अनिवार्य शिक्षा शिविर सम्पन्न । असार १७, २०८२

अनिवार्य शिक्षा शिविर सम्पन्न । असार १७, २०८२

१७ जेठ, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा संस्थाका नव आगन्तुक सदस्यहरुलाई संस्था एवं सहकारीता सम्बन्धी शिक्षा दिने उद्देश्यले अनिवार्य शिक्षा शिविर सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले समुदायका समान विचार र आय भएका व्यक्तिहरुबचीको सहकार्य नै सहकारी हो भन्नुहुँदै संस्थाको स्थापनाकालमा सहकारी सम्बन्धी ज्ञान प्रप्त गर्न विभिन्न तालिमहरुमा समावेश भई नीति नियमको पालना गरी सहकारी सञ्चालन गर्नाले सिद्धि गणेश साकोस विगत ३१ वर्ष देखि विना कुनै समस्या निरन्तर समुदाय र सदस्यको हितका लागि कार्य गर्न सफल भएको बताउनुभयो ।
उहाँले सदस्यहरुलाई सहकारी सम्बन्धी चेतना र शिक्षा दिने उद्देश्यले संस्थाबाट शिक्षा शिविर, ऋण अन्तरक्रिया, बचत अन्तरक्रिया लगायत विभिन्न ज्ञानम्ूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिनुहुँदै सहकारी संस्थालाई एक विद्यालयको रुपमा लिन सकिने विचार व्यक्त गर्नुभयो ।
अध्यक्ष लाखाले आफ्नो बचत सुरक्षित गर्न सहकारी संस्थामा सदस्य बन्नु पूर्व संस्था र संस्थाका सञ्चालकहरुबरे जानकार भएर मात्र सदस्य बन्नुपर्नेमा जोडदिनु हुँदै नीति नियम पालना गरी समुदायमा आधारित सहकारी संस्थाहरुमा जोखिम कम हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष रुद्र नारायण लाखाले संस्थाको अवधारणगत पक्ष एवं सहकारीता सम्बन्धी प्रस्तुती दिनुभएको थियो ।
कार्यक्रमका सभापति संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णु प्रसाद दुमरुले सिद्धि गणेश साकोस आफ्ना सदस्यहरु संग आत्मीय सम्बन्ध कायम गर्दै सदस्य एवं समुदायको आर्थिक विकसका लागि निरन्तर कार्यरत रहेको बताउनुभयो ।
उहाँले नीति नियमको पालना गरी समुदायमा आधारित भई संस्था सञ्चालन गर्दा संस्था सञ्चालनको सुरुवाती वर्षहरुमा नै विभिन्न पदकहरुबाट सम्मानित भएको स्मरण गर्नुहुँदै संस्थामा वित्तीय गुणस्तर कायम गर्दा अन्तराष्ट्रिय गुणस्तर मापदण्डको ऐक्सेस ब्रान्दको कास्य पदक समेत प्रप्त गर्न सफल भएको बताउनुभयो । उहाँले सदस्यबाट आवश्यक सम्पूर्ण जानकारी र कागजातहरु लिई मात्र संस्थाको ऋण सुविधा प्रदान गरिने हुँदा संस्था गुणस्तरीय र सुरक्षित बन्न सफल भएको बताउनुभयो ।
उहाँले समस्यामा परेका सहकारी संस्थाले विभिन्न प्रलोभन देखाई सदस्यहरुको बचत अपचलन गर्ने हुँदा ती सहकारी संस्थाबाट सदस्यहरुलाई बच्न सचेत गर्नुभयो । सचिव दुमरुले कार्यक्रममा संस्थाको पृष्ठभुमीबारे सदस्यहरुलाई जानकारी दिनुभएको थियो ।
कार्यक्रमा संस्थाका व्यवस्थापक शिला गोसाईले संस्थामा उपलब्ध सेवा सुविधाहरुबारे चर्चा गर्नुहुँदै सिद्धि गणेश साकोस एक बचत तथा ऋण सहकारी संस्था रहेको जसको मुख्य उद्देश्य संस्थाका सदस्यहरुलाई बचत सेवा तथा ऋण सुविधा प्रदान गर्नु हो भन्नुभयो । उहाँले सदस्यहरुलाई ऋणी, साक्षी र जमानीबारे जानकारी दिनुहुँदै सुरक्षित ऋण लगानीले संस्था आर्थिक रुपमा सफल र सक्षम रहेको बताउनुभयो ।
उहाँले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको बचत तथा ऋणको मूख्य कारोबार गर्ने सहकारी संस्थाको संचालन सम्बन्धी नियामकीय मापदण्डका विषयहरुबारे सदस्यहरुलाई जानकारी दिनुभयो । व्यवस्थापक गोसाईले सम्पत्ति शुद्धिकरण निवारणका लागि सहकारी विभागको वृतचित्र निमार्ण कार्यक्रम अन्तरगत सम्पत्ति शुद्धिकरण निवारणका असल अभ्यास गर्ने सहकारी संस्थाहरु मध्ये सिद्धि गणेश साकोस छनोट भई सहकारी विभाग र संस्थाबीच जेठ ८ गते बिहीबार सो विषयमा छलफल भेटघाट सम्पन्न भएको जानकारी दिनुभयो ।
कार्यक्रममा उपसमितिका सचिव किरण बनमाल र सदस्य रामहरी तम्राकरले पनि बोल्नुभएको थियो ।