जडिबुटीको सहि उपयोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न । फागुन २

२ फागुन, भक्तपुर । यस सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. कोे लघुवित्त तथा बचत समुह परिचालन उपसमितिको आयोजनामा जडिबुटीको सहि उपयोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचा सम्पन्न भयो ।
कर्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले यस संस्था बचत तथा ऋण सहकारी संस्था भएता पनि निरन्तर समाजिक क्रियाकलापमा संल्गन रहेको उल्लेख गर्नुहुँदै ३१ जनाबाट सुरु भएको संस्था हाल सदस्यहरुको विश्वासले २१ हजारको शेयर सदस्य, बाल बचतकर्ता र ज्येष्ठ सदस्यहरुको परिवार बनेको बताउनुभयो । उहाँले शरिरको आवश्यकता अनुसार सहि मात्रामा खाना सेवन गरे शरिर स्वस्थ हुने भन्नुहँदै हाल मानिसहरुमा परिश्रम र व्यायमको कमीको कारण विभिन्न रोगहरु निम्ती रहेको बताउनुभयो ।
कार्यक्रमका सहजकार्ता डा. सरिता श्रेष्ठले विगतमा नेपालबाट निर्यत हुने बस्तुहरु उत्पादनका कमीले र आफू संग भएको श्रोतको पहिचान गर्न नसेको कारणले आज अति आवश्यक वस्तुहरु समेत विदेशबाट आयत गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले हाम्रा परम्परागत खानेकुराहरुले आर्युवेदको कार्य गर्ने जानकारी दिनुहँदै नियमित व्यायम गरी आफ्नो शरिरको आफै ख्याल राख्नुपर्ने सुझाव दिनुभयो । उहाँले हामी माझ रहेको परमपरागत खानेकुरा र संस्कृतिलाई बौधिक सम्पतिको रुपमा लई ती सम्पतिहरुलाई व्यवसायिक स्वरुप दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले विदेशी परम्परा र संस्कृतिको अतिक्रमणले नेपालको मौलिक परम्परा र संस्कृति हरउँदै गएको प्रति चन्ता व्यक्त गर्नुहुँदै हाम्रो राम्रा जीवनशैली वैदेशिक जीवनशैलीमा परिवर्तन हुँनाले विभिन्न मानसिक रोगहरु बढ्दै गएको हो भन्नुभयो ।
उहाँले सन्तुलित आहारले मानिसलाई स्वस्थ्य बनाई राख्छ भन्नुहुँदै नेवार समुदायमा समायानुकुल खाना खान विभिन्न चाड आई रहने जसले नेवार समुदायमा सन्तुलित आहारको उपयोग भई रहने बताउनुभयो ।
कार्यक्रमका सहजकर्ता पूर्णभक्त दुवालले आदिबासी र जनजातीहरुको मात्र परम्परागत खाने कुरा हुने बताउँदै खानपान र आर्युवेदले मनोवैज्ञानी उपचार हुने भन्नुभयो । उहाँले परम्परागत स्वास्थ्य सेवाको ज्ञान र सीपको अध्ययन र अनुसन्धान नभएको कारण परम्परागत आर्युवेदिक स्वास्थ्य सेवाको अवस्था नाजुक रहेको बताउनुभयो ।
उहाँले जनमानसमा आर्युवेदिक औषधीको म्याद नसकिने र जती औषधी पुरानो भयो उती बढि काम गर्ने विचार रहेको जनु एकदमै गलत रहेको बताउँदै म्याद नागेका आर्युवेदिक औषधीको कारणले स्वास्थ्यमा अनुकूल असर गर्ने जानकारी दिनुभयो ।
कार्यक्रमका सभापति एवं संस्थाका सञ्चालक सदस्य रत्नश्वरी चवालले संस्थाबाट सदस्यहरुलाई सुसूचित गर्न विभिन्न सन्देशमूलक कार्यक्रमहरुको आयोजना गर्नुका साथै सदस्यहरुलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तथा रोजगारीमूलक कार्यक्रम गदै आएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका चन्द्र प्रसाद दुमरुले कार्यक्रमा उपस्थित सम्पूर्णलाई स्वागत गर्नुहुँदै खानपानमा सन्तुलन मिलाए शरिर स्वस्थ हुन्छ त्यसरीनै संस्थामा वित्तीय अनुसानसमा रहि बचत र ऋणमा सन्तुलन बनाए संस्था स्वस्थ रहने बताउनुभयो । कार्यक्रममा उपसमितिका सचिव केशव बोहजुले पनि बोल्नुभएको थियो ।