अनिवार्य शिक्षा शिविर सिद्धि गणेश तालिम हल, खचाँमा सम्पन्न । २१ चैत्र, २०८२
२१ चैत्र, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा अनिवार्य शिक्षा शिविर सिद्धि गणेश तालिम हल, खचाँमा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले एकआपसमा मिली कुनै कार्य गर्नु नै सहकारी हो भन्नुहुँदै देशमा धैरै पहिले देखि गुठी, धर्म भकारी, पर्मको रुपमा सहकारीको सुरुवात भएकोे उल्लेख गर्नुभयो । साधारण सभा संस्थाको नीति नियम निर्माण गर्ने थलो हो र सो सभामा सहभागी बन्ने हरेक शेयर सदस्यहरु अधिकार हो, उहाँले भन्नुभयो । उहाँले सहकारी संस्थाका सदस्यहरुको अधिकार र दायित्वबारे चर्चा गर्नुहुँदै अनुत्पादक क्षेत्रमा ऋण लगानी गर्नु सहकारी संस्था समस्यामा पर्नुको मुख्य कारण रहेको बताउनुभयो । उहाँले संस्थाका हरेक सदस्यहरुलाई सहकारीताबारे सचेत गर्दै जानुपर्ने आवश्यकता औल्याउँदै उचित मूल्यमा गणस्तरीय वित्तीय सेवा प्रदान गरी सदस्यहरुको आर्थिक तथा सामाजिक विकास गर्ने संस्थाको ध्यये रहेको उल्लेख गर्नुभयो । साथै संस्थाबाट न्यून व्याजदरमा ऋण लगानी तथा विभिन्न सिपमूलक तालिमहरु प्रदान गरी सदस्यहरुको निम्ति आर्थिक अवसरहरु श्रृजना गर्दै आएको उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णु प्रसाद दुमरुले सदस्यहरुको बचत दुरुपयोग गरी संस्थाको भौतिक सम्पत्ति निर्माण र सञ्चालक एवं कर्मचारीहरुले विभिन्न सेवा सुविधा उपभोग गर्दा संस्था समस्यामा पर्ने उल्लेख गर्नुहुँदै सहकारी संस्था नीति नियम पालना गरी पारदर्शी बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले विगतमा साहुमहाजन संग लिएको ऋणको साँवा व्याज एकमुष्ट तिर्नुपर्दा न्यून आय भएका किसानलाई समस्या परेको हुनाले स्थापनाकाल देखि नै संस्थाले किस्ताबन्दी ऋण प्रदान गरी सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउँदै आएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई तथा शिक्षा उपसमितिका सदस्य रामहरि ताम्राकारले पनि बोल्नुभएको थियो ।