१४ असार, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को बचत उपसमितिको आयोजनामा बचत अवधारणा सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले अनावश्यक खर्च कम गरी नियमित बचत गर्ने अवधारणका साथ संस्था स्थापना भएको स्मरण गर्नुहुँदै सानो पुँजी बाट शुरु भएको यस संस्थाले हाल ३ अर्व १२ करोड १४ लाख २२ हजार कोे कुल सम्पति जुताउन सफल भएको जानकारी दिनुभयो । उहाँले सदस्यहरुको रकमको दुरुपयोग गरी संस्थाको सम्पति खडा गर्ने सहकारीहरु नै समस्या ग्रस्त भएको बताउनुभयो ।
अध्यक्ष लाखाले कम उमेर देखि नै वित्तीय रुपमा साक्षर भए आय व्ययको लेखा जोखा गर्न सक्षम हुने र अनावश्यक खर्च कम गरी जीवनमा आर्थिक तथा बौद्धिक रुपमा सफल बन्न सकिने भन्नुभयो । उहाँले यस संस्था सदस्य केन्द्रित भएर कार्य गर्ने भएका कारण निरन्तर रुपमा संस्थाबाट सिपमूलक, जानकारी मूलक तथा क्षमता अभिवृद्धि हुने कार्यक्रमहरु आयोजना गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका सचिव विष्णु प्रसाद दुमरुले आम्दनी बाट बचत छुटाए पछि मात्र खर्च गर्नु पर्ने औल्याउँदै नियमित बचत गर्ने बानीले भविष्यमा वित्तीय रुपमा सुरक्षित रहने बताउनुभयो ।
उहाँले सहकारी संस्थामा वित्तीय पारदर्शिता हुनुपर्ने महत्वको चर्चा गर्नुहुँदै खराब तथा समस्यामा परेका सहकारी संस्थाले आफ्नो वित्तीय अवस्था नखुलाउने हुँदा ती सहकारी संस्थाहरुबाट सदस्यहरु सर्तक रहनुपर्ने बताउनुभयो । उहाँले संस्थाबाट सदस्यहरुको आवश्यकतालाई मध्य नजर गर्दै विभिन्न शिर्षकमा ऋण सुविधा प्रवाह भई रहेको जानकारी गराउनुभयो । साथै अध्ययन अध्यापनका लागि विद्यार्थीहरुलाई आफ्नो शैक्षिक प्रमाणपत्रका आधारमा बिना धितो पनि ऋण सुविधा प्रदान गर्दै आएको खुलाउनुभयो ।
कार्यक्रमका सभापति उपसमिति संयोजक एवं संस्थाका सञ्चालक सदस्य कृष्ण गोविन्द लाखाजुले घरका बालबालिका तथा युवाहरुमा वित्तीय साक्षरता सम्बन्धी ज्ञान भए घरका सम्पूर्ण सदस्यहरुमा सो को ज्ञान हुने कारणले विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
उहाँले पैसा भनेको धन हो तर धन भनेको पैसा होइन भन्नुहुँदै विभिन्न प्रकारका धनको उदाहरणहरु दिनुभयो । उहाँले आफु संग भएको पैसा बचत गर्ने ठाँउको ज्ञान नभए आफ्नो पैसा फस्न सक्ने बताउदै सहकारी संस्था र बैंक बिचको भिन्नता बारे प्रकाश पार्नुभयो । उहाँले पैसाको उत्पादनमूलक क्षेत्रमा लगानी गर्नले जीवनमा लगातार आर्थिक लाभ हुने भन्नुहुँदै निर्जिव भएर पनि बच्चा जन्माउने चिज पैसा मात्रै हो भन्ने भाव प्रस्त पार्नुभयो । उहाँले वित्तीय रुपमा साक्षर भएर हरेक हप्ता परिवरका सदस्यहरु बिच घरको आय व्यय सम्बन्ध छलफल हुनुपर्ने र हरेक परिवार आर्थिक रुपमा सफल बन्न बजेट तयार गरी सोही अनुसार कारोवार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उपसमितिका सचिव चिरी मैँया लाखाजु र सदस्य सुन्दर मानन्धरले पनि बोल्नुभएको
थियो ।

भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि। को युवा उपसमितिको आयोजनामा पन्ध्रदिने पाक शिक्षा तालिम सिद्धि गणेश तालिम हल, खँचामा शुभारम्भ भयो ।
तलिमको शुभारम्भ कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले संस्थाले बचत सेवा तथा ऋण सुविधाका साथ साथै विभिन्न सिपमूलक तथा आयमूलक तालिमहरु निरन्तर रुपमा सञ्चालन गर्दै आएको बताउदै संस्थाबाट तालिम लिएर तालिम सम्बन्धि व्यवसाय सुरु गर्न प्रोत्साहन दिनुभयो । साथै तालिम प्राप्त सदस्यहरुको व्यवसायिक प्रगती र सफलता प्रतक्ष रुपमा देख्न पाउँँदा संस्था आफै सफल भएको अनुभुति हुने बताउनुभयो । अध्यक्ष लाखाले कुनै पनि तालिममा बस्दा सुशासति र अनुशासित नभए तालिममा बसेको औचित्य नरहने भन्नुहँुदै अनुशासन नै सफलताको मर्म रहेको बताउनुभयो ।
संस्था प्रति सदस्यहरुको पूर्ण विश्वासका कारण संस्था कुनै पनि समस्यामा नपरेको  धारणा व्यक्त गर्दै सामाजिक उत्थान र परिवर्तन  गर्ने उद्देश्यका साथ संस्था अघि बढि रहेको छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा तालिमका प्रशिक्षक सुनिल सुवालले कुनै पनि काम गर्दा सुरुवातमा संघर्ष नगरी सफलताको शिखर चुम्न नसक्ने कुरा औल्याउँनु भयो । साथै कर्म प्रति निष्ठावान भएर निरन्तर रुपमा लागि रहे बिस्तारै आफ्नो क्षमता र सिपमा निपुणता झल्किदै जाने र सफलता अफै पछ्याउँदै आउने बताउनुभयो । उहाँले नयाँ सिप र ज्ञानका लागि तालिम आवश्यक हुने बताउदै पाक शिक्षामा आधरभुत ज्ञान भए विभिन्न परिकारहरु सजिलै बनाउन सकिने भन्नुभयो ।
कार्यक्रमका सभापति युवा उपसमितिका संयोजक एवं संस्थाका उपाध्यक्ष विष्णु राम दुमरुलले सहकारी संस्थाका सदस्यहरु संस्थाको मालिक हुन भन्नुहुँदै सहकारी संस्थाहरु सदस्य प्रति जिम्मेवार भई उनीहरुको आर्थिक, सामाजिक  तथा बौद्धिक  बिकास गर्ने लक्ष्यका साथ अघि बढ्नु पर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक सञ्जालमा वैेदेशिक रोेजगारीका लागि गएका युवाहरुले दुःख भोग्नु परेको थुप्रै सूचना देख्दा देख्दै पनि हाल युवाहरुमा वैदेशिक रोजगारीको रुची बढि रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । उपाध्यक्ष दुमरुले आवश्यक तालिम लिइ अत्मनिर्भर बन्न सके  वैदेशिक रोजगारीमा जानु भन्दा स्व–देशमै व्यवसाय शुरु गरी सफल बन्न सकिने बताउनुभयो ।
कार्यक्रममा उपसमितिका सचिव जसतारा कोजु, संस्थाका व्यवस्थापक शिला गोसाई र कार्यक्रम तथा प्रर्वद्धन अधिकृत बिमल लवजुले पनि बोल्नु भएको थियो ।

