो। घरमा बुबा बाजेहरु स्थानीय साहुहरुसँग सापटी लिएर गजों तार्नुहुन्थ्यो, चकों व्याज र थुप्रो भेटी एवम् सेवा सुसार चढाएर। विभिन्न भेटघाट र छलफलको समयमा वित्तीय रुपमा पनि एकले अर्कालाई सहयोग गर्ने माध्यमको खोजी भयो। तत्कालीन जि.वि.स. भक्तपुरमा जागिर खाने संस्थापकहरुमध्येका कृष्णगोविन्द लाखाजले कैलाशभक्त प्रधानाह सरबाट बचत तथा ऋण सहकारी संस्थाबारे सुनेका कुराहरु छलफलमा राखेपछि अन्ततः यो उपयुक्त विकल्प हुन सक्ने निष्कर्षमा पुगेका ती युवकहरुको त्यो प्रारम्भिक भेलाले राजेन्द्र दुमरुको अध्यक्षतामा ७ सदस्यीय तदर्थ समिति गठन गरी सिद्धि गणेश साकोसको श्री गणेश गरे।
प्रवेश शुल्क रु. १०/- र नियमित बचत रु. १००- सङ्कलन गरी वित्तीय कारोवार थालेको यस संस्थाको त्यस बखतको कार्यालय भनेको एउटा कालो झोला थियो। समुदाय टोल) को पाटी र पेटीमा बसी सञ्चालकहरुले पालैपालो बचत सङ्कलन र ऋणको कारोवार गर्ने। स्थापना भएको सात महिनापछि मात्र स्थानीय सिद्धि गणेश पुस्तकालयमा बिहान २ घण्टा कार्यालय सञ्चालन गरिएको थियो। त्यसपछि सोही पुस्तकालय रहेको घरमा शुरुमा १ कोठा र पछि १ तल्लासम्म भाडामा लिएर कार्यालय सञ्चालन गरिएको थियो।
सामान्य पृष्ठभूमि भएका संस्थापकहरु भए पनि उनीहरुमा सचेतना, इमानदारी, पारदशी, समझदारी, एकता भाव लगायतका सहकारीका लागि आवश्यक गुणहरु भएकोले ब्रेक भेटघाटमा सकारात्मक छलफल हुन्थ्यो। त्यसैले त, दतां गर्ने तत्कालीन सहकारी कार्यालयबाट संस्था दतां गर्ने कुरामा दुरुत्साहन मिलेपनि र वि.सं. २०२६ सालतिर नवदुर्गा बहुमुखी सहकारी संस्थाका कृषक सदस्यहरुको रकम आफ्नो निजी व्यापारमा लगानी गरेर दुरुपयोग गरेको र संस्थाको उद्देश्य अनुसार कृषक सदस्यहरुका लागि रोपाइँको समयमा रासायनिक मल, बीउ आदि कृषि सामग्रीहरु ल्याउन नसकेकोले सञ्चालकहरुलाई मुखमा कालोमोसो दली नगरमा घुमाएको कथा अग्रजहरुले पटक पटक सुनाउँदा पनि आफ्नो अभियानमा अटल भएर लागे । तैपनि उनीहरुको मनमा संशय थियो र कम्तीमा ५ वर्ष भए पनि संस्था सञ्चालन गर्ने, सो अवधिमा बचतमा व्याज र शेयरमा लाभांश नगदी रुपमा नलिने र आफ्नो क्षमताले गर्न सक्ने काम रहेनछ भने संस्था बन्द गरी आ-आफ्नो पैसा खल्तीमा राख्ने घारणा बनाए। जुन संस्थाको पहिलो परिकल्पना थियो ।
सहकारीका बारेमा भएको उत्सुकता र जिज्ञासाका कारण समयमै संस्थालाई उपल्लो संघ नेफ्स्कुनमा आवद्ध गराइयो र विभिन्न व्यक्ति, संघ संस्थाबाट प्राप्त सहकारी शिक्षा र सूचना सदस्यहरुलाई जानकारी दिन समुदायमा खुला रुपमा सदस्य शिक्षा कार्यक्रम सञ्चालन गर्न थालियो । ती युवकहरुको उद्देश्य आफ्नो आवश्यकता परिपूर्ति गर्नुमात्र थिएन, असल कुरामा समुदायलाई सँगै अगाडि बढाउनु पनि थियो। समुदायले विश्वास गर्यो, सदस्यता वृद्धि पनि भयो र स्थानीय चोर्चा टोलका अधिकांश घरधुरी संस्थामा आवद्ध भए। संस्थाले समुदाय र समुदायले संस्थालाई सहयोग गर्ने वातावरण बन्यो ।
