चैत्र २६, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ एकदिने कर्मचारी क्षमता अभिवृद्धि तालिम सम्पन्न भयो । कार्यक्रमको समापन कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले संस्थाको प्रगतिमा सञ्चालक समितिले व्यवस्थापनबाट सकारात्मक नतिजाको धेरै अपेक्षा रहने र सो अपेक्षा पुरा गर्नमा तालिमले मद्दत पुर्याउने आशा व्यक्त गर्नुहुँदै तालिमले सदस्यहरुलाई दिने सेवा सुविधामा थप प्रभावकारिता ल्याउनेमा पनि आशा व्यक्त गर्नुभयो । उहाँँले सिद्धि गणेश साकोसले नाफा तथा उच्च लाभांश वितरणलाई भन्दा पनि सदस्य तथा समुदायको आर्थिक स्तर विकासलाई ध्यान राखी कार्य सम्पादन गर्दै आइरहेका…
Read MoreAuthor: Siddhi Ganesh Saving & Credit Cooperative Society Limited
अनिवार्य शिक्षा शिविर सम्पन्न
१६ चैत्र, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुलाई संस्थाको सेवा सुविधाबारे जानकारी दिने उद्देश्यकासाथ संस्थाको तालिम हल खँचामा अनिवार्य शिक्षा शिविर सम्पन्न भयो । कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले सदस्यहरुलाई संस्था तथा संस्थाको सेवा सुविधाबारे जानकारी दिने उद्देश्यकासाथ स्थापनाकालदेखि शिक्षा शिविर सञ्चालन गर्दै आएको जानकारी दिनुहुँदै ंसिद्धि गणेश साकोसको मुख्य उद्देश्य नाफा कमाउने तथा उच्च लाभांश दिनेभन्दा पनि सदस्यहरुलाई व्यवसायी तथा उद्यमी बनाउनु रहेको भन्नुभयो । उहाँले अहिले सिमित व्यक्ति तथा समुहको स्वार्थ पूर्ति गर्ने उद्देश्यकासाथ प्रदेश कार्यालयमा मात्र दर्ता गरी…
Read Moreजेष्ठ सदस्य सम्मान कार्यक्रम सम्पन्न
चैत ५, भक्तपुर । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. का ७० बर्षन्दा माथिका सदस्य तथा बचतकर्ताहरुलाई दोसल्ला ओर्ढाई सम्मान गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेंले विकासोन्मुख देशमा जेष्ठ नागरिकहरुमा सामाजिक तथा राजनैतिक सचेतनाको कमी हुने भएकोले नयाँ पुस्तालाई मार्गनिर्देशन तथा साँस्कृतिक स्तर सुधारमा चुकिरहेको छ । जीवनको उत्तर्रार्द्धमा आराम गरी एकै ठाउँमा बस्नुभन्दा शारिरिक रुपमा सक्रिय हुन विभिन्न क्रियाकलापमा संलग्न हुनु पर्दछ भन्नुभयो । उहाँले जेष्ठ सदस्यहरुले आफुलाई शारिरिक रुपमा स्वस्थ राख्न दैनिक खानपिन ध्यान दिनर्ुपर्छ भन्नुहुँदै चिल्लो, पिरो, नुनिलो जस्ता ज्रि्रोलाई स्वाद…
Read Moreसिद्धि गणेश साकोसको अनिवार्य शिक्षा शिविर सम्पन्न
फागुण २१, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुलाई संस्थाको सेवा सुविधाबारे जानकारी दिने उद्देश्यकासाथ अनिवार्य शिक्षा शिविर सम्पन्न भयो । कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले सिद्धि गणेश साकोसले स्थापनाकालदेखि निरन्तर रुपमा सदस्यहरुलाई सिद्धि गणेश साकोस तथा सहकारी अभियान लगायतका समसामयिक बिषय सम्बन्धि जानकारी एवं सू-सूचित गर्ने उद्देश्यकासाथ शिक्षा शिविर गर्दै आइरहेको भन्नुहुँदै स्कुल तथा कलेजको पाठ्यपुस्तकमा सहकारी बिषय समेटिनु सहकारी अभियानका लागि सुखद पक्ष हो भन्नुभयो । उहाँले हाल भनपा लगायत जिल्लाका अरु नगरपालिकाहरुमा कानूनी प्रक्रिया पुरा नगरी स्थानीय तहको स्वीकृती…