४ असार, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को लघुवित्त तथा बचत समूह परिचालन उपसमितिको आयोजनामा पोषण सम्बन्धि अभिमुखिकरण कार्यक्रम डा. अरुणा उप्रेतीको सहजिकरणमा संस्थाको तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले हाल गलत खानपिनका कारणले गर्दा सदस्य लगायत सदस्यहरु परिवारहरुमा विभिन्न स्वास्थ्य समस्या देखा परिरहेको हुनाले यस किसिमका स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रमहरुको आवश्यकता रहेको बताउदै भविष्यमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिदै जाने बताउनुभयो । असारको व्यस्त समयमा पनि कार्यक्रममा बाक्लो उपस्थिती भएको हुनाले स्वास्थ्य प्रति सबैको चासो रहेको देखिएको अनुभूती जनाउनु भयो ।
लाखाले सदस्य स्वस्थ रहेमा सदस्यहरुको आर्थिक सक्षमता बृद्धि हुने कुरालाई पनि जोड दिनुभयो । उहाँले संस्था वित्तीय कारोबारमा मात्र सिमित नरहि सदस्यहरुको क्षमता अभिबृद्धि हुने तथा सिप बिकास हुने तालिम सञ्चालन गर्दै आएको जानकारी गराउदै तालिमबाट सिकेका सिप र ज्ञान उपयोग गर्दै जानुपर्ने र अरुलाई सिकाउदै जानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सहजकर्ता डा. अरुणा उप्रतीले विगतमा जेष्ठ नागरिकमा मात्र देखिने रोगहरु हाल पत्रु खानपिनका कारण युवाहरुमा पनि देखिनाले चिन्ता व्यक्त गर्नुहुँदै जीवनमा स्वस्थ रहन स्वास्थ्यकर खाना खाएर नियमित व्यायाम गर्न सुझाव दिनुभयो । बालबालिकाहरुले रुचाउने खानाहरु जस्तै चाउचाउ, केक, चिजबल, कुरकुरे लयागत अन्य पत्रु खानाको सेवनले गर्दा अन्य रोगहरु मात्र नभई मष्तिस्कमा समेत असर परि शरिरको अगंहरुको विकासमा पनि अनुकूल असर गर्ने बताउनु भयो ।
उहाँले खाना तयार गर्दा एउटै तेल बारम्बार प्रयोग गर्दा मुटु, फोक्सो तथा हड्डीमा असर हुनुका साथै क्यान्सरको पनि कारण बन्न सक्ने जानकारी दिनुहुँदै प्रशोधित खानामा पनि एउटै तेल निरन्तर प्रयोग हुने हुदा ती खानाहरु स्वास्थको लागि हानिकारक हुने बताउनुभयो । उहाँले स्वास्थमा समस्या आउनुको मुख्य कारण मोटापन पनि रहेको बताउनुहुँदै चिल्लो, धेरै गुलियो तथा चतपटे खानेकुरा संग टाढा रहन सल्लाह दिनुभयो ।
डा. उप्रेतीले स्वाङ नै मुर्खताको पराकास्त हो भन्नुहुँदै अरुको सिको गरेर अस्वस्थकर खाना खानु भन्दा घरमै बनेको खानेकुरा स्वास्थकर हुने भन्नुभयो । उहाँले आप्mनो संस्कृति बिर्सदै गएर विदेशी संस्कृति अंगाल्दै गए आप्mनो अस्तित्व मेतिदै जाने बताउदै विदेशीहरुको राम्रा संस्कृति मात्र सिको गर्न सचेत गर्नुभयो । नेवार समुदायमा विभिन्न चाडपर्वमा समयानुकुल खानपिन गर्ने परमपरा चल्दै आएको हुनाले नेवार समुदायका हरेक आमाहरु पोषणविद् हुन, उहाँले भन्नुभयो ।
कार्यक्रममा संस्थाका सञ्चालक सदस्य एवं उपसमितिका संयोजक रत्नश्वरी चवालले आप्mनो शरिरको ख्याल आफैले गर्नुपर्ने भन्नुहुँदै प्रशोधित खाना भन्दा घरमै बनेका खाना खान आग्रह गर्नुभयो । चवालले एक व्यक्ति बिरामी भएमा उसको पुरै परिवार लगायत साथी, आफन्तहरुकै आर्थिक तथा मानसिक तनाव हुने भएकोले स्वस्थ रही खुशी जीवनयापन गर्न खानपिन र व्यायामलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । उहाँले संस्थाका हरेक कार्यक्रमहरुमा सहभागीहरु समयमै उपस्थित भए कार्यक्रम अझबढि प्रभावकारी रुपमा सञ्चालन हुने भन्नुहुदै सम्पूर्ण सदस्यहरुलाई संस्थाका हरेक कार्यक्रममा सक्रिय सहभागी हुन अनुरोध गर्नुभयो ।
संस्थाको ९५ जना सदस्य लगायत सदस्यहरुको परिवारको सहभागि रहेको सो कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई र कार्यक्रम तथा प्रवद्र्धन अधिकृत विमल लवजुले पनि बोल्नुभएको थियो ।

