पछिमा बाजा तालिमको समापन कार्यक्रम सम्पन्न । मंसिर ६, २०८२

पछिमा बाजा तालिमको समापन कार्यक्रम सम्पन्न । मंसिर ६, २०८२

भक्तपुर, ६ मंसिर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को युवा उपसमितिको आयोजना तथा उपाध्यक्ष एवं संयोजक विष्णु राम दुमरुको सभातित्वमा ६ महिने पछिमा बाजा तालिमको समापन कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले संस्था आर्थिक कारोवारमा मात्र सिमित नरही कला सँस्कृति एवं परम्परागत बाजा संरक्षण गर्ने उद्देश्यका साथ पछिमा बाजा,मादल बाँसुरी जस्ता परमपरागत बाजाहरुको तालिमहरु सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले बढ्दो उमेर संगै समय व्यवस्थापन गर्न कठिन हुने भएकोले युवा उवस्थामै विभिन्न तालिमहरुमा सहभागि हुनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले तालिमबाट सिकेका सिपको निरन्तर अभ्यास गरी प्रशिक्षण समेत दिन योग्य बन्नुपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष लाखाले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र एवं तालिममा बाँसुरी बजाई सहयोग गर्नुहुने पासा पुचका सदस्यहरुलाई कदर–पत्र वितरण गर्नु भएको थियो ।
कार्यक्रमका सभापति संस्थाका उपाध्यक्ष एवं उपसमिति संयोजक विष्णुराम दुमरुले संस्थाका विभिन्न कार्यक्रममा पाल्नुभएका प्रमुख अतिथिज्यूहरुको सुभाव अनुसार संस्थाले आर्थिक कारोवारमा मात्र सिमित नरहि सामजिक क्षेत्रमा पनि कार्य गर्दै आएको हुनाले संस्था स्थापना गरेको केहि वर्ष मै उत्कृष्ट सहकारी घोेषणा भएको उल्लेख गर्नुभयो ।

उहाँले संस्थाको पृष्ठभुमिबारे जानकारी दिनुहुँदै सहकारी संस्थाका सञ्चालकहरुले आर्थिक कारोवारमा सक्रिय दखल दिएको अवस्थामा संस्थामा आर्थिक अपचलन हुने सम्भावना बढि हुने बताउनुभयो । उपाध्यक्ष दुमरुले तालिमका प्रशिक्षकहरु शंख बहादुर दुमरु र रत्न भक्त दुुमरुलाई कदर पत्र–पदान गर्नुभएको थियो ।

कार्यक्रममा उपसमितिका सचिव जसतारा कोजु, व्यवस्थापक शिला गोसाई र प्रशिक्षार्थी कविन दुवालले पनि बोल्नुभएको थियो ।