सहकारीमा युवाको भुमिका सम्बन्धी अन्तरक्रिया तथा राय सुझाव संकलन कार्यक्रम । २७ मंसिर, २०८२
भक्तपुर, २७ मंसिर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को युवा उपसमितिको आयोजना तथा नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभाका सदस्य सुरेन्द्र राज गोसाईको प्रमुख आतिथ्यमा सहकारीमा युवाको भुमिका सम्बन्धी अन्तरक्रिया तथा राय सुझाव संकलन कार्यक्रम सिद्धि गणेश तालिम हल, खचाँमा सम्पन्न भयो ।
कार्यक्रमका प्रमूख अतिथि नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य सुरेन्द्र राज गोसाईले भारतको केरेला स्थित सहकारीहरुको उद्धारण दिनुहुँदै न्यून आय भएका जनताहरुलाई सानो उद्दम सुरु गर्न आवश्यक सिप प्रदान गरी उनीहरु माझ आर्थिक अवसरहरु श्रृजना गर्नु सहकारी संस्थाहरुको मूल उदेश्य हुनुपर्ने बताउनुभयो । उहाँले धरैको बचत संकलन गरी घर जग्गा खरिद जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्नु नै देशका सहकारी संस्था समस्यामा पर्नुको मुख्य कारण रहेको उल्लेख गर्नुभयो ।
उहाँले सहकारी संस्था राष्ट्रको एक (अरगानिक इकोनोमि) जैविक अर्थव्यवस्था रहेको भन्नुहुँदै हाल सहकारी क्षेत्रमा भई रहेको दमनका कारणले देशको अरु अर्थव्यवस्था समेत प्रवाभित हुने बताउँनुभयो । गोसाईले सहकारी संस्था नाफामुखि भन्दा योगदान केन्द्रति हुनुपर्नेमा जोडदिनु हुँदै सामाजिक भावना र समाज विकास गर्ने उदेश्यका साथ सहकारी क्षेत्र विकास गर्न सिद्धि गणेश साकोसले नेतृत्व वहन गरी अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।
उहाँले युवा उमेरले नभई शैक्षिक, बौद्धिक, विवेक र संस्कृतिक स्टरले निरधारण हुने बताउँदै युवाले अनुभव र पूँजीको कमिमा सामुहिक पहलमा स्वस्थ प्रतिस्पर्धा गरी उद्यम विकास गर्नुपर्ने आवश्यकता औल्याउँनुभयो । उहाँले आफुमा रहेको कमि कमजोरी पहिचान गरी निरन्तर ती कमजोरी सुधार गर्न निरन्तर सिप र प्राविधिक ज्ञान हासिल गर्न उपस्थित युवाहरुलाई सचेत गर्नुभयो । उहाँले अहिलेका युवाहरुमा व्यवहारिक ज्ञानको कमि रहेको उल्लेख गर्नुहुँदै व्यवहारिक ज्ञान हासिल गर्न युवाहरु सामाज र समुदायमा आबद्ध भई सामाजिक भावनाको विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले गलतलाई गलत भन्नु , गलत कार्यको विरोध गर्नु र जनताको सेवा गर्नु राजनीति हो भन्नुहुँदै राजनीतिक भाव, विचार र एकता नहुनु नै देश विकास नहुनुको मुख्य कारण रहेको उल्लेख गर्नुभयो । उहाँले गत भाद्र २३ र २४ गते भएको भौतिक र मानविक क्षति हुनुमा युवामा राजनीतिक ज्ञान र सामाजिक भावनाको कमि रहेको उल्लेख गर्दै युवालाई सामाजिक भावना र राजनीतिक चेतना प्रदान गर्न सहकारी संस्थाहरुले निरन्तर युवा भेलाहरु आयोजना गदै जानुपर्ने आवश्यकता औल्याउँनुभायो ।
कार्यक्रममा संस्थका अध्यक्ष रुद्र नारायण लाखाले संस्थाका युवाहरुको आर्थिक सामाजिक विकासका निम्ति संस्थाबाट गर्न सक्ने कार्यको पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना भएको उल्लेख गर्दै युवामा भएको शैक्षिक र प्राविधिक ज्ञानको उपयोेग गरी सहकारी क्षेत्रमा सक्रिय सहभागिता जनाए सहकारी क्षेत्र थप विकास हुने विचार व्यक्त गर्नुभयो । उहाँले युवाहरु संस्थाको आर्थिक स्थितिबारे जानकार रहनुपर्ने आवश्यकता औल्याउँदै युवाहरु माझ आर्थिक अवसर श्रृजना गर्न संस्थाबाट नियमित सिपमूलक र क्षमता अभिबृद्धि कार्यक्रमहरु सञ्चालन हुँदै आएको बताउनुभयो ।
कार्यक्रमका सभापति उपसमितिका संयोजक एवं संस्थाका उपाध्यक्ष विष्णु राम दुमरुले युवाहरु सहकारी क्षेत्रमा कम आकर्शित भएको प्रति चिन्ता व्यक्त गर्नुहुँदै युवाहरुलाई सहकारी सम्बन्धी ज्ञान र चेतना प्रदान गर्न कार्यक्रम आयोजना भएको बताउनुभयो । उहाँले केहि सहकारी संस्थामा भएको अपचलन र विकृतीका कारणले सम्पूर्ण सहकारी क्षेत्र नै बदनाम भएको भन्नुहुँदै खराब सहकारी संस्थाको नियमन गर्न जारी भएको निर्देशनहरुले समुदायमा आधारित राम्रा सहकारी संस्थाहरु समेत समस्यामा परेको उल्लेख गर्नुभयो । उहाँले संस्थाबाट विगतमा निरन्तर सञ्चालन भएको सिलाई तालिमको उपयोग गरी धेरै सदस्यहरुले सिलाई व्यवसाय सञ्चालन गर्दै आएको जानकारी गराउँदै आजका युवामा पनि उद्यम विकास गर्न आवश्यक सुझावहरु संकलन गर्न युवाहरुबिच छलफलको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले पत्रु खानपानले स्वास्थ समस्या निम्त्याउने बताउँदै स्वास्थकर खानाको सेवन गर्न प्रोत्साहन गर्न संस्थाबाट एकहप्ते पाक शिक्षा तालिमको आयोजना यहि पुस १३ देखि १९ गते सम्म सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले संस्थाको ३२औं स्थापना दिवसको अवसरमा बौद्धिक विकासका निम्ति हाजिरीजवाफ प्रतियोगिता र मानसिक रोगबारे जानकारी दिन मानसिक रोग सम्बन्धी परामर्श सञ्चालन हुने जानकारी दिनुभयो । साथै संस्थको विभिन्न उपसमितिहरुबाट हुने कार्यक्रमहरुबारे जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई र कार्यक्रम तथा प्रर्वद्धन अधिकृत बिमल लवजुले पनि बोल्नुभएको थियो ।