एक दिने मिठाई बनाउने तालिम सम्पन्न
२८ वैशाख, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को महिला तथा बालबालिका उपसमितिको आयोजनामा सदस्यहरुको सिप तथा क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ एकदिने मिठाई बनाउने तालिम संस्थाको तालिम हल, खँचामा सम्पन्न भयो ।
तालिमको औपचारिक कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले संस्थाको पृष्ठभुमि बारे जानकारी दिनुहुँदै संस्थाका सम्पूर्ण सदस्यहरुको वित्तीय समस्या समाधान गर्ने संस्थाको उद्देश्य रहेको बताउनुभयो ।
एकका लागि सबै, सबैका लागि एक नाराका साथ अधि बढेको यस सिद्धि गणेश संस्थाले स्थापनाकाल देखि नै निरन्तर रुपमा सामाजिक क्रियाकलापहरु गर्दै सदस्यहरुको आर्थिक स्तर उकास्न विभिन्न सिपमुलक तालिमहरु दिदै आइरहेको बताउनुभयो ।
उहाँले तालिम लिएर उपयोग नगरेमा तालिम लिएको औचित्य नरहने बताउँदै आफुले सिकेको कुरा अरुलाई सिकाउन सक्षम भएमा तालिमको प्रभावकारिता बढ्ने भन्नभयो ।
कार्यक्रमा संस्थाका व्यवस्थापक शिला गोसाईले संस्थाको वित्तीय जानकारीका साथ साथै व्याजको प्रलोभनमा बचत नगर्न आग्रह गर्नुभयो । मिठाई तालिम लिए पश्चात सिकेको सिपबाट उद्यमी बन्नका लागि सानो पूँजीबाट शुरु गरेमा शुरुवातमा हुने असफलताबाट निराश हुनुपर्ने अवस्था सिर्जना नहुने बताउनु भयो । उहाँले निरन्तर अभ्यासबाट नै निपुण हुने कुरालाई जोड दिदै तालिम लिएको भोलि पल्ट नै निरन्तर अभ्यास गर्न प्रशिक्षार्थीहरुलाई अनुरोध गर्नुभयो । आजको प्रशिक्षार्थी भोलिको प्रशिक्षक भएमा संस्थाका अन्य सदस्यहरुलाई पनि प्रशिक्षण दिन सहयोग हुने बताउनु भयो ।
कार्यक्रमका सभापति एवं संस्थाका सञ्चालक सदस्य रञ्जना प्रजापतिले संस्थाका महिला सदस्य तथा बाल बचतकर्ताहरुको क्षमता अभिबृद्धि गर्न निरन्तर रुपमा सिपमुलक तथा क्षमता अभिबृद्धि तालिम दिदै आएको जानकारी गराउदै आगामी आ.व.मा के कस्ता तालिमहरुको आवश्यकता सम्बन्धि सुझाव दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा महिला तथा बालबालिका उपसमितिका सचिव नारांदेवी दुमरु, प्रशिक्षक मिना कुम्पाख र प्रशिक्षार्थी लक्ष्मी सोभा बासुकलाले पनि बोल्नुभएको थियो ।

