आ.व.२०८१/८२ को अर्ध वार्षिक प्रगति समिक्षा बैठक सम्पन्न । माघ २३,२०८१

२३ माघ, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को आ.व. २०८१/०८२ को अर्ध–वार्षिक प्रगति समिक्षा बैठक संस्थाको समिति र कर्मचारीहरुको सहभागीतामा चाँथुली भक्तपुरमा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष एवं सभापति रुद्र नारायण लाखाले लक्ष्य र वर्तमान प्राप्ति बीचको अन्तर केलाएर लक्ष्य प्राप्तिका लागि रणनीति बनाउन समिक्षा कार्यक्रम गर्ने समिक्षा कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले सदस्यहरुको आर्थिक विकास गर्न संस्थाले अध्ययन गरी सहकारी पसल सञ्चालन गरे सदस्यहरुको व्यवसाय प्रवद्धन हुने बताउनुभयो । उहाँले संस्थामा ऋण लगानी कम भएको अवस्थामा समयानुसार संस्थाको ऋण नीति परिमार्जन गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले संस्थाले ऋण लगानी बृद्धि गर्न स–सना किस्ताबन्दी ऋणलाई प्राथमिकता दिनुपर्ने भन्नुहुँदै संस्थाले ऋण लगानीको साथै ऋण असुलीमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सदस्यहरुको व्यवसाय प्रवद्र्धन गर्न सहकारी संस्थाहरुले सहकारी पसल तथा सहकारी मेला सञ्चालन गर्दै जानुपर्ने
बताउनुभयो ।
कार्यक्रममा संस्थाका सचिव विष्णु प्रसाद दुमरुले संस्थामा ऋण लगानी कम भई रहेको अवस्थामा बजारको अध्ययन गरी नयाँ लगानी क्षेत्रहरुको पहिचान गर्नुपर्ने जोड दिनुभयो । उहाँले आ.व. २०८१/०८२ को पुस मसान्त सम्म भएका कार्यक्रमका साथ साथै संस्थाका विभिन्न नीति तथा कार्यविधिहरुको जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष जयराम गोर्खालीले संस्थाको थप विकास गर्न संस्थाको मानव संसाधन व्यवस्थापनमा विषेश ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले संस्थालाई दिगो बनाउन संस्थामा सल्लाहाकार समितिको गठान गर्नुपर्ने बताउँदै संस्था विकास गर्न अनुसन्धान र विकास विभागको आवश्यकता रहेको भन्नुभयो ।
संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक राम प्रसाद लाखाजुले संस्थाको लक्ष्य प्रप्ती गर्न समिक्षा बैठक आवश्यक रहेको भन्नुहुँदै संस्थामा ऋण लगानीमा कमी हुँदा संस्थाको नाफामा असर हुने भएको कारणले समयमै समस्याको पहिचान गरी रणनीति निर्माण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका निमित्त व्यवस्थापक चन्द्र प्रसाद दुमरुले संस्थाले सुरक्षित ऋण लगानी गर्दै आएको हुनाले संस्थामा सदस्यहरुको बचत सुरक्षित रहेको जानकारी दिनुभयो । उहाँले संस्था प्रविधिलाई आत्मसाथ गरी अघि बढ्दै गए संस्था वित्तीय रुपमा सक्षम बन्ने भन्नुहुँदै समुदायमा आधारित सहकारीलाई हालै जारी भएको सहकारी सम्बन्धी अध्यादेश एक चुनौटी बनेको बताउनुभयो ।
संस्थाले २०८१ पुस मसान्तसम्मा १७११७ सदस्य, शेयर पूँजी २६ करोड ४६ लाख, निक्षेप तथा बचत २ अर्व ५० करोड ९० लाख, ऋण लगानी १ अर्वं ६७ करोड ९८ लाख, जगेडा कोष २५ करोड ३४ लाख तथा कुल सम्पत्ति ३ अर्व १४ करोड ७१ लाखको संकलन भएको आर्थिक प्रगति विवरण सहित संस्थाको सबल र सुधार गर्नुपर्ने विषयहरुमा छलफल गरिएको थियो ।