Read More२३औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठि सम्पन्न
१५ फागुण, भक्तपुर । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यता तथा सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा आक्सेस् पहिलो व्याचको २३औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठि सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले सहकारीहरु नाफा, पुरस्कार र सम्मानको लागि नभई सहकारीको वास्तविक मूल्य मान्यता अनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिनुहुँदै सबैले आ-आफ्नो स्वार्थ तथा उद्देश्य अनुकुल बिषयहरुलाई परिभाषित गर्ने हुनाले सहकारीहरुले पनि आक्सेस कार्यक्रमको वास्तविक उद्देश्य पहिल्याएर अगाडि बढ्नर्ुपर्छ भन्नुभयो । उहाँले भनपाले आफ्नो कार्यक्षेत्र भित्रको सहकारीरुको निरन्तर अनुगमन गरिरहेको, र्सवसाधारणको रकम सुरक्षाको लागि…
Read Moreसिद्धि गणेश साकोसको अर्ध-बाषिर्क समिक्षा सम्पन्न
१ फागुण, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को आ.व. २०७८/०७९ को अर्ध-वाषिर्क प्रगति समिक्षा कार्यक्रम संस्थाको समिति, उपसमिति र कर्मचारीहरुको सहभागीतामा सम्पन्न भयो । कार्यक्रममा संस्थाका अध्यक्ष एवं सभापति राजन लाखाजुले लक्ष्य र वर्तमान प्राप्ति बीचको अन्तर केलाएर लक्ष्य प्राप्तिका लागि रणनीति बनाउन समिक्षा कार्यक्रम गर्ने परिपाटि अनुसार समिक्षा कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुहुँदै संस्थाका सबल पक्षहरुको सूचना सम्प्रेषणका लागि सहभागिहरुमा अनुरोध गर्नुभयो । संस्थाका पर्ूव अध्यक्ष एवं सञ्चालक कृष्णगोविन्द लाखाजुले संस्थामा कायम सु-शासन तथा प्रविधिले पनि संस्थाको प्रगतिमा प्रभाव पार्ने भएकोले ति पक्षहरुको पनि…
Read Moreअनिवार्य शिक्षा शिविर सम्पन्न
माघ ८, भक्तपुर सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनमा संस्थाको सेवा सुविधाबारे जानकारी दिने उद्देश्यकासाथ अनिवार्य शिक्षा शिविर कार्यक्रम सम्पन्न भयो । कोभिड संक्रमणलाई ध्यानमा राख्दै स्थानीय निकायको निर्देशन तथा सुरक्षाका उपायहरु अवलम्बन गरी कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले संस्थाले लाभांशमूखी तथा नाफामूखी भन्दा सदस्यको आर्थिक अवस्था उकास्न तथा सदस्यलाई उद्यमी र व्यवसायी बनाउने उद्देश्यकासाथ नीतिहरु बनाउँदै आएको जानकारी दिनुहुँदै संस्थाले बचतमा बजारदर भन्दा थोरै बढि र ऋणमा थोरै कम व्याजदर लिई वित्तीय गुणस्तर कायम गर्दै आएको छ भन्नुभयो…
Read More२८औं स्थापना दिवस कार्यत्रम सम्पन्न
२९ पुस, भक्तपुर सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को २८ औं स्थापना दिवस कार्यक्रम माननीय साँसद प्रतिनिधि सभाका प्रेम सुवालको प्रमुख आतिथ्यतामा सुरक्षाका उपायहरु अपