एकदिने हार्पिक, फिनाइल र पिताम्बरी बनाउने तालिम तौडोल सामुदायक भवन, सिपाडोलमा सम्पन्न | माघ १७, २०८२

एकदिने हार्पिक, फिनाइल र पिताम्बरी बनाउने तालिम तौडोल सामुदायक भवन, सिपाडोलमा सम्पन्न | माघ १७, २०८२

माघ १७, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को लघुवित्त तथा बचत समूह परिचालन उपसमितिको आयोजनामा एकदिने हार्पिक, फिनाइल र पिताम्बरी बनाउने तालिम तौडोल सामुदायक भवन, सिपाडोलमा सम्पन्न भयो ।
तालिमको समापन कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले ३१ जना चोर्चा टोलका युवाहरुको अगुवाईमा स्थापना भएको यस संस्थाले गत पुस २९ गते ३२औं वर्ष पुरा गरेको जानकारी दिनुभयो । उहाँले संस्था नीति नियम पालना गरी आर्थिक लाभको लागि मात्र नभई समुदाय र सदस्यहरुको विकासका निम्ति निरन्तर कार्य गर्दै आएको बताउनुभयो । साथै संस्थाको सामुदायक विकास कोषको रकम स्थानिय तह संग समन्वय गरी समुदायको मात्र नभई देश भरका जनताको हितको लागि प्रयोग गर्दै आएको उल्लेख गर्नुभयो ।
उहाँले संस्था २०६८ साल देखि नै भक्तपुर जिल्लालाई कार्यक्षेत्र बनाई कार्य गर्दै आएको बताउँदै भक्तपुर नगरपालिका बाहिरका सदस्यहरुको समुदायमै गएर तालिम प्रदान गरेको यो पहिलो तालिम रहेको जानकारी दिनुभयो । उहाँले “सर्वोत्कृष्ट वित्तीय समाधानका लागि सिद्धि गणेश” ध्येयका साथ सदस्यहरुको सम्पूर्ण वित्तीय समस्यहरुको समाधान गर्न संस्था निरन्तर लागी रहेको उल्लेख गर्नुहुँदै विभिन्न सिपमूलक तालिमहरु प्रदान गरी सदस्यहरु माझ आर्थिक अवसरहरु श्रृजना गर्दै आएको बताउनुभयो । अध्यक्ष लाखाले तालिमबाट सिकेका सिपको सदुपयोग गरी सदस्यहरुलाई उद्यमी बन्न प्रोत्साहन गर्नुहुँदै संस्थाबाट विभिन्न ऋण शिर्षकमा उत्पादनशिल क्षेत्रमा लगानी हुँदै अएको जानकारी दिनुभयो । उहाँले तालिमका सिप प्रमाण पत्रमा मात्र सिमित नराखि व्यवहारीक प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सदस्यहरु संस्थाको साधारण सभामा उपस्थित हुनुपर्ने आवश्यकता औल्याउँदै ऋण सुरक्षण कोषको व्यवस्थाले संस्थाको कूल नाफमा असर गर्ने हुँदा समयमै ऋणको साँवा व्याज भुक्तानी गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति संस्थाका सञ्चालक सदस्य एवं उपसमितिका संयोजक रत्नश्वरी चवालले संस्थाको लघुवित्त बचत समूहहरु डोलेश्वर महिला बचत समूह र पञ्चकन्य महिला बचत समूहका सदस्यहरुको सुझाव अनुसार तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले सिपको निरन्तर अभ्यासले मात्र भविष्यमा सफलता प्राप्त हुने भन्नु हुँदै तालिममा सिकेका सिपको प्रयोग गरी वस्तु उत्पादन गरे पश्चात मात्र तालिम सार्थक बन्ने बताउनुभयो । उहाँले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई सामुहिक पहलमा बस्तु उत्पादन गरी व्यवसाय गर्न प्रोत्साहन गर्नुहुँदै व्यवसाय गर्न नसके घरायसी प्रयोगको लागि भए पनि सिप सदुपयोग गर्न जोड दिनुभयो ।
उहाँले परिवारका महिला शिक्षित भए परिवारका सबै सदस्य शिक्षित हुने उल्लेख गर्नुहुँदै महिलाहरु आत्मनिर्भर बन्न आयमूलक कार्यमा सक्रिय हुनुपर्ने आवश्यकता औल्याउँनुभयो । साथै सदस्यहरुले आफुले बचत गरेको सहकारी संस्थाले आफ्नो बचत सदुपयोग गरे नगरेकोबारे आफु पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा तालिमका प्रशिक्षक नारायण भक्त भेलेले हार्पिक, फिनाईल र पिताम्बरी जस्ता बस्तु अति आवश्यक वस्तुहरुको रुपमा लिन सकिने बताउँदै ती वस्तुहरुको बजारमा व्यवसायिक अवसरहरु धेरै रहेको उल्लेख गर्नुभयो । उहाँले यी बस्तुहरु न्यून पूँजीमा पनि उत्पादन गर्न सकिने हुनाले नाफको प्रतिशत पनि धेरै रहने र गुणस्तरिय उत्पादन गर्दा बजारमा उपलब्ध आयातित बस्तुहरु संग प्रतिस्पर्दा गर्न सकिने बताउनुभयो । उहाँले तालिमको सिप सदुपयोग गरी हार्पिक, फिनाइल र पिताम्बरीको व्यवसाय गर्दा योजना बनाई आफ्नो उद्देश्य निर्धारण गरे अवश्य पनि व्यवसाय सफल बन्ने बताउनुभयो ।
कार्यक्रममा संस्थका वित्त तथा प्रशासन अधिकृत चन्द्र प्रसाद दुमरुले पुस मसान्त सम्ममा संस्थाको शेयर पूँजी २५ करोड ६४ लाख १८ हजार, जगेडा कोष २७ करोड ५८ लाख ९० हजार, अन्य कोषहरु १ करोड ७ लाख २६ हजार, कुल बचत २ अर्ब ७४ करोड ५२ लाख ९ हजार , कूल ऋण लगानी १ अर्ब ८९ करोड ७८ लाख ९९ हजार, तरल लगानी १ अर्ब ७ करोड, तरलता ५२ करोड १३ लाख ९० हजार र कूल सम्पत्ती ३ अर्ब ४१ करोड १४ लाख २४ हजार रहेको जानकारी दिनुभयो । उहाँले नियमन निकायहरुको निर्देशन अनुसार संस्थाको नियमित बचत कूल बचतको २५% कायम गर्नुपर्ने जानकारी दिनुहुँदै नियमित बचतको आवश्यकताबारे प्रकाश पार्नुभयो । साथै पहिचान फारम (प्थ्ः) को महत्व बारे चर्चा गर्नुहुँदै उहाँले उपस्थित सदस्यहरुलाई सो फारम अद्यावधिक गरीदिनु हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्थका कार्यक्रम तथा प्रवद्र्धन अधिकृत बिमल लवजु , डोलेश्वर महिला बचत समूहका सदस्य राधिका संजेल र पञ्चकन्य महिला बचत समूहका सदस्य चण्डीका थापाले पनि बोल्नुभएको थियो ।