आ.व. २०८२/०८३ को अर्ध वार्षिक प्रगति समिक्षा बैठक तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न । माघ २४, २०८२
२४ माघ, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालक समितिको आयोजनामा आ.व. २०८२/०८३ को अर्ध–वार्षिक प्रगति समिक्षा बैठक तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम कमलविनायक–१०, भक्तपुरमा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले सम्पत्ति शुद्धीकरण निवारण र संस्थाको लक्ष्य र वर्तमान प्राप्ति बीचको अन्तर केलाएर लक्ष्य प्राप्तिका लागि कार्य योजना बनाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले संस्थामा ऋण लगानी कम भएको अवस्थामा समयानुसार संस्थाको ऋण नीति परिमार्जन गर्दै साना किस्ताबन्दी ऋणहरुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष लाखाले संस्थाको विनियमको पालना गरी अघि बढ्नुपर्ने भन्नुहुँदै लेखा सुपरिवेक्षण समितिले संस्थाको विनियमको पालना गरी आन्तरकि लेखा परिक्षण र आवश्यक सुझाव प्रदान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णु राम दुमरुले देशको वर्तमान आर्थिक परिस्थितिमा संस्थाले स्थिरतालाई प्राथमिकता दिई अघि बढ्नुपर्ने बताउँदै समिक्षा बैठकमा संस्थाका चुनौटीहरुको विस्तृत छलफल हुनुपर्ने आवश्यकता औल्याउँनुभयो । उहाँले सदस्यहरु पहिचान गर्न सत प्रतिशत सदस्यहरुलाई अनिवार्य रुपमा सदस्य पहिचान (KYM) फारम अद्यावधिक गराउन कर्मचारीहरुले पहल गर्नुपर्ने बताउनुभयो ।
उहाँले हालै सहकारी संस्थामा आएको अनुगमनको क्रममा र नेफ्स्कूनको स्थलगत निरिक्षणको क्रममा दिएका सुझावहरुलाई कार्यन्वयन गरी अघि बढ्न जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका सचिव विष्णु प्रसाद दुमरुले संस्थको प्रगति विवरण प्रस्तुत गर्नुहुँदै संस्थाको समिति तथा उपसमितिको आयोजनामा सम्पन्न विभिन्न कार्यक्रमहरुको जानकारी दिनुभयो । उहाँले संस्थामा समयानुसार विभिन्न नीतिहरु परिमार्जन हुँदै आएको बताउँदै २०८२ माघ ७ गतेको सञ्चालक समितिको निर्णयानुसार हाललाई संस्थाबाट ५० लाख सम्मको किस्ताबन्दी ऋण सुविधा प्रदान गरिने जानकारी दिनुभयो । उहाँले संस्था राष्ट्रिय सहकारी नियमन प्रधिकरणमा दर्ता हुने प्रकृया सम्पन्न भएको बताउँदै सेवा सदुपयोगलाई मध्यनजर गरी संस्थाबाट उपलब्ध एस.सि.टी.(SCT-ATM)सेवालाई बन्द गरिएको जानकारी दिनुभयो ।
संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक राम प्रसाद लाखाजुले संस्थाको लक्ष्य र कार्य सम्पादनको तुलना गरी लक्ष्य प्रप्तीका लागि समिक्षा बैठक आवश्यक रहेको भन्नुहुँदै संस्थाको त्रैमासिक प्रगति समिक्षमा छलफल गरिएका विषयहरु सम्बन्धी निर्णय र कार्यन्वयन भए नभएको विवरण समेत बैठकमा समावेश गरिनुपर्नेमा बताउनुभयो । उहाँले सञ्चालक समितिमा रहेका हरेक सदस्यहरुलाई विभिन्न संघ संस्थाले आयोजना गरेका तालिम र गोष्ठीहरुमा संस्थाको प्रतिनिधित्व गर्न पाउने समान अवसरहरु प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखिकारण कार्यक्रम सहजिकरण गर्नुभएका सहकारी विभागका शाखा अधिकृत तिलक राम पोखरेलले गैर कानूनी तवरले आय गरेको सम्पत्तिलाई कानूनी रुपमा बैध बनाउने प्रकृया नै सम्पत्ति शुद्धीकरण गर्नु हो भन्नुभयो । उहाँले अबैध सम्पत्ति शुद्धीकरण गर्न सो सम्पत्तिलाई विभिन्न क्षेत्रमा छरिएर राखिने भएकोले आर्थिक कारोवार गर्ने जुनै पनि क्षेत्रमा सम्पत्ति शुद्धीकरणको जोखिम हुने उल्लेख गर्नुभयो । साथै मौद्रिक कारोवार मात्र नभई डिजिटल आर्थिक कारोेवारमा समेत सो जोखिम हुने भएकोले संस्थाको डिजिटल कारोवारहरुमा पनि सुक्ष्म निगरानी राख्नुपर्ने आवश्यकता औल्याउँनुभयो ।
उहाँले सम्पत्ति शुद्धीकरणले समाजमा अस्थिरता र अशान्ति श्रृजना गर्ने हुँदा सोको निवारणको लागि नीति र कार्यविधिहरु बनाई कडा कार्यन्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले न्इब्ःी सफ्टवेरबारे जानकारी दिनुहुँदै सो सफ्टवेरबार माध्यमबाट नेपाल राष्ट्रि बैकको वित्तीय एकाइमा सिमा कारोवार र शंकास्पद कारोवारको जानकारी गराए सम्पत्ति शुद्धीकरण निवारण गर्न टेवा पुग्ने बताउनुभयोे ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले संस्था आगामी दिनहरुमा मात्रा भन्दा गुण्स्तर कायम गर्ने नीतिका साथ अद्धि बढ्ने बताउँदै संस्थाको वित्तीय विवरण सम्बन्धी प्रस्तुति प्रस्तुत गर्नुभयो । उहाँले संस्थाको तरलता व्यवस्था गर्न र उचित लगानी गर्न माघ १६ गतेदेखि लागु हुने गरी बचत सेवाहरुमा व्याजदर घटाइएको जानकारी दिनुभयो । उहाँले संस्थामा ऋण लगानी कम भई रहेको अवस्थामा भाखा नाघेका ऋणीहरुलाई निरन्तर ताकेता र उद्यमशिल क्षेत्रमा सुरक्षित ऋण लगानीलाई जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको मिति २०८२ जेठ ९ गते जारी गरिएको मापदण्डको परिच्छेद ६ अनुसार ठूला कारोबार गर्ने सहकारी संस्थाले कुल जोखिम भारित सम्पत्तिको न्यूनतम ८ प्रतिशत पुँजी कोष (प्राथमिक पँुजी र पूरक पुँजीको जोड) अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्नुहुँदै संस्थामा न्यूनतम पुँजीकोष कायम नभए सम्म लाभाशं घोषणा तथा वितरण गर्न नपाईन जानकारी दिनुभयो ।
बैठकमा उपस्थित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र विभागिय कर्मचारीहरुले संस्थाको सबल र सुधार गर्नुपर्ने विषयहरुको छलफलमा सहभागी भई आवश्यक सुझावहरु प्रदान गरेको थियो ।