सदस्य अन्तरक्रिया कार्यक्रम(२०७९ माघ ८)

सदस्य अन्तरक्रिया कार्यक्रम(२०७९ माघ ८)

माघ ८, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को २९औं स्थापना दिवसको अवसरमा यातुगणेश सेवाकेन्द्र व्यवस्थापन उपसमितिको आयोजनामा सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
सदस्य अन्तरक्रियाका प्रमुख अतिथि एवं संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले सिद्धि गणेश साकोसले नाफालाई भन्दा सदस्यको आर्थिक क्षमतासँगै शैक्षिक एवं साँस्कृतिक स्तर विकासलाई प्राथमिकता दिँदै कार्य गर्दै आइरहेको र लाभांश तथा उपस्थिति भत्ताले संस्थाको मूल्यनाङ्कन नहुने भन्नुभयो । उहाँले वर्तमान समयमा नाफामूखी संस्थाहरु समस्याग्रस्त रहेको र सेवामूखी संस्थामा खासै समस्या नरहेकोले स्थानीय व्यक्तिहरुबाट सञ्चालित समुदायमा आधारित सहकारी संस्थामा मात्र कारोवारका लागि सदस्यरुमा अनुरोध गर्नुभयो ।
संस्थाका व्यवस्थापक शिला गोसाईंले सेवाकेन्द्रबाट प्रदान गर्दै आइरहेको सेवाहरुमा थप प्रभावकारीता ल्याउन सल्लाह सुझाव संकलनको उद्देश्यका साथ अन्तरक्रिया कार्यक्रमको आयोजना भएको भन्नुहुँदै वर्तमान समयमा सहकारी अभियानको नकारात्मक समाचार मात्रै सम्प्रेषण भइरहेको तर असल अभ्यास एवं राम्रा संस्थाहरुको बारेमा समाचार नआउनु निराशाजनक भएको बताउनुभयो ।
आयोजक उपसमितिका संयोजक एवं कार्यक्रमका सभापति सञ्चालक रमेश दुमरुले यातुगणेश सेवाकेन्द्र स्थापनाको पृष्ठभूमीबारे जानकारी दिनुहुँदै समाज परिवर्तनमा समुदायमा आधारित संहकारी संस्थाहरुको अहम् भूमिका भएको बताउनुभयो । उहाँले नीति नियम भित्र बसी कार्य गर्ने क्रममा केही अप्ठ्यारो भएपनि सदस्यको रकम पूर्ण रुपमा सुरक्षित हुने विचार व्यक्त गर्नुहुँदै सदस्यहरुले आफुलाई लागेका कुराहरु लिखित रुपमा व्यक्त गर्नका लागि सुझाव पुस्तिकाको व्यवस्था भएको र संस्थाले वार्षिक रुपमा सुझावकर्ताहरुबाट असल सुझावकर्तालाई सम्मानित गर्दै आइरहेको छ भन्नुभयो ।
५७ जना सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा आयोजक उपसमितिका सदस्य कमल कोजुले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा सचिव प्रकाश प्रजापतिले पनि बोल्नुभएको थियो ।