संस्थाको ३१औं स्थापना दिवस समारोह सम्पन्न । पुस २९, २०८१

संस्थाको ३१औं स्थापना दिवस समारोह सम्पन्न । पुस २९, २०८१

२९ पुस, भक्तपुर । यस सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को ३१औं स्थापना दिवस समारोह सञ्चालक समितिको आयोजना तथा नेमकिपाका केन्द्रिय सदस्य एवं बागमती प्रदेश सभा माननीय साँसद सृजना सैंजुको प्रमुख आतिथ्यतामा सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेमकिपाका केन्द्रिय सदस्य एवं बागमती प्रदेश सभा माननीय साँसद सृजना सैंजुले संसारमा सहकारी आन्दोलनको सुरुवात सन् १९१७ बाट नै भएको र सहकारी आन्दोनको माध्यमबाट नै थुप्रै राष्ट्रहरुमा किसानहरुको प्रगति भएको बताउनुभयो । उहाँले सुविधाजनक भक्तपुरको स्थापनामा सहकारी आन्दोलनको ठूलो भूमिका रहेको भन्नुहुँदै लेलिनले सय वर्ष अगा८ि नै अनुमान गरका दुई सहकारी आन्दोनका पक्षहरु अहिले लागु भइरको बताउनुभयो । साँसद सैंजुले सिद्धि गणेश साकोसले झण्डै एक पुस्ताको निम्ति सेवा प्रदान गरेर समाजमा परिर्वतन ल्याउन अहम भूमिका खेलको बताउँदै संस्था सहकारी आन्दोलनको एक प्ररभिम्क सहकारी संस्था रहेको भन्नुभयो ।
प्रमुख अतिथि सृजना सैंजुले संस्थाको विकासका लागि २५ वर्ष देखि अनवरत सेवा प्रदान गर्ने संस्थाका निमित्त व्यवस्थापक चन्द्र प्रसाद दुमरु र बचत प्रमुख सुमित्रा खाईजुलाई पदक र कदर–पत्र प्रदान गरी सम्मान गर्नु भएको थियो ।
कार्यक्रमका अतिथि भ.न.पा.–७ का वडाध्यक्ष उकेश कवांले सिद्धि गणेश साकोस जस्ता समुदायमा आधारित सहकारी संस्थाले समाजलाई रुपान्तरण गर्न टेवा पु¥याउने बताउनुभयो । उहाँले सहकारीका सञ्चालक सदस्यहरु र कर्मचारीबीच राम्रो समन्वय कयम नगरे सहकारी संस्था समस्यामा पर्ने भन्नुहुँदै संस्था विकासका लागि निरन्तर अनुसन्धानहरु गर्दै जानुपर्ने बताउनुभयो । उहाँले सहकारी संस्थाहरुले विभिन्न सामाजिक कार्यमा सहयोग गर्नुपर्नेमा जोड दिनुहुँदै ज्यष्ठ नागरिकका लागि आदर निकेतन र शिशुहरुका लागि शिशुस्यहारको स्थापना गर्दै जान सुझाव दिनुभयो ।
उहाँले हाल अस्वस्थ्य खानपानका कारण विभिन्न रोग निम्तिएको भन्नुहुँदै वडाका २०० घरमा अनुसन्धान गर्दा ५० घरमा मधुमेहका बिरामी र ५० घरमा मुटुरोगका बिरामी रहेको तथ्याङक निस्किएको बताउनुभयो । वडाध्यक्ष कवांले स्वस्थ बन्न हामीले आफ्नो रहन सहनलाई फुड टेक्निसिन संग सल्लाह गरी स्वस्थ्य आहार तालिका बनाउनुपर्ने सुझव दिनुभयो ।
कार्यक्रमका अतिथि भक्तपुर नगरपालिकाका प्रतिनिधि हरि प्रसाद बासुकलाले हाल सहकारी क्षेत्रमा देखिएको समस्याहरुको समाधान गर्न राष्ट्र स्तरमा नै विभिन्न अनुगमन समिति बनाई सहकारी क्षेत्र विकास गर्ने कार्य भई रहेको जानकारी दिनुभयो । उहाँले भक्तपुर नगरका सम्पुर्ण सहकारी संस्था समुदायमा आधारित रहेको हुनाले भक्तपुरका कमै सहकारी संस्थामात्र समस्यामा परेको बताउनुभयो । वडाध्यक्ष बासुकलाले जगेडाकोष बलियो भएका सहकारी संस्था दिगो हुने बताउँदै जगेडा कोषको रकम उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले समुदायमा आधारित भई कार्य गर्दै आएको यस संस्था सदस्यहरुको विश्वास र सहयोगले गर्दा जिल्लामा मात्र नभई राष्ट्रमै सफल बनेको बताउनुभयो ।