२७ जेठ , भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को युवा उपसमिति तथा सेवकेन्द्र व्यवस्थापन उपसमिति, तेखापुखुको संयुक्त आयोजना तथा बागमती प्रदेश साँसद सुरेन्द्र राज गोसाईको प्रमुश आतित्थ्यतामा ४५ दिने मादल प्रशिक्षण तथा एकहप्ते मोटर साइकल मर्मत तालिमको समापन कार्यक्रम संस्थाको तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेश साँसद सुरेन्द्र राज गोसाईले मादल कुनै पनि उमेर समूहका व्यक्तिहरुले सजिलै बजाउन सकिने हुनाले हाम्रो कला र संस्कृतीको जर्गेना गर्न सिद्धि गणेश साकोसले आफ्नो हरेक सदस्यहरुलाई निरन्तर मादल तालिम दिदै जानुपर्नेमा जोड दिनुभयो । उहाँले संस्थाका सदस्यहरुलाई आफुले सिकेको सिप हस्तान्रण गर्दै जानुपर्ने बताउनुहुदै संस्थाबाट तालिम लिएका सदस्यहरुबाट नै प्रशिक्षकहरु पनि उत्पादन गर्नुपर्ने भन्नुभयो ।
उहाँले आफु कुनै कार्यक्रममा जाँदा आफ्नो मोटर साइकल बाटोमा पंचर भएर आफु समस्यामा परेको कुरा स्मरण गर्नुहुदै ज्ञान नहुँदा सानो तिनो कुराले पनि कठिनाइ हुने बताउनुभयो । उहाँले सदस्यलाई व्याज दिएर मात्र नभई खर्च कम गराउने खालका सिपमुलक तालिमले पनि सदस्यको सेवा हुने भन्नुभयो ।
साँसद गोसाईले हाल सबैमा कुनै न कुनै स्वास्थ्य समस्या आइरहेको औल्याउदै कितानुले भन्दा पनि खानपिनका कारण स्वास्थ्य समस्या निम्तिइएको भन्नुभयो साथै क्यान्सरको विभिन्न कारणहरु मध्ये अधिक चिन्ता पनि एक रहेको जानकारी गराउनुभयो ।
उहाँले संस्थाका सदस्यहरुलाई स्वास्थ्य प्रति सचेत गराउन पोषण सम्बन्धि समय समयमा अभिमुखिकरण कार्यक्रमहरु साथै मोबाइल फोटोगा्रफी, मोबाइल भिडियोग्राफी, ज्यकउष्तबष्तिथ सम्बन्धि तालिम पनि सञ्चालन गर्दै जानुपर्ने बताउनुभयो ।
कार्यक्रमका अतिथि एवं संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले सिद्धि गणेश साकोसले सामुहिक रुपमा आवेदन पेश गरेमा सोहि अनुसारको तालिम आयोजना गर्दै आएको बताउनुहुँदै समाजबाट उठेको संस्थाले समाजलाई उठाउन पहल गर्दै आएको बताउनुभयो ।
संस्थाका सञ्चालक सदस्य एवं सेवाकेन्द्र व्यवस्थापन उपसमिति, तेखापुखुका संयोजक राधेश्याम सैंजुले सेवाकेन्दबाट पनि पश्चिम भेगका सदस्यहरुलाई लक्षित गरी विभिन्न सिपमुलक तालिमहरु आयोजा गदै सदस्यलाई सेवब दिदै आएको जानकारी गराउनु भयो । मोटर साइकल सरभिसिङ गर्दा व्यवसायिले आवश्यक भन्दा बढि शुल्क तिर्नबाट बच्न पनि एकहप्ते मोटर साइकल मर्मत तालिमको आयोजना गरेको बातउनुभायो ।
कार्यक्रमका सभापति एवं संस्थाका उपाध्यक्ष विष्णु राम दुमरुले बचत तथा ऋण कारोवार मात्र गर्ने सहकारी नाफा मुलक सहकारी रहेको कुरामा जोड दिदै सदस्यहरुले कस्तो खालको सहकारीमा रकम जम्मा गर्ने हो सो बारेमा विषेश ध्यान दिनुपर्ने भन्नुभयो ।
तालिम लिएका सदस्यहरुले व्यवसाय गर्नु परेमा संस्थामा बिना धितो सामुहिक ऋण दिदै आएको बारे जानकारी गराउनुभयो र तालिममा सकृय सहभागी भई तालिम प्रभावकारी बनाउनमा प्रशिक्षार्थीहरुको पनि ठुलो भुमिका रहने बताउनुभयो । उहाँले सिद्धि गणेश संस्थाले विगतमा कृषि सम्बन्धि मल बिक्री वितरण गर्नुका साथै हाल सम्म पनि स्वास्थ्य क्लिनिक मार्फत सदस्यहरुलाई सुलभ मुल्यमा सेवा गर्दै आएको बताउनुभयो ।
युवा उपसमितिका सचिव जसतारा कोजुले सञ्चालन गरेको कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई , ४५ दिने मादल प्रशिक्षणका प्रशिक्षक रवि कपाली र एकहप्ते मोटर साइकल मर्मत तालिमका प्रशिक्षक जीवन सुवालले पनि बोल्नुभएको थियो ।

नाक, कान र घाँटी सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर ।
वैशाख २४, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को यातु गणेश सेवाकेन्द्र व्यवस्थापन उपसमितिको आयोजना र ख्वप अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क नाक, कान र घाँटी सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भयो ।
शिविरको औपचारीक कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले सहकारी सिद्धान्त अन्तरगतको सामाजिक सेवा सिद्धान्तको पालना गरी शिविर आयोजना गरेको बताउँदै संस्था सुशासन र सहकारी सिद्धान्त अनुरुप सञ्चालन भई रहेको भन्नुभयो । उहाँले हाल समस्यामा परेका सहकारी संस्थाहरु पैसा संकलन गर्ने केन्द्र मात्र रहेको र नीति र सुशासनमा नचलेको बताउनुभयो ।
अध्यक्ष लाखाले सदस्यहरुबाट संकलन गरेको बचत सदस्यहरुकै हितका लागि उपयोग गर्नुपर्नेमा जोड दिनुहुँदै सदस्यहरुको सम्पूर्ण वित्तीय समस्याहरुको समाधान गर्ने संस्थाका लक्ष्य रहेको बताउनुभयो । “संस्थाको सबल पक्ष अरुलाई सुनाउनुस र कमजोर पक्ष हामीलाई सुनाउनुस”, उहाँले भन्नुभयो साथै सदस्यहरुलाई संस्थाको कमजोर पक्ष सुधार गर्न सुभावहरु दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्थाका सञ्चालक सदस्य एवं स्वास्थ्य उपसमितिका संयोजक तुल्सी दास दुमरुले स्वास्थ्य भन्दा धन कहिले ठुलो नहुने बताउँदै संस्थाबाट सञ्चालन भई रहेको स्वास्थ्य क्लिनिकमा सस्तो, शुलभ र गणस्तरिय स्वास्थ्य सेवा उपलब्ध रहेको जानकारी गराउनुभयो । उहाँले समयमै डाक्टरी परामर्श लिएमा ठुला स्वास्थ्य समस्या हुनबाट बच्न सकिन्छ भन्नुभयो ।
कार्यक्रमका सभापति एवं आयोजक उपसमितिका संयोजक रमेश दुमरुले उपसमितिबाट निरन्तर रुपमा स्वास्थ्य शिविर तथा शिपमुलक तालिमहरु आयोजना भई रहेको जानकारी दिनुहुँदै सेवाकेन्द्र पुर्व भेगिय सदस्यहरुको सहजताका लागि सञ्चालन भई रहेको बताउनुभयो ।
शिविरमा ख्वप अस्पतालका नाक, कान र घाँटी विशेषज्ञ डा. बेलु कायस्थले ६२ जना सहभागीहरुलाई परामर्श दिनुभयो साथै शिविरको औपचारिक कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई र उपसमितिका सचिव प्रकाश प्रजापतिले पनि बोल्नु भएको थियो ।

