संस्थाको ३२औं स्थापाना दिवस समारोह । पुस २९, २०८२
पुस २९, भक्तपुर ।
यस सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को ३२औं स्थापना दिवस समारोह सञ्चालक समितिको आयोजना तथा नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिज्यूको प्रमुख आतिथ्यमा सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेमकिपाका केन्द्रिय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पूँजीवादी व्यवस्थामा हरेक १० वर्षको एक पटक आर्थिक संकट आउने बताउँदै हाल देशमा आई रहेका आर्थिक समस्याहरु पूँजीवादी व्यवस्थाको कारणले भएको बताउनुभयो । उहाँले पुरस्कारका लागि नभई सेवाका निम्ति कार्य गर्नुपर्ने भन्नुहुँदै व्यक्तिगत स्वार्थ भन्दा सामाजिक विकासको भावनामा जोड दिनुपर्ने बताउनुभयो । साथै सरकारी निकायबाट दिइएको सम्मान भन्दा पनि जनताले दिइएको सम्मान ठुलो हुने कुरामा जोड दिनुभई सम्मान गर्ने विषय र छात्रवृत्ति उपलब्ध गराई दिइने शिक्षाको विषयमा पनि गहन अध्ययन गरिनुपर्ने भन्नुभयो ।
उहाँले सहकारी संस्था सिद्धान्तको पालना गरी इमानदारीताका साथ पारदर्शी भई न्यून आय भएका वर्गको विकास गर्ने उद्देश्यका साथ अघि बढ्नुपर्ने बताउँदै संस्थामा जम्मा भएको रकम उत्पादनशिल क्षेत्रमा लगानी गरी चलायमान राख्नुपर्ने आवश्यकता औल्याउँनुभयो । नगर प्रमुख सुुवालले सहकारीको पदमा जाने सञ्चालकहरुले इमानदारी पूर्वक सेवा गर्ने भावनाले अघि बढ्नुपर्ने बताउँदै नेतृत्व राम्रो भए मात्र संस्था राम्रो हुने बताउनुभयो ।
उहाँले त्रिभुवन शिक्षण अस्पातालले स्वास्थ्य बिमा सुविधा बन्द गर्ने घोषण गरेको जानकारी दिनुहँदै सरकारबाट उपलब्ध स्वास्थ्य बिमा सेवा बन्द गर्दा ठुलो समस्या आउन सक्ने सम्भावना रहेको बताउनुभयो तर भक्तपुर नगरपालिकामा सरकारले सेवा बन्द गरेपनि स्थानिय जनता तथा सहकारीहरुबाट उठाएको सामुदायिक विकास कोषको रकमले सो सेवालाई निरन्तरता दिन सकिने उल्लेख गर्नुभयो । उहाँले आफु आत्मनिर्भर भए आफ्नो पैसाले आफ्नो ठाउँ आफै विकास गर्न सकिने भन्नुहुँदै राजनीतिक रुपामा सबै सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
उहाँले राजनीतिमा सिद्धान्त र विचारको पालना गरी इमानदार बने मात्र देश विकास हुने भन्नुहुँदै सहकारीमा पनि सहकारी सिद्धान्त पालना गरी इमानदारिता पूर्वक कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले आलोचनाहरुलाई आत्मसाथ गरी कमजारीहरु सुधार गर्दै जानुपर्नेमा जोड दिनुभयो । साथै राजनीतिक सचेतना हुन आवश्यक रहेको विषयमा जोड दिई हाल विश्वमा भएको घटनाको बारेमा चर्चा गर्दै शक्ति सम्मपन देशले आफ्नो नीति स्वार्थका लागि गलत लान्छना लगाई स्वतन्त्र देशमा गरेको हस्तक्षेपबारेमा जानकारी गराउनुभयो ।
कार्यक्रमका अतिथि भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सिद्धि गणेश साकोस समुदायमा आधारित भई समुदायको विकासका निम्ति कार्य गर्दै आएको स्मरण गर्नुभयो । उहाँले आफ्नो लक्ष्य पुर्तीको क्रममा विभिन्न समस्याहरु आई रहने तर ती समस्याहरुको सामना गरी अघि बढे अवश्य पनि लक्ष्य पुरा हुने बताउनुभयो । उहाँले भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी सम्बन्धी अध्ययन गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुहुँदै सहकारी विद्यालयको स्थापना गरी विश्वविद्यालययहरुमा सहकारीता सम्बन्धी अध्ययन गर्ने ठाउँको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिको अर्थ सिद्धान्त र विचारलाई कार्यान्वयन गर्नु हो भन्नुहुँदै राजनीति भ्रष्टचार र भोट लिने स्थान मात्र नरहेको बताउनुभयो ।
उहाँले संस्थाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमहरुले सदस्यहरुलाई सचेत गर्ने बताउँदै ती कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने भन्नुभयो ।
कार्यक्रमका अतिथि भक्तपुर नगरपालिका नगर सहकारी संयोजक हरि प्रसाद बासुकलाले विगतमा राम्रा कार्यहरु गरेको कारण सिद्धि गणेश साकोसको चर्चा जिल्लाभर हुने गरेको स्मरण गर्नुहुँदै सिद्धि गणेश साकोसलाई निरन्तर नयाँ र राम्रा कार्य गर्दै जान सुझाव दिनुभयो । उहाँले सहकारी संस्थाहरु आर्थिक कारोवारमा मात्र सिमित नरहि उत्पादन क्षेत्रमा पनि सक्रिय क्रियाकलाप गर्दै जानुपर्ने आवश्यकता औल्याउँनुभयो । साथै सहकारी संस्थाले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन जोड दिनुभयो ।
उहाँले सहकारी संस्थामा रहेको सामुदायिक विकास कोषको उपयोग कम मात्र सहकारी संस्थाले गरेको कारणले भक्तपुर नगरपालिकाले कोष उपयोग गरी समुदायको विकास गर्न कोषको ५०% संकलन गर्ने गरेको बताउनुभयो । उहाँले भक्तपुर नगर सहकारी समितिले अनुगमनलाई विषेश प्राथमिकता दिई समस्यामा परेको सहकारी संस्थाहरुलाई सल्लाह सुझाव दिँदै आएको बताउनुभयो । उहाँले संघिय, प्रदेश र स्थानिय निकाय मात्र सहकारी संस्थाको नियमन निकाय नभई विषयगत संघ पनि एक नियमन निकाय रहेको बताउँदै जिल्ला संघले समस्यामा परेको सहकारी संस्थाको सदस्यता खारेज गर्ने भन्दा पनि ती सहकारी संस्थाको निरिक्षण गरी उपयुक्त सुझाव दिन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका अतिथि भक्तपुर बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष हरि बल्लले लक्ष्य लिई लक्ष्यको प्राप्तीको लागि रणनीति र कार्यविधि बनाई कार्य गरे नगरेकोे स्थिति अनुगमन गर्दा सिद्धि गणेश साकोस नीति नियम पालना गरी सञ्चालन भएको एक प्रारम्भिक सहकारी रहेको उल्लेख गर्नुभयो । उहाँले हाल सहकारी क्षेत्रमा देखा परेको समस्याको बाबजुत पनि भक्तपुर जिल्लामा सञ्चानल भएका सहकारी संस्थाहरुमा समस्या नआएको बताउनुभयो । उहाँले संघबाट सहकारी संस्थाहरुको अनुगमन र प्रवद्र्धनका साथै सल्लाह सुझाव प्रदान गर्दै आएको बताउँनुभयो ।