समुदायको सहयोगका कारणले नै यस संस्थाले साधारणसभामा सहभागी हरेक सदस्यलाई संस्था आफैले तयार गरी सम्हेबजी खुवाउन सफल भएको थियो। यो क्रम सोही साधारणसभा-२०६७, जुन सभामा ५ हजार ५ सयभन्दा बढी सदस्यको सहभागिता थियो र सम्हेबजी तयार गर्न छोयलाका लागि मात्र ८ वटा राँगा काटिएको थियो, त्यस सभासम्म चल्यो। हालको जस्तो कुनै पार्टी प्यालेसमा होइन सामान्यतयाः महेश्वरी खेल मैदानमा साधारणसभाको आयोजना गरिन्थ्यो। साधारणसभाका लागि मात्र कैयौ तयारी उपसमितिहरुको गठन हुन्थ्यो। ती उपसमितिहरुमा टोलका युवा विद्यार्थी देखि प्रौढ र बुढापाका तथा महिलाहरको सहभागिता हुन्थ्यो। विशेषगरीमञ्च तथा सदस्यको बसाँइका लागि पाल राख्न तथा सम्हेवजी तयारीमा बढी स्वयम्सेवी व्यस्त हुन्थे। प्रै समुदाय सभाकोतयारीका लागि व्यस्त हुन्थ्यो। साधारणसभाको दिन टोल नै शुन्य हुन्थ्यो, मानौ सबैजना ठूलै मेला भर्न गएका हुन् ।
समुदायबाट मान्यता पाएपछि संस्थालाई संस्थागत स्वरुप दिन मेहनत गरियो। यसको लागि आफ्नो क्षमताले भ्याए अनुसार शिक्षा र सुवना हासिल गर्नतिर लागियो। प्राप्त शिक्षा सदस्य समुदायमा फिनाइयो पनि। सहकारी शिक्षा शिविरमार्फत हजारौलाई शिक्षा प्रदान गरियो। संस्थाका सदस्यहरुलाई अनिवार्य गरिएको उक्त कार्यक्रममा सहभागी कैयौ सदस्यहर कति सहकारी संस्थाहरुको नेतृत्वमा पुगेका छन्।
संस्थाले २०५२ सालतिर उपल्लो संघ नेफ्स्कुनमा आवद्धता जनाएको थियो। सदस्य र समुदायमा आधारित बचत तथा ऋण सहकारी अभियानको विकासमा योगदान पुन्याउन संघको प्राविधिक सहयोग महत्त्वपूर्ण भयो। विशेषतः एसियाली ऋण महासंघ (ACCU)को प्राविधिक सहयोगमा नेफ्स्कुनले आयोजना गरेको Institutional Development of Credit Unions in Asia (ACCU) कार्यक्रममा बसेर संस्थागत विकास गर्न सकेको यस संस्थाले गैह समुदायमा आधारित अचत तथा ऋण सहकारी संस्थाहरुको उपस्थिति कम गर्न २०५६/१२/१३ गते जिल्लाका १६ वटा संस्थाहरुसँग अन्तरफियाको आयोजना मात्र गरेन त्यस अन्तरक्रियाबाट गठित जिल्ला उकर संपको सम्भाव्यता अध्ययन कार्यदल, जिल्ला बचत संघ गठन तयारी तथा तदयं समिति र २०६२ सालमा संघ दर्ता गरी कार्यकाल संघको नेतृत्व संस्थाको तर्फबाट तत्कालीन अध्यक्ष राजेन्द्र मरले गरे। यस संस्था र जिल्ला बचत संघको उपस्थितिका कारण भक्तपुर जिल्लाको सहकारी अभियान मात्र भयांवित भएको छैन, समुदायमा आधारित ३ तहको सहकारीको सांगठनिक संरचनाको वकालतका कारण राष्ट्रिय छवि समेत निर्माण भएको छ । २०६६ सालमा ACCESS ब्राण्डमा सहभागी भई गरेका संस्थागत प्रगति, २०६९ सालमा ज्ञापड प्राप्त गरेपछि यो संस्था नेपालका १० समुदायमा आधारित उत्कृष्ट संस्थामध्ये एक हुन सफल पनि भयो ।
