अन्तर विद्यालय/सहकारी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न । पुस १०, २०८१
१० पुस, भक्तपुर । यस सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांको प्रमुख आतिथ्यतामा संस्थाको ३१औं स्थापना दिवसको अवसरमा अन्तर विद्यालय÷सहकारी हाजिर जवाफ प्रतियोगिता सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भ.न.पा. ७ का वडाध्यक्ष उकेश कवांले हाल युवाहरु उच्च शिक्षा पश्चात विदेशिने गरेको प्रति चिन्ता व्यक्त गर्नुहुँदै विद्यार्थीहरुलाई राष्ट्र प्रति उज्जागर बनाई जिम्मेवार बनाउनुपर्ने बिचार व्यक्त गर्नुभयो । वडाध्यक्ष कवांले प्रतियोगिताको पहिलो प्रश्न साधी प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो ।
उहाँले सहकारी संस्था आर्थिक कारोवारमा मात्र सिमित नरही संस्थाका सदस्यहरुलाई सुसूचित गर्नुपर्नेमा जोड दिनुहुँदै हाजिरी जवाफ प्रतियोगिताका समसामयिक प्रश्नहरुले विश्वका थुप्रै ज्ञान जान्ने अवसर हुने बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले ३१ जना स्थानिय युवाहरुको अगुवाइमा स्थापित यस संस्था हाल १७००० भन्दा बढि सदस्यको परिवार बन्न सफल भएको बताउनुभयो । उहाँले सिद्धि गणेश साकोस सहकारी सिद्धान्तको पालना गरी समुदायमा आधारित रहेको बताउनुहुँदै हाजिरी जवाफ प्रतियोगिताले किताबी ज्ञानका साथ साथै अरु ज्ञानको अनुभव दिई प्रतिस्पर्धा गर्न मद्त पु¥याउने भन्नुभयो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष एवं सञ्चालक सदस्य राजन लाखाजुले संस्था समुदायमा आधारित भई स्थापना काल देखि नै शिक्षा सम्बन्धित कार्यक्रमहरु आयोजना गर्दै आएको जानकारी दिनुभयो । उहाँले राष्ट्रका ठुला नेताहरुको सहकारी अपचलनमा सहभागीता रहनु सहकारी संस्थाहरु समस्यामा पर्नुको मुख्य कारण रहेको बताउनुभयो । उहाँले प्रतियोगिता बिद्यार्थिहरुको क्षमता र सिप प्रर्दशनी गर्ने मञ्च रहेको बताउनुभयो ।
कार्यक्रमका सभापित एव शिक्षा उपसमितिका संयोजक विष्णु प्रसाद दुमरुले एक आपसमा सहकार्य गर्नु नै सहकारी हो भन्नुहुँदै सहकारी संस्थाले सदस्यहरुलाई अनावश्यक खर्च कटौटी गरी बचत गर्ने बानी सिकाउनुपर्ने बताउनुभयो । उहाँले हाजिरी जवाफ प्रतियोगिताले सहकारी सम्बन्धि पनि जानकारी प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका निमित्त व्यवस्थापक चन्द्र प्रसाद दुमरुले संस्थाको ३१औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिने जानकारी दिनुहुँदै प्रतियोगिताले सहभागी सम्पूर्णलाई वित्तीय रुपमा साक्षर बन्ने अवसर पनि रहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षा उपसमितिका सचिव किरण बनमाला उपस्थित सम्पूर्णलाई स्वागत गर्नु भएको थियो र उपसमितिका सदस्य रामहरी ताम्रकारले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
अन्तर विद्यालय÷सहकारी हाजिरी जवाफ प्रतियोगिताको फाइनलमा १६५ अकं सहित बासु माध्यमिक विद्यालय प्रथम, १६० अकं सहित वागीश्वरी माध्यमिक विद्यालय द्वितिय, १२५ अकं सहित पारागन एकेडेमी (ख) तृतिय, १२० अकं सहित पारागन एकेडेमी (क) सान्त्वना र क्रमश भक्तपुर साकोस, विद्यार्थी निकेतन मा.वि. र चण्डेश्वरी अजिमा साकोस सहभागी भएका थिए ।