उहाँले ३१ जना युवाहरुको अगुवाईमा स्थापित यस संस्था पहिलो वर्षमा घाटामा गएको संस्था हाल बाल बचतकर्ता तथा ज्यष्ठ सदस्यहरु समेत गरी २१ हजार भन्दा बढिको सदस्यहरु सिहत निरन्तर नाफामा रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णु प्रसाद दुमरुले समुदायमा आधारित सहकारी संस्थाहरुले सामाजिक कार्य गर्दै गर्दा नाफमुखी सहकारी संस्थाले आर्थिक अपचलन गर्दा सम्पूर्ण सहकारी क्षेत्रको बदनामी भई रहेको बताउनुभयो । उहाँले सहकारी संस्थाहरुले अनिवार्य रुपमा उत्पादनशिल क्षेत्रमा लगानी गर्दै जानुपर्नेमा जोड दिनुभयो ।उहाँले सहकारी संस्थाले कृषि एवं शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने अवस्थामा जारी गरिएको अध्यादेशले सहकारी संस्थाको लागानी क्षेत्रमा लगाम लगाउने कार्य गरेको बताउनुभयो । उहाँले सहकारी सबैमा समान किसिमका नीति नियम लागु गर्नु भन्दा सहकारीको क्षेत्र अनुसारको नीति निमार्ण गरी सहकारी सञ्चालन गरे सदस्यहरुको सामाजिक तथा आर्थिक विकास हुने बताउनुभयो ।
संस्थाको ३१औं स्थापना दिवसको कार्यक्रम संस्थाका सचिव विष्णु प्रसाद दुमरुले गर्नुभएको थियो । साथै समारोहमा संस्थाका कोषाध्यक्ष जयराम गोर्खालीले ३१ ज्ना युवाहरुबाट सुरु भएका यस संस्था हला १७६०० जानाको परिवार बनी नेपाल अधिरज्य भरमा उतकृष्ट १० सहकारीहरु मध्य एक रहेको जानकारी दिनुभयो । उहाँले संस्थाको वित्तीय अवश्थ्याको जानकारी दिनुहुँदै संस्थामा निरन्तर अध्ययन र अनुसन्धान गरी संस्थाको विकास गर्दै जानुपर्ने बताउनुभयो । उहँले संस्थाका सम्पूर्ण सदस्य, कर्मचारी तथा सञ्चालक सदस्यहरु निस्वर्थ रुपामा संलग्न रहे संस्था सफल बन्दैजाने विचार राख्नुभयो ।
कार्यक्रममा भक्तपुर बचत तथा ऋण सहकारी संघका प्रतिनिधिका रुपमा पाल्नुभएका संघका अध्यक्ष एवं संस्थाका सञ्चालक सदसय कृष्ण गोविन्द लाखाजुले संस्थाका संस्थापकहरुले संस्था सिछि गणेश साकोस मात्र अघि नबढि जिल्ला भरका सहकारी संस्था सफल र समुदायमा आधारित बनाउनु पर्ने आवश्यकता पुरा गर्न संस्थाको अगुवाईमा जिल्ला सहकारी संघको स्थापना गरिएको स्मरण गराउनुभयो । उहाँले सहकारी संस्थाहरुले राष्ट्रको अर्थतन्त्रमा तेवा पु¥याउन कृषि तथा उत्पादनमुलक क्षेत्रमा लगानी गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
उहाँले सहकारीमा महिला सदस्यहरु बढि संलग्न रहेता पनि नेतृत्व गर्ने पक्षमा भने महिलाको सहभागीता कम रहेको चर्चा गर्नुभयो । उहाँले सहकारी संस्थाबाट सामाजिक क्षेत्रमा गरेका योगदान गरेका कार्य अरुलाई पनि सुनाई अरुलाई पनि प्रोत्साहन दिनुपर्ने बताउनुभयो ।
उहाँले हालै मन्त्री परिषदबाट स्विकृत सहकारी सम्बन्धी अध्यादेशले निजी क्षेत्रलाई बढि प्राथमिकता दिने कार्य गरी सहकारी संस्थाहरु बन्द गर्नुपर्ने अवस्था निम्त्याउने बताउनुभयो । उहाँले सो अध्यादेशले समुदायको हितका लागि कार्य गर्ने सहकारी संस्थामा समेत खराब असर गर्ने हुनाले यसको सबैले विरोध गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रमका अतिथि डा. रत्न सुन्दर लासिवाले निजी स्वस्थ्य क्लिनिकमा महङगोमा स्वास्थ्य सेवा उपभोग गर्नुपर्ने अवस्थामा सिद्धि गणेश स्वास्थ्य क्लिनिकबाट सुलभ मुल्यमा विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