अनिवार्य शिक्षा शिविर
१५ वैशाख, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुलाई सहकारीता तथा संस्थाका सेवा सुविधा सम्बन्धि जानकारी दिने उद्देश्यका साथ अनिवार्य शिक्षा शिविर संस्थाको तालिम हल खचाँमा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष एवं सञ्चालक सदस्य हरिरत्न गोर्खालीले आफु सदस्य भएको सहकारी संस्थाको सेवा सुविधा तथा सञ्चालकहरु जानकारी राख्नुपर्ने भन्नुहुँदै संस्थाका गतिविधिहरु र साधारण सभामा सहभागी भई आवश्यक सल्लाह सुझाव दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले हाल पुजीवादी प्रावधानमा सहकारी संस्था सञ्चालन भएको कारणले सहकारी संस्थाहरु सहकारी मर्ममा सञ्चालन नभएको बताउनुभयो । उहाँले माथिल्लो निकायका व्यक्तिहरुले खराब संस्थाका सञ्चालकहरुको संरक्षण गर्दा आम जनताहरुले दुःख पाएको र धेरै संस्थाहरुमा अनियमितता बढेको समस्या औँल्याउँनुभयो । “ऋणी सदस्यहरुले समयमा ऋण भुक्तनी नगर्नाले पनि सहकारी संस्था समस्यामा परेको हो” उहाँले भन्नुभयो ।
उहाँले संस्थाको विभिन्न कार्यक्रमका प्रमुख अतिथिहरुको असल मार्ग निर्देशनको पालना गरी पारदर्शी तवरले नीतिमा सञ्चालन भएको हुनाले संस्था सफल भएको बताउनुभायो ।
कार्यक्रमका सभापति एवं संस्थाका सचिव विष्णु प्रसाद दुमरुले संस्थाको पृष्ठभुमिको जानकारी दिनुहुँदै नीतिमा रहि पुर्ण प्रकृया पुरा गरी ऋण लगानी भएकै कारण संस्था आज सम्म पनि सुरक्षित रहेको बताउनुभायो । उहाँले संस्था समुदायमा आधारित रहि वित्तीय तथा समाजिक सेवा प्रवाह गर्दै आएको भन्नुहुँदै सामुहिक व्यवसाय सुरु गर्न सामुहिक निवेदन दिएमा संस्थाले समुह जमानीमा ऋण सेवा प्रवाह गर्दै आएको जानकारी गराउनुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई,उपसमितिका सचिव किरण बनमाला र उपसमितिका सदस्य रामहरि ताम्राकारले पनि बोल्नु भएको थियो ।

 

८ वैशाख, भक्तपुर ।

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को युवा उपसमितिको आयोजनामा संस्थाका युवा सदस्यहरुबीच उद्यमशीलता सम्बन्धी छलफल गर्ने उद्देश्यका साथ युवा लक्षित अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं उपसमितिका संयोजक विष्णु राम दुमरुले युवा सदस्यहरुलाई उद्यम गर्न प्रोत्साहन गर्नुहुँदै संस्थाबाट सदस्यहरुले आफ्नो व्यावसायिक प्रस्ताव पेश गरी विभिन्न शीर्षकमा ऋण सुविधा उपयोग गर्न सकिने जानकारी गराउनुभयो । उहाँले संस्था आर्थिक कारोवारमा सिमित नरही सदस्यहरुलाई उद्यमशील बनाउन निरन्तर सिपमूलक तालिमहरु आयोजना भइरहेको भन्दै धेरै सदस्यहरुले तालिमको सदुपयोग गरी व्यवसाय सुरु गरेको उदाहरण दिनुभयो ।उपाध्यक्ष दुमरुले हाल राष्ट्रका युवामा स्वदेशमै रही कर्म र उद्यम गर्नु भन्दा वैदेशिक रोजगारीको रुचि बढि रहेको बताउँदै युवाहरुलाई स्वदेशमै उद्यम गरी आफू आत्मनिर्भर बन्ने र रोजगारी श्रृजना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवसाय सफल पार्न आत्मविश्वासका साथ निरन्तर कर्मनिष्ठ भई कर्म गर्नुपर्ने भन्नुभयो ।कार्यक्रमका नेफ्स्कूनका वरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेले सफलताका लागि व्यक्तिगत जीवन, पारिवारिक जीवन, पेशागत जीवन, सामाजिक जीवन र आध्यात्मिक जीवनमा सन्तुलन आवश्यक भएको बताउनुभयो ।उहाँले समान्य लक्ष्य राखे जीवन साधारण रहने हुँदा विशिष्टीकृत, दुरदर्शी र ठूलो लक्ष्य लिनुपर्ने बताउनुभयो । सफलता प्राप्तिका लागि निरन्तर अध्ययन गर्नुपर्ने औल्याउँदै ३० देखि ४० वर्ष उमेरमै लक्ष्य निर्धारण गरि सक्नुपर्ने, ५० वर्ष उमेर सम्म कर्म विशिष्टीकरणमा ध्यान दिई त्यसभन्दा माथि अनुभव अरुमा बाढ्नुपर्ने उहाँले बताउनुभयो ।उपसमिति सचिव जसतारा कोजुले सञ्चालन गरेको कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले पनि बोल्नु भएको थियो ।

