रक्त परिक्षण शिविर सम्पन्न । श्रावण ५,२०८१

भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को स्वास्थ्य उपसमितिको आयोजनामा सदस्यहरुको स्वास्थ्यलाई मध्यनजर गरी रक्त परिक्षण शिविर सिद्धि गणेश तालिम हल खँचामा सम्पन्न भयो ।
शिविरको औपचारिक कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले सर्वोत्कृष्ट वित्तीय समाधानका लागि सिद्धि गिणेश भन्ने लक्ष्यका साथ संस्था अघि बढि रहेको भन्नुहुँदै बचत तथा ऋण बाहेक इन्सुरेन्स, रेमिटेन्स, मोबाइल बैंकिङ र ए.टि.एम जस्ता अन्य वित्तीय सुविधाहरु पनि प्रदान गर्दै आएको बताउनुभयो । संस्थाका सदस्यहरु स्वस्थ रहे मात्रै संस्थाले प्रगती गर्ने र संस्थाको विकास हुने औल्याउँदै सदस्यहरुको स्वास्थ्य समस्या समाधान गर्न सहकारीताको सामाजिक उत्तरदायित्व सिद्धिान्त अन्तरगत रहि सिद्धि गणेश स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले पारदर्शिता, सुशासन र समुदायमा आधारित हुनु एक सफल र सबल सहकारी हुनुको पहिचान हो भन्नुहुँदै संस्था समुदाय माझ रहि समुदायको हितका लागि निरन्तर लागि रहेको हुँदा सदस्यहरुको विश्वास जित्न सफल भएको बताउनुभयो । साथै संस्था आर्थिक कारोबारमा मात्र सिमित नरहि सदस्यहरुको हित र विकासका लागि नियमित रुपमा स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, सिपमूलक तालिम तथा क्षमता अभिवृद्धि तालिमहरु पनि सञ्चालन गर्दै आएको बताउनुभयो ।
उहाँले बुढेसकालमा हुने स्वास्थ्य समस्याका लागि अहिले देखि नै बचत गर्नु पर्ने आवश्यकता दर्शाउदै संस्थामा रहको स्वास्थ्य बचतको उपयोग गर्न बताउनुभयो । साथै स्वास्थ्य बचत गर्ने बचतकताहरुलाई स्वास्थ्य सम्स्या पर्दा रु ३०,०००।– सम्मको तिन महिना निव्र्याज कार्जाको सुविधा रहेको जानकारी दिनुभयो ।
कार्यक्रमका अतिथि डा. रत्न सुन्दर लासिवाले पत्रु तथा अस्वस्थ खानपानका कारण हाल समाजमा सरुवा रोग भन्दा क्यान्सर, मधुमेह, मानसिक रोग जस्ता नसर्ने रोग धैरेमा देखा परेको प्रति चिन्ता व्यक्त गर्नुहुँदै सन्तुलित आहारको सेवन र दैनिक शाररिक व्यायाम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बिरामी भई सकेर भन्दा बिरामी हुनबाट बच्न नियमित स्वास्थ्य परिक्षण गराउनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रमका सभापति संस्थाका सञ्चालक सदस्य एवं स्वास्थ्य उपसमितिका संयोजक तुल्सीदास दुमरुले स्वास्थ्य नै मानिषको सबै भन्दा ठुलो धन हो भन्नुहुदै कम र सुलभ शुल्कमा गणस्तरिय स्वास्थ्य सुविधा सिद्धि गणेश स्वास्थ्य क्लिनिकमा उपलब्ध रहेको जानकारी दिनुभयो । उहाँले मानिषमा सामान्यतय नदेखिने रोगहरुको पहिचान गर्न नियमित स्वास्थ्य परिक्षण तथा समय समयमा रक्त परिक्षाण गरे भविष्यमा ठुलो स्वास्थ्य समस्या हुनबाट बच्न सकिने बताउनुभयो ।
उपसमितिका सचिव राजेश जाकिवन्जारले सञ्चालन गरेको उक्त कार्यक्रममा उपसमितिका सदस्य कृष्ण नारायण दुमरुले पनि बोेल्नुभएको थियो । शिविरमा ६३ जनाको आइएफटी, सुगर, युरिक एसिड आदि िसम्बन्धी परिक्षण गरिएको थियो ।