झोल डिटर्जेन्ट बनाउने तालिम । पुस १९ गते, २०८१
१९ पुस, भक्तपुर । यस सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को सदस्य व्यवसाय प्रवद्र्धन उपसमितिको आयोजनामा संस्थाको ३१औं स्थापना दिवसको अवसरमा वासिङ मेसिनमा प्रयोग गर्ने झोल डिटर्जेन्ट बनाउने तालिम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले संस्था सर्वोत्कृष्ट वित्तीय समाधानका लागि सिद्धि गणेश परिकल्पनाका साथ समुदायमा आधारित भई अघि बढि रहेको बताउनुभयो । उहाँले सदस्यहरुलाई शिक्षा दिने उद्देश्यले विभिन्न सिपमुलक, आयमुलक, क्षमता विकासका तालिमका साथ साथै विभिन्न अभिमुखिकरण तथा अन्तरक्रियात्मक कार्यक्रम निरन्तर आयोजना गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले संस्थाबाट प्रदान गरिएका तालिमको उपयोग गरी व्यवसाय सुरु गर्ने सदस्य न्यून रहेको प्रति दुःख व्यक्त गर्नुहुँदै तालिम लिएर अरुलाई तालिम दिन योग्य बन्न नसकेसम्म तालिममा सहभागी भएको औचित्य नरहने बताउनुभयो ।
उहाँले हालै पारित सहकारी सम्बन्धि अध्यादेशले समस्यामा परेका सहकारी सुधार गर्ने बहानामा समुदायमा आधारित सहकारी सञ्चालनमा बाधा पु¥याएको विचार व्यक्त गर्नुभयो । साथै विभिन्न संघहरुले अध्यादेशको विरोध गर्दै आएको जानकारी पनि दिनुभयो ।
उपसमितिका संयोजक एवं कार्यक्रमका सभापति सपना कवांले संस्थाले सदस्य एवं समाजको हितका लागि नियमित रुपमा विभिन्न सिपमूलक एवं आयमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले सदस्यहरुलाई आर्थिक अवसरहरु प्रदान गर्ने हेतुले तालिम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा तालिमका प्रशिक्षक नारायण भक्त भेलेले कुनै पनि तालिममा सहभागी हुँदा नयाँ कुराको ज्ञान प्रप्त हुने बताउँदै खर्च कटौटी गर्न सके मात्र बचत गर्न सकिने भन्नुभयो । उहाँले तालिममा एक पटक सहभागी भएर मात्र नपुग्ने तालिममा सिकेका ज्ञान र विधिको निरन्तर अभ्यास गरे मात्र तालिममा सिकेका विषयमा पोक्त बन्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका निमित्त व्यवस्थापक चन्द्र प्रसाद दुमरुले तालिममा सहभागीहरुलाई तालिममा सिकेका विषयलाई निरन्तर अध्ययन र अभ्यास गरी पछि आफैले प्रशिक्षण दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सदस्यहरुको स्वास्थ्यको ख्याल गरी संस्थाले आयोजना गरेका कार्यक्रमहरुमा निःशुल्क सुगर परिक्षण गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले संस्थालाई अझ सफल बनाउन संस्थाबाट प्रदान गरिने बचत सेवा मात्र उपयोग नगरी ऋण सुविधा पनि उपयोग गर्दै जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका सञ्चालक सदस्य रञ्जना प्रजापति र कार्यक्रम तथा प्रवद्र्धन अधिकृत बिमल लवजुले पनि बोल्नुभएको थियो ।