उहाँले संघमा सिद्धि.गणेश साकोसको प्रतिनिधित्व स्थापना कालमा संस्थापक अध्यक्ष लगायत धेरै पटक संचालक समितिको पदाधिकारी पदमा प्रतिनिधित्व रहेको जानकारी दिनुभयो । उहाँले सहकारी अभियान र सरकारी नियमन निकाय एक आपसमा समन्वय गरी अघि बढे मात्र सहकारी क्षेत्र विकास हुने बताउँदै बचत तथा ऋण सहकारी संस्थाको मूल कार्य भनेको बचत र ऋण कारोवार गर्नु हो भन्नुभयो । साथै सहकारी अभियानले बचत तथा ऋणको मात्र कारोबारमा सीमित नरही समाज प्रति उत्तरदायित्व बहन गर्न विभिन्न क्रियाकलाप जस्तै रक्तदान, सरसफाई, सीपमूलक तथा आयमूलक तालिम, स्वास्थ्य शिविरहरु सञ्चालनमा पनि संलग्न रहेको विवरण जानकारी गराउनुभयो ।
कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले सामाजिक विकासमा योगदान गर्ने उद्देश्यका साथ स्थापित यस संस्था पारदर्शी भई सहकारी मुल्य मान्यता र सिद्धान्तको पालना गरी सञ्चालन हुँदै आएको बताउनुभयो । उहाँले अतिथिहरुको सुझाव स्विकार्दै असल सहकारी अभ्यास गर्दै आएको कारण ३२ वर्ष पुग्दा सम्म पनि संस्थामा कुनै समस्या नआएको र निरन्तर सञ्चालनमा रहेको उल्लेख गर्नुभयो ।
उहाँले सिप प्रदान गरी सदस्यको आर्थिक विकास गर्न संस्थाबाट नियमित सिपमूलक तालिमहरुको आयोजना हुदै आएको बताउँदै सदस्यहरुलाई सहकारी सम्बन्धी ज्ञान प्रदान गर्न विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भएको जानकारी दिनुभयो ।
उहाँले संस्थाको ३२औं स्थापना दिवसको अवसरमा सदस्यहरुलाई मानसिक स्वास्थ्य सम्बन्धी सचेत गर्न मानसिक रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम, प्रविधि सम्बन्धी ज्ञान दिन ए.आई सम्बन्धी अभिमुखिकरण, सहकारी शिक्षा प्रदान गर्न हाजिरी जवाफ प्रतियोगिता , स्वास्थकर खाना बनाउन सिकाउने उद्देश्यका साथ गुडपाक, पुस्तकारी र सुत्केरी मसला बनाउने तालिम र पिठोको परिकार सम्बन्धी पाक शिक्षा तालिम, बौद्धिक विकसका लगि बुद्धिचाल प्रतियोगिता, आर्थिक अवसर श्रृजना गर्न पुतली बनाउने तालिम , खर्च कटौटीको लागि सर्फ बनाउने तालिम र सदस्यको स्वस्थ्यको लागि मुटुरोग सम्बन्धी स्वास्थ्य शिविर तथा निःशुल्क थाइरोइड परिक्षण कार्यक्रम आयोजान गरिएको जानकारी दिनुभयो साथै कृषक सदस्यहरुको निम्ति मौसमी बाली सम्बन्धी अभिमुखिकरण पनि गरिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णु राम दुमरुले हाल जारी निर्देशनहरुले सहकारी संस्थाहरुलाई एक वित्तीय संस्थाको रुपमा व्याख्या गरेको उल्लेख गर्नुहुँदै सहकारी संस्थाले आर्थिक कारोवार मात्र गर्दा बंैक र सहकारी बिच कुनै भिन्नता नरहने बताउनुभयो । साथै उहाँले सो विषयको विरोधमा सहकारी संस्थाका छाता संगठनहरुले आवाज उठाउन आवश्यक रहेको बताउनुभयो । उपाध्यक्ष दुमरुले संस्थाका सदस्यहरुले सदस्य पहिचान फारम(प्थ्ः) अद्यावधिक गर्नुपर्ने आवश्यकता औल्याउँदै सदस्यहरुले अद्यावधिक गरेको सदस्य पहिचान फारममा उल्लेख गरेको