संस्थागत आकार र विकासले मात्र होइन, संस्थाले अवलम्बन गरेका असल अभ्यासका कारणले पनि सिद्धि गणेशको नाम चर्चामा आउँछ। स्थानीय, राष्ट्रिय र अन्तर ष्ट्रियस्तरका सयौं सहकारी संस्थाहरुले संस्थाको अध्ययन अवलोकन भ्रमण गरेका छन् । पूर्व सदस्यता शिक्षा शिविर, सदस्य भएर छ महिनापछि मात्र ऋण सुविधा पाउने, सञ्चालक उम्मेदवारी दिन साकोस व्यवस्थापन तालिम प्राप्त गरेको हुनुपर्ने, प्रतिनिधिमूलक साधारणसभा तथा क्षेत्रगत साधारणसभाको अभ्यास, संरक्षित पूँजी फिर्ता कोष रकम वितरण आदि संस्थाका केही मौलिक अभ्यासहरु हुन्। यी असल अभ्यासहरुका कारण जिल्लाको नमुना सहकारी संस्थादेखि नेपालको उत्कृष्ट साकोस र आक्सेस ब्राण्ड प्राप्त संस्थाको सम्मान संस्थाले प्राप्त गरेको छ।
वित्तीय सेवा मात्र होइन गैह वित्तीय सेवाका आधारमा पनि यस संस्थाको मुल्याइन गरेको छ, समुदायले । विभिन्न अवसरमा हुने स्वास्थ्य शिविर, सफाइ कार्यक्रम, सहयोग राहत मात्र होइन स्वास्थ्य क्लिनिक तथा तालिम हल सञ्चालनबाट समुदायले लाभ प्राप्त गरेको छ। सामाजिक सेवाअन्तर्गत लागत मूल्यमा सरकारी अनुदान प्राप्त रासायनिक मल विक्री वितरणबाट जिल्लाका कृषकहरुले प्राप्त गरेको लाभवारे समय समयमा चर्चा हुन्छ । कालाबजारीहरुले कृत्रिम अभाव सृजना गरेर कमसल रासायनिक मल बिक्री वितरण गरिरहेको त्यस बखतमा संस्थाले सरकारबाट आयातित मल सस्तो र सुलभ रुपमा (पुरिया प्रतिबोरा बजारमा रु. १९५००-मा बिक्री गरेको ठाउँमा संस्थाले लागत मूल्य प्रतिबोरा र ७३८० मा बिक्री गरेको। विक्री वितरणा गरेको थियो। बचत र ऋण एकल उद्देश्यीय संस्था भएकोले कृषि जन्य उद्देश्यका लागि सिद्धि कृषि सहकारी संस्थाको गठन र सञ्चालनमा यस संस्थाको पहल प्रशंसायोग्य मानिन्छ।
सबल र सुरक्षित संस्थाको रुपमा स्थापित यस संस्थाले सदस्यहरुलाई गुपास्तरीय सेवाहरु प्रदान गर्न सर्वोत्कृष्ट वित्तीय समाधानका लागि सिद्धि गणेश परिकल्पना अथवा गन्तब्य तप गरेको छ। आ.व. २०७१ ८० सम्ममा ३१५०० सदस्य आवड गराएर ४ अर्व कुल सम्पत्ति निर्माया गर्ने लक्ष्य राखेको छ। सदस्यको वित्तीय समाधानको लागि संस्था १ नम्बरको वित्तीय संस्था हुनेमा विश्वास गर्न सकिन्छ। स्थानीयदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म संस्थाले बनाएको छविलाई अभी चम्किलो बनाइने छ। संस्थाप्रति समुदाय र सदस्यको विश्वास अभी बलियो हुनेछ र संस्था सहकारी अभियानको एउटा मार्च स्तम्भकै स्यमा कायम रहिरहने विश्वास सम्पूर्ण सदस्य र शुभेच्छुक्क्षरले गरेका छन् । थप जानकारीका लागि सल्की पृष्ठ ६२ मा संक्षिप्त परिचय हेर्नुहोला ।