 

 

अनिवार्य शिक्षा शिविर
१७ चैत्र, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुलाई संस्थाका सेवा सुविधा सम्बन्धि जानकारी दिने उद्देश्यका साथ अनिवार्य शिक्षा शिविर सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले संस्थामा स्थापना कालमा सिमति मात्र सदस्य बनाउने अभ्यास रहेको तर अध्ययन पश्चात सहकारी संस्था सहकारी सिद्धान्त पालना गरी सञ्चालन गर्नुपर्ने भएको हुनाले हाल खुल्ला सदस्यता दिँदै आएको र सम्पूर्ण सिद्धान्तको पालना गरी संस्था सञ्चालन भइ रहेको बताउनुभयो ।

उहाँले बजारमा सहकारी संस्थाहरुको खराब प्रचार भइ रहेको अवस्थामा सबै सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई निरन्तर सहकारी सम्बन्धि शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष लाखाले नीति नियममा रहि संस्था सञ्चालन गरे कहिले समस्यामा नपर्ने कुरा औल्यउँदै कुनै पनि सहकारी संस्थामा सदस्य बन्न पहिले संस्थाको संगठनिक संरचान र सञ्चालकहरु बारे राम्ररी बुझ्न सचेत गराउनुभयोे ।

उहाँले सम्पूर्ण सदस्यहरुको वित्तीय समस्याको समाधानको एउटै ठलो सिद्धि गणेश साकोसलाई बनाउने ध्ययको प्राप्तिका लागि सदस्यहरुलाई बचत सेवामा अरु संस्था भन्दा बढि र ऋण सुविधामा कम व्याज कायम गरिएको जानकारी गराउनुभयो ।

कार्यक्रमका सभापति शिक्षा उपसमितिका संयोजक एवं संस्थाका सचिव विष्णु प्रसाद दुमरुले बजारमा बढि व्याजको प्रलोभन देखाउने र आफ्नो कार्यक्षत्र बाहिर कारोवार गर्ने संस्थाहरुमा तरलताको समस्या देखिएको हुनाले त्यस किसिमका संस्थाहरु संग सर्तक रहन आग्रह गर्नुभयो ।

उहाँले सदस्यहरुको सहजताका लागि संस्थाबाट पूर्व र पश्चिम दुबै भेगमा सेवकेन्द्र सञ्चालन गर्दै आएको जानकारी गराउँदै संस्थाको पृष्ठभुमि र संस्थामा उपलब्ध विमा तथा लघुवित्त बचत समूहका सुविधा बारे प्रस्त पार्नुभयो ।

नयाँ तथा सम्भावित ३४ जना सदस्यहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन आयोजक उपसमितिका सचिव किरण बनमालाले गर्नुभएको थियो भने व्यवस्थापक शिला गोसाईले कार्यक्रममा संस्थाको सेवा सुविधा बारे जानकारी दिनुभएको थियो ।

This will close in 0 seconds