आ.ब. ०८०।०८१ देखि ०८३।०८४ सम्मको ४ वर्षे व्यवसायिक योजना तर्जुमा

४ बर्षे व्यवसायिक योजना तर्जुमा गोष्ठी सम्पन्न
जेठ १३, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको आ.व. २०८०÷०८१ देखि आ.व. २०८३÷०८४ सम्मको ४ बर्षे व्यवसायिक योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका वर्तमान समिति तथा उपसमितिका पदाधिकारीहरु र वरिष्ठ कर्मचारीहरुको सहभागितामा भएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष एवं गोष्ठीका सभापति रुद नारायण लाखाले विगतको ४ वर्षे व्यवसायिक योजनाको समिक्षाको तथा आवश्यक नीतिगत संशोधन गरी अगामी दिनहरुमा सदस्य केन्द्रित भई अगाडी बढ्नुपर्नेमा जोड दिनुहुदै प्रविधिलाई आत्मसात गरि सदस्यहरुलाई वित्तीय साक्षरताका साथ साथै प्रविधि साक्षरताको कक्षा सञ्चालन गरि सर्वोत्कृष्ट वित्तीय समाधानको लागि सिद्धि गणेश हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले स्वागत मन्तव्यका साथै विगतको कोभिड र आर्थिक मन्दीका कारणले गर्दा समय समयमा ४ वर्षे व्यवसायिक योजनामा पुनरोवलोकन गर्नुपरेको कुरा जानकारी गराउदै व्यवसायिक योजना महत्वकांक्षी नभई हासिल गर्न सकिने किसिमको लक्ष्य तय गरि अगाडी बढ्नुपर्ने कुरा व्यक्त गर्नुभएको थियो ।
संस्थाको सबल पक्ष र दुर्बल पक्ष बारेमा सहभागीहरुको ५ वटा समूह बनाई समूह कार्य गरि आगामी दिनमा सबल पक्षलाई निरन्तरता दिदै दुर्बल पक्षमा सुधार गर्नुपर्ने निष्कर्ष सहित सम्पन्न भएको गोष्ठीमा नेफ्स्कुनका वरिष्ठ कार्यक्रम अधिकृत प्रेम नाथ वाग्लेले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सचिव विष्णुप्रसाद दुमरुले पनि बोल्नुभएको थियो ।