एकदिने मिठाई तालिमको प्रमाणपत्र वितरण । जेठ २८,२०८१

एकदिने मिठाई तालिमको प्रमाणपत्र वितरण । जेठ २८,२०८१

एक दिने मिठाई बनाउने तालिम सम्पन्न
२८ वैशाख, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को महिला तथा बालबालिका उपसमितिको आयोजनामा सदस्यहरुको सिप तथा क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ एकदिने मिठाई बनाउने तालिम संस्थाको तालिम हल, खँचामा सम्पन्न भयो ।
तालिमको औपचारिक कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले संस्थाको पृष्ठभुमि बारे जानकारी दिनुहुँदै संस्थाका सम्पूर्ण सदस्यहरुको वित्तीय समस्या समाधान गर्ने संस्थाको उद्देश्य रहेको बताउनुभयो ।
एकका लागि सबै, सबैका लागि एक नाराका साथ अधि बढेको यस सिद्धि गणेश संस्थाले स्थापनाकाल देखि नै निरन्तर रुपमा सामाजिक क्रियाकलापहरु गर्दै सदस्यहरुको आर्थिक स्तर उकास्न विभिन्न सिपमुलक तालिमहरु दिदै आइरहेको बताउनुभयो ।
उहाँले तालिम लिएर उपयोग नगरेमा तालिम लिएको औचित्य नरहने बताउँदै आफुले सिकेको कुरा अरुलाई सिकाउन सक्षम भएमा तालिमको प्रभावकारिता बढ्ने भन्नभयो ।
कार्यक्रमा संस्थाका व्यवस्थापक शिला गोसाईले संस्थाको वित्तीय जानकारीका साथ साथै व्याजको प्रलोभनमा बचत नगर्न आग्रह गर्नुभयो । मिठाई तालिम लिए पश्चात सिकेको सिपबाट उद्यमी बन्नका लागि सानो पूँजीबाट शुरु गरेमा शुरुवातमा हुने असफलताबाट निराश हुनुपर्ने अवस्था सिर्जना नहुने बताउनु भयो । उहाँले निरन्तर अभ्यासबाट नै निपुण हुने कुरालाई जोड दिदै तालिम लिएको भोलि पल्ट नै निरन्तर अभ्यास गर्न प्रशिक्षार्थीहरुलाई अनुरोध गर्नुभयो । आजको प्रशिक्षार्थी भोलिको प्रशिक्षक भएमा संस्थाका अन्य सदस्यहरुलाई पनि प्रशिक्षण दिन सहयोग हुने बताउनु भयो ।
कार्यक्रमका सभापति एवं संस्थाका सञ्चालक सदस्य रञ्जना प्रजापतिले संस्थाका महिला सदस्य तथा बाल बचतकर्ताहरुको क्षमता अभिबृद्धि गर्न निरन्तर रुपमा सिपमुलक तथा क्षमता अभिबृद्धि तालिम दिदै आएको जानकारी गराउदै आगामी आ.व.मा के कस्ता तालिमहरुको आवश्यकता सम्बन्धि सुझाव दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा महिला तथा बालबालिका उपसमितिका सचिव नारांदेवी दुमरु, प्रशिक्षक मिना कुम्पाख र प्रशिक्षार्थी लक्ष्मी सोभा बासुकलाले पनि बोल्नुभएको थियो ।

This will close in 0 seconds