निःशुल्क मुटुरोग, हाडजोर्नी तथा नसारोग सम्बन्धि स्वास्थ्य शिविर, पुस १३

निःशुल्क मुटुरोग, हाडजोर्नी तथा नसारोग सम्बन्धि स्वास्थ्य शिविर, पुस १३

१३ पुस, भक्तपुर । यस सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को यातु गणेश सेवाकेन्द्र व्यवस्थापन उपसमितिको आयोजना तथा ख्वप अस्पतालको प्राविधिक सहयोगमा संस्थाको ३१औं स्थापना दिवसको अवसरमा निःशुल्क मुटुरोग, हाडजोर्नी तथा नसारोग सम्बन्धि स्वास्थ्य शिविर यातु गणेश मन्दिर परिसर, कमलविनायकमा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले संस्थाका सदस्यहरुको आर्थिक तथा सामाजिक विकासका निम्ति संस्था आर्थिक कारोवारमा मात्र सिमित नरही निरन्तर सामाजिक क्रियाकलापहरु पनि गर्दै अएको बताउनुभयो । उहाँले समुदायको हितको लागि कोभिड महामारीको बेला भक्तपुर नगरपालिकालाई आर्थिक सहयोग गर्नुका साथै ख्वप खस्पतालमा अक्सिजन प्लान्ट बनाउन संस्थाले सहयोग गरेकोे स्मरण गर्नुभयो ।
अध्यक्ष लाखाले सदस्यहरुमा संस्था प्रति कम चासो हुनु सहकारी संस्था समस्या पर्नुको कारण रहेको बताउनुहुँदै हरेक सदस्यले संस्थाको साधारण सभामा लाभाशंको आसले मात्र उपस्थिति नभई संस्था राम्रो बनाउन सुझावहरु दिुपर्नेमा जोडदिनुभयो । उहाँले सदस्यहरुले आफ्नो दायित्व पुरा नगर्नाले संस्थाले सदस्यहरु प्रतिको दायित्व पुरा गर्न चुकेको हो भन्नुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका मेडिकल डाइरेक्टर मजेश प्रताप मल्लले सहकारी संस्थाका सेवाग्राहीहरुलाई यस किसिमका स्वास्थ्य शिविरहरुले स्वास्थ्य प्रति चेतना दिने भन्नुहुँदै स्वास्थ्य शिविरका कारण सर्वसाधारणलाई बेलाबेला स्वास्थ्य परिक्षण गराउनु पर्छ भनी सिक दिएको बताउनुभयो । उहाँले स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षणका कारण समयमै रोगहरुको लक्ष्यण पता लाग्ने र चिकित्सकको सल्लाह माने रोगको चाँदै निधार हुने बताउनुभयो ।
कार्यक्रममा संस्थाका सञ्चालक सदस्य एवं स्वास्थ्य उपसमितिका संयोजक तुल्सीदास दुमरुले आफु अस्वस्थ्य भए कुनै पनि कार्यमा सफल बन्न नसकिने बताउँदै स–साना रोगहरुको उपचार समयमै नगराए पछि रोग जतिल बन्दै जाने भन्नुभयो । उहाँले यस किसिमका शिविर मार्फत रोगहरु छिटै पहिचान भई छिटै उपचार हुने बताउनुभायो ।
उपसमितिका संयोजक एवं कार्यक्रमका सभापति रमेश दुमरुले सदस्यहरुले सहज रुपमा संस्थाका सेवा र सुविधा उपयोग गर्न सेवा केन्द्रको स्थापना भएको जानकारी दिनुभयो । उहाँले सदस्यहरुको स्वास्थ्यलाई मध्यनजर गरी समय समयमा स्वास्थ्य शिविरको आयोजना गर्दै आएको बताउनुभयो । उहाँले सदस्यहरु माझ चिकित्सक सेवा पु¥याउनु एवं स्वास्थ्य सम्बन्धि जानकारी दिने हेतुले स्वास्थ्य शिविरको आयोजना गरीएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका निमित्त व्यवस्थापक चन्द्र प्रसाद दुमरुले संस्थाको ३१औं स्थापना दिवसको अवसरमा विभिन्न सिपमुलक आयमुलक कार्यक्रमहरु आयोजना गरिने जानकारी दिनुहुँदै सामाजिक
सेवा गर्ने उद्देश्यका साथ स्वास्थ्य शिविर आयोजना गरिएको बताउनुभयो । उहाँले संस्थाका सदस्यहरुको स्वास्थ्यलाई मध्यनजर गरी संस्थाबाट खँचा स्थित सिद्धि गणशे स्वस्थ्य क्लिनिकबाट विभिन्न स्वास्थ्य सेवाहरु प्रदान गर्दै आएको बताउनुभयो ।
उहाँले ३१ जना युवाहरुको ३१०० रुपैँयाबाट सुरुवात भएको यस संस्था सदस्यहरुको विश्वास र सहयोगले गर्दा हाल ३ अर्ब १५ करोडको सम्पत्ति जोड्न सफल भएको बताउनुभयो ।
निःशुल्क मुटुरोग, हाडजोर्नी तथा नसारोग सम्बन्धि स्वास्थ्य शिविरमा ९३ जना सदस्य, स्थानिय तथा अन्य सम्भावित सदस्यहरुले पिरामर्श लिएका थिए । शिविरमा संस्थाका कार्यक्रम तथा प्रवद्र्धन अधिकृत बिमल लवजुले पनि बोल्नुभएको थियो ।