उहाँले यहि माघ २२ गतेदेखि फागुन ६ गते सम्म नेपाल अधिराज्य भर मिहिलाहरुको पाठेघरमा हुने क्यान्सर रोगको रोकथामका लागि १० देखि १४ वर्ष सम्मका किसोरीहरुलाई एच.पिइ.भि भ्याकसिन लागाइने जानकारी दिनुभयो । उहाँले हाल समाजमा सरुवा रोग भन्दा नसर्ने रोग बढि रहेको बताउँदै सरुवा रोग भन्दा नसर्ने रोग बढि जीवन घाटक हुने भन्नुभयो । उहाँले सरुवा रोगको औषधी उपचार गरी छिटै सन्चो हुने तर नसर्ने रोगको उपचार लामो समय सम्म गर्नुपर्ने भएकाले बिरामीहरुलाई बढि आर्थिक भार पर्ने बताउनुभयो ।
समारोहमा संस्थाका पूर्व अध्यक्ष एवं सञ्चालक सदस्य हरिरत्न गोर्खालीले नेपाल मजदुर किसान पार्टीका अग्रजहरुको भावनालाई आत्मसाथ गरी कर्य गर्दै संस्था सफल बन्दै गएको बताउनुभयो । उहाँले अध्ययन गर्नुको महत्व बारे चर्चा गर्नुहुँदै राष्ट्रका निम्ति लड्ने व्यक्तिहरुको अध्ययन गरे आफुमा पनि राम्रो प्रभाव पर्दै जाने बताउनुभयो । अनावश्यक खर्च कटौटी गरी बचत गर्ने बानीको विकास गर्ने उद्देश्यका साथ संस्था अघि बढि रहेको बताउँदै बचत गर्ने बानीले भविष्यमा पर्ने समस्याको समाधान हुने उहाँले भन्नुभयो । उहाँले किसानहरु र न्यून आय भएका सदस्यहरुको आर्थिक बिकासका निम्ति समाजमा सहकारी संस्था आवश्यक रहेको बताउँदै नीति नियमा सहकारी संस्था सञ्चालन नगरेमा संस्था सामस्यामा पर्ने भन्नुभयो । उहाँले हाल सहकारी संस्थामा बढि रहेको अनीयमितताका कारण सहकारी क्षेत्रमा विकृति फैलिरहेको भन्नुहुँदै समाजवादी व्यवस्था अन्तरगतका सहकारीहरुलाई प्राथमिकता दिए मात्र समाज र जनताको हित हुने बताउनुभयो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष एवं सञ्चालक सदस्य राजन लाखाजुले केही समस्यामा परेका सहकारी संस्थाका कारण भई रहेको विकृतिका कारण राम्रा समुदायमा आधारित सहकारी संस्थाको पनि बदनामी भई रहेको बताउनुभयो । उहाँले समुदायमा आधारित सहकारी संस्था सामाजिक सेवामा आवद्ध रहने र समाजकमा परिवर्त ल्याउने विचार व्यक्त गर्नुभयो ।
निवर्तमान अध्यक्ष लाखाजुले संस्थाको स्थापना दिवस संस्थापक सदस्यहरुले पु¥याएको योगदानको कदर गर्दै मनिइएको भन्नुहुँदै व्यक्तिगत भन्दा सामुहिक प्रयासका कारण संस्था विकास भई रहेको बताउनुभयो । उहाँले स्ंस्थाको स्थापनाकालमा कार्यगर्ने सञ्चालकहरुको नेतृत्व, कार्यदक्षता, परदर्शीताको कदर गनुुहुँदै संस्था सफल बन्नुमा उहाँहरुको योगदान अतुलनिय रहेको बताउनभयो ।
साथै कार्यक्रममा संस्थाका निमित्त व्यवस्थापक चन्द्र प्रसाद दुमरुले संस्थाको स्थापना दिवसको अवसरमा संस्थाका सबै उपसमितिको आयोजनामा विभिन्न तालिम, अन्तरक्रिया कार्यक्रम, स्वास्थ्य शिविर तथा खेलकुद प्रतियोगिताहरु सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले माथिल्लो निकायबीच समन्वय कायम गरी नीति नियममा सञ्चालन भएको यस संस्थाका सदस्यहरुको बचत र ऋण लगानी सुरक्षित रहेको बताउनुभयो ।