आय रकम वास्तवीक हुनुपर्ने, यदि नभएको खण्डमा उल्लेख गरेको आय रकम भन्दा बढि भएको रकम अबैध हुने भन्नुभयो । साथै संस्थामा सहकारी विभागबाट गरिएको नियमनका क्रममा संस्थाको असल अभ्यासहरु बारे अवलोकन गराई भक्तपुर नगरपालिकाद्धारा सामुदायिक विकास कोषको रकम ख्वप अस्पतालमा प्रयोग भएका बारेमा स्पष्ट पार्नुभयो । उहाँले सहकारी संस्था आर्थिक कारोवारमा मात्र सिमित नभई सदस्य र समुदाय केन्द्रीत भई अघि बढाउनुपर्ने आवश्यकता औल्याउँनुभयो ।
कार्यक्रममा संस्थाका कोषध्यक्ष जयराम गोर्खालीले मंसिर मसान्त सम्ममा संस्थामा शेयर पूँजी २५ करोड ७१ लाख २१ हजार, कूल बतच २ अर्ब ७२ करोड ८९ लाख ९२ हजार , जगेडा काषे २७ करोड ५८ लाख ८५ हजार , कूल ऋण लगानी १ अर्ब ८८ करोड ५९ लाख ८५ हजार र कूल सम्पत्ति ३ अर्ब ३८ करोड ९६ लाख, ५२ हजार रहेको जानकारी दिनुभयो । उहाँले संस्थाबाट सदस्यहरुको सुझाव अनुसार विभिन्न तालिमहरुको आयोजान गर्दै आएको र ती तालिम मार्फत सदस्यहरुको आर्थिक स्तर उकास्ने टेवा पु¥याएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं सञ्चालक सदस्य हरिरत्न गोर्खालीले सहकारी संस्थाको उद्देश्य न्यून आय भएका सदस्यहरुको आर्थिक विकास गर्ने हुनुपर्नेमा हाल सहकारी संस्थाहरुले बैंकले जस्तै आर्थिक कारेवार मात्र गर्दै आएको बताउनुभयो । उहाँले संस्थाका अतिथिहरुले समय समयमा सहकारी संस्था इमानदारिताका साथ सामुदायिक विकासका लागि सञ्चालन गर्न सचेत गर्दै आएकै कारणले संस्था सफल भएको उल्लेख गर्नुभयो ।
उहाँले सदस्यहरुलाई प्रदान गरिएको ऋण सदुपयोगिता जाँच गर्नुपर्ने आवश्यकता औल्याउँदै सहि ठाउँमा मात्र ऋण लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले संस्थाका सदस्यहरु आफुले पाउने लाभांश र व्याजदर प्रतिमात्र आर्कषित रहि संस्थाबारे चिन्तित नदेखिएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष एवं सञ्चालक सदस्य राजन लाखाजुले न्यून आय भएका सदस्यहरुको आर्थिक सामाजिक विकास गर्ने उद्देश्यका साथ संस्थाको स्थापना भएको बताउँदै संस्थामा पाल्नुभएका प्रमुख अतिथिहरु तथा अग्रजहरुको सुझाव तथा निर्देशनहरुको परिपालन गर्दै संस्था सञ्चालनमा पारदर्शीता र लगनशीलताले कार्य गर्दै आएकोले संस्था सफल भएको उल्लेख गर्नुभयो । उहँले संस्थाको नीति नियम, प्रतिनिधिमुलक साधारण सभा र संस्था एकीकरण गरेका राम्रा अभ्यासहरुले माथिल्लो निकायहरुलाई सहकारी सम्बन्धी नीति नियम निर्माण गर्न टेवा पु¥याएको बताउनुभयो । उहाँले संस्थाका संस्थापक, सञ्चालक, कर्मचारी एवं सदस्यहरु परिवर्तन हुँदै आएका सहकारी ऐन र नियमहरुबारे सजक र जानकार हुनुपर्नेमा जोड दिनुहुँदै सो सम्बन्धी जानकार भए भविष्यमा सहकारी सञ्चालनमा समस्या नआउने बताउनुभयो ।
संस्थाका सचिव विष्णु प्रसाद दुमरुले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले पनि बोल्नुभएको थियो ।