एकहप्ते पिठोको परिकार सम्बन्धी पाक शिक्षा तालिम सम्पन्न । पुस १९, २०८२
पुस १९, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को ३२औं स्थापना दिवसको अवसरमा लघुवित्त तथा बचत समूह परिचाल उपसमितिको आयोजनामा एकहप्ते पिठोको परिकार सम्बन्धी पाक शिक्षा तालिम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यत्रममा संस्थाकाअध्यक्ष रुद्र नारायण लाखाले संस्था आर्थिक कारोवारमा मात्र सिमित नरहि युवाहरुलाई सिप विकासका तालिमहरु पनि निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले संस्थाबाट लिएको ऋणको साँवा व्याज समयमै भुक्तनि भए कुनै ऋण सुरक्षण व्यवस्था गर्न नपर्ने जसको कारणले सदस्यहरुले पाउने लाभांशको प्रतिशतमा बृद्धि हुने उल्लेख गर्नुभयो । अध्यक्ष लाखाले संस्थाको ३२औं स्थापना दिवसको अवसरमा विभिन्न उपसमितिबाट आयोजित कार्यक्रमहरुको जानकारी दिनुहुँदै सिपमूलक तालिमले सदस्यहरुमाझ आर्थिक अवसरहरु श्रृजना हुने बताउनुभयो ।
कार्यक्रमका सभापति संस्थाका सञ्चालक सदस्य एवं उपसमिति संयोजक रत्नश्वरी चवालले पाक शिक्षा तालिमको माध्यमले हाम्रो घरमै उपलब्ध सामाग्रीहरुले कसरी स्वस्थकर खाना बनाउने सकिने सिप सिकाउने उल्लेख गर्नुहुँदै तालिममा कम समयको बाबजुत पनि धेरै परिकारहरु बनाउन सिकेको बताउनुभयो । उहाँले सदस्यहरुको सुझाव अनुसार विभिन्न कार्यक्रमहरु आयोजान गर्दै आएको बताउँदै संस्थाको सूचना मजदुर दैनिक एवं संस्थाको फेसबुक पेजबाट लिन सकिने जानकारी दिनुभयो ।
कार्यक्रममा तालिमका प्रशिक्षक सुनिल सुवालले तालिमबाट घरमै स्वस्थकर खाना कसरी बनाउने ज्ञान प्रदान गर्ने बताउँदै तालिम सहभागीहरुको लागि एक अवसर रहेको जसको प्रयोगले आफ्नै व्यवसाय सञ्चालन गर्न गरी आर्थिक विकास गर्न सकिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई, उपसमिति सचिव केशव बोहजु एवं प्रशिक्षार्थी सुमन थिकेले पनि बोल्नुभएको थियो ।