नाक, कान र घाँटी सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर । वैशाख २४

नाक, कान र घाँटी सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर । वैशाख २४

नाक, कान र घाँटी सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर ।
वैशाख २४, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को यातु गणेश सेवाकेन्द्र व्यवस्थापन उपसमितिको आयोजना र ख्वप अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क नाक, कान र घाँटी सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भयो ।
शिविरको औपचारीक कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले सहकारी सिद्धान्त अन्तरगतको सामाजिक सेवा सिद्धान्तको पालना गरी शिविर आयोजना गरेको बताउँदै संस्था सुशासन र सहकारी सिद्धान्त अनुरुप सञ्चालन भई रहेको भन्नुभयो । उहाँले हाल समस्यामा परेका सहकारी संस्थाहरु पैसा संकलन गर्ने केन्द्र मात्र रहेको र नीति र सुशासनमा नचलेको बताउनुभयो ।
अध्यक्ष लाखाले सदस्यहरुबाट संकलन गरेको बचत सदस्यहरुकै हितका लागि उपयोग गर्नुपर्नेमा जोड दिनुहुँदै सदस्यहरुको सम्पूर्ण वित्तीय समस्याहरुको समाधान गर्ने संस्थाका लक्ष्य रहेको बताउनुभयो । “संस्थाको सबल पक्ष अरुलाई सुनाउनुस र कमजोर पक्ष हामीलाई सुनाउनुस”, उहाँले भन्नुभयो साथै सदस्यहरुलाई संस्थाको कमजोर पक्ष सुधार गर्न सुभावहरु दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्थाका सञ्चालक सदस्य एवं स्वास्थ्य उपसमितिका संयोजक तुल्सी दास दुमरुले स्वास्थ्य भन्दा धन कहिले ठुलो नहुने बताउँदै संस्थाबाट सञ्चालन भई रहेको स्वास्थ्य क्लिनिकमा सस्तो, शुलभ र गणस्तरिय स्वास्थ्य सेवा उपलब्ध रहेको जानकारी गराउनुभयो । उहाँले समयमै डाक्टरी परामर्श लिएमा ठुला स्वास्थ्य समस्या हुनबाट बच्न सकिन्छ भन्नुभयो ।
कार्यक्रमका सभापति एवं आयोजक उपसमितिका संयोजक रमेश दुमरुले उपसमितिबाट निरन्तर रुपमा स्वास्थ्य शिविर तथा शिपमुलक तालिमहरु आयोजना भई रहेको जानकारी दिनुहुँदै सेवाकेन्द्र पुर्व भेगिय सदस्यहरुको सहजताका लागि सञ्चालन भई रहेको बताउनुभयो ।
शिविरमा ख्वप अस्पतालका नाक, कान र घाँटी विशेषज्ञ डा. बेलु कायस्थले ६२ जना सहभागीहरुलाई परामर्श दिनुभयो साथै शिविरको औपचारिक कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई र उपसमितिका सचिव प्रकाश प्रजापतिले पनि बोल्नु भएको थियो ।

This will close in 0 seconds