संस्थाको ३०औं स्थापना दिवसको अवसरमा आँखा शिविर तथा रक्तचाप परिक्षण (२०८० मंसिर ३०)

संस्थाको ३०औं स्थापना दिवसको अवसरमा आँखा शिविर तथा रक्तचाप परिक्षण (२०८० मंसिर ३०)

३० औं स्थापना दिवसको अवसरमा एकदिने आँखा शिविर तथा रक्तचाप परिक्षण कार्यक्रम सम्पन्न

मंसिर ३०, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि। को ३० औं स्थापना दिवसको अवसरमा सेवा केन्द्र व्यवस्थापन उपसमिति, तेखापुखुको अआयोजना तथा सामुदायिक आँखा केन्द्र, भक्तपुरको प्राविधिक सहयोगमा एकदिने आँखा शिविर तथा रक्तचाप परिक्षण कार्यक्रम भक्तपुर ननगरपालिका वडा नं ४ मंगलाछे, दुमलाचामा सम्पन्न भयो ।
कार्यक्रमका प्रमूख अतिथि एवं वडा नं ४ का वडा अध्यक्ष उपेन्द्र सुवालले संस्थाले आर्थिक कारोवारका साथ–साथै सदस्यहरुको सुविधाको लागि स्वास्थ्य क्लिनिक र विभिन्न शिविरहरु मार्फत सामाजिक सेवाहरु दिइ रहेको संस्थाको राम्रो पक्ष भएको बताउनुभयो । सुवलले भक्तपुर नगर बासीहरुको जिवन स्तर उकास्न नगरपालिकाले शिक्षा, स्वास्थ्य , खेलकुद, सांस्कृतिक तथा रोजगारमूलक क्रियाकलापहरु गरी रहेको कुरामा प्रकाश पार्नुभयो । नगरपालिकाले गरेको प्रगती बारे विदेश सम्म चर्चा भएको र समय समयमा विदेशीहरु अध्ययन र अवलोकनमा आई रहेको कुराको जानकारी गराउँनु भयो ।
उहाँले हाल भक्तपुरका सहकारहिरुमा समस्या उत्पन्न हुनुको मुख्य कारण जनमानसमा सहकारी शिक्षाको अभाव रहेको बतउनुभयो । सहकारीको अध्ययन नगरी ब्याजको प्रलोभनमा परी कारोवार गर्ने बानीले गर्दा आफ्नो बचत असुरक्षित संस्थामा पर्ने भन्नुभयो । उहाँले यस्तै समस्याहरु हताउने उदेश्यले नगरपालिकाले नियमित अनुगमन गरी आवस्यक कारवाही पनि भई रहेको जानकारी दिनुभयो ।
सुवालले हाल इजरायलले प्यालेस्ताइन बिरुद्ध गरी रहेको नरसंहारको बिरोध सबैले गर्नुपर्ने भन्दै ःऋऋ पास भइ सकेको हाम्रो राष्ट्रको पनि यस्तै अवस्था हुन सक्ने बताउनुभयो ।
कार्यक्रमका अतिथि एवं संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले संस्थाको विकास र सेवासुविधाबारे जनकारी गराउँदै संस्थाको प्रगती तथा कार्यशैली को अध्ययन गर्न देश विदेशबाट सहकारीहरु भ्रमण आइरहेको बताउनुभयो । उहाँले वर्तमानमा सहकारीहरुले उत्पादनशील क्षेत्र भन्दा अनुत्पादनशील क्षेत्रमा नियम विपरीत गरि रहेकै कारण संस्थाहरुमा तरलताको समस्या आइ रहेको भन्नुभयो । लाखाले सिद्धि गणेश साकोसमा ती कुनै समस्या नरहेको बताउँदै संस्थाको ३० औं स्थापना दिवसको अवसरमा हुुने अन्य कार्यक्रममा पनि सहभागी हुन अग्रह गर्नुभयो ।
शिविरका अतिथि, सामुदायिक आँखा केन्द्र भक्तपुरका इन्चार्ज धिरज अधिकारीले जेष्ठ नागरीकहरुले समय समयमा आँखाको परिक्षण गराई रहनु पर्ने भन्नुभयो । उहाँले बढ्दो उमेर सँगै उच्च रक्तचाप तथा चिनीरोगको समस्या बढ्दै जाने जुन मोतिविन्दुको कारण बन्नसक्ने बताउनुभयो । मोतिविन्दु जस्तै आँखामा हुने अर्को समस्या जलविन्दु हो जसको बिरामीमा कुनै लक्ष्यण देखा पर्देन र यसको कुनै उपचार पनि छैन, अधिकारीले भन्नुभयो । उहाँले मोतिविन्दु भएमा शैल्यकृया गरी आँखामा सुधार गर्न सकिने र यसको शैल्यकृया सामुदायिक आँखा केन्द्रमा निःशुल्क रुपमा भई रहेको जानकार िगराउनु भयो । उहाँले पहिले पनि यस्ता शिविर आयोजना संस्थाले आयोजना गर्दै आएको र आँखा सम्बन्धि कुनै पनि समस्या भए सामुदायिक आँखा केन्द्र, ख्वप अस्पताल अथवा यस्ता शिविरमा आफ्नो आँखा परिक्षण गराउन आग्रह गर्नुभयो ।
कार्यक्रमका अतिथि संस्थाका सञ्चालक सदस्य एवं स्वास्थ्य उपसमिति संयोजक तुल्सीदास दुमरुले जीवनमा सबै भँदा ठुलो धन भनेकै आफ्नो स्वास्थ्य हो भन्नुभयो । उहाँले समाजमा हाल डिप्रेसन रोग धेरैमा देखा परेको हुनाले सो रोगबाट बच्न घरमा बसी मोबाइल चलाएर बस्नुको भन्दा समाजमा घुलमिल भएर सामाजिक क्रियाकलाप र खेलकुदमा समय बेतित गरेर बस्नुपर्ने सल्लाह दिनुभयो ।
शिविरका सभापति संस्थाका सञ्चालक सदस्य एवं सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक राधेश्याम सैंजुले संस्थाको पृष्ठभुमी बारे जानकारी गराउनु भयो । उहाँले संस्थाको सेवासुविधा प्रवाह सह जगर्न २०६९ साल पुस २९ गते तेखापुखु सेवाकेन्द्र स्थापना भएको बताउनु भयो । उहाँले आफ्नो रगत पसिना बगाएर बचाएको रकम कुनै पनि सहकारीमा बचत गर्दा त्यस सहकारीको पूर्ण जनाकारी लिएर गर्नुपर्ने बताउनुभयो ।
१८८ जनाको सहभागीता रहेको उक्त शिविरमा १७ जना सहभागीलाई मोतिविन्दुको सामुदायिक आँखा केन्द्रमा निःशुल्क शैल्यकृया गराउन सुझाव दिइएको थियो । कार्यक्रममा संस्थाका कोषध्यक्ष जयराम गोर्खाली, व्यवस्थापक शिला गोसाई र उपसमितिका सचिव पुण्यराम कर्माचार्यले पनि बोल्नु भएको थियो ।