डोरी तान्ने प्रतियोगिता(२०७९ माघ ७)

डोरी तान्ने प्रतियोगिता(२०७९ माघ ७)

माघ ७ ,भक्तपुर

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को २९औं स्थापना दिवसको अवसरमा लघुवित्त तथा बचत समुह परिचालन उपसमितिको आयोजनामा सम्पन्न डोरी तान्ने प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगिताको समापन कार्यक्रममा अध्यक्ष लाखाले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको र ती कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाई स्थापना दिवस सफल पारिदिन सबैमा अनुरोध गर्दै खेलले व्यक्तिलाई अनुशासन, कडा परिश्रम, मित्रता तथा सदाचार जस्ता गुण दिनुका साथै स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने भएकोले भविष्यमा पनि खेलकुद प्रतियोगिता हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका पूर्व अध्यक्ष एवं सञ्चालक हरिरत्न गोर्खालीले सिद्धि गणेश साकोस वित्तीय संस्था भएपनि सामाजिक उत्तरदायित्व अन्र्तगत संस्थाले विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आइरहेको र डोरी तान्ने प्रतियोगिता पनि त्यसैका एउटा भागरहेको भन्नुभयो ।
आयोजक उपसमितिका संयोजक एवं कार्यक्रमका सभापति सञ्चालक रत्नश्वरी चवालले प्रतियोगितामा हार जित भइरहने र खेलुकुदलाई मनोरञ्जनसँगै स्वास्थ्यसँग जोडेर हेर्नुपर्नेमा जोड दिनुहुँदै सहभागी तथा सहयोगि सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।
पुरुष बिधामा सिद्धि गणेश साकोस कर्मचारी समुह प्रथम तथा जागरुक युवा बचत समुह द्धितीय भएको थियो भने महिला विधामा आदर्श बचत समुह प्रथम र सिद्धि गणेश कर्मचारी समुह“क” द्वितीय हुन सफल भएको थियो । विजेतालहरुलाई प्रमाणपत्र, मेडलसँगै नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।

This will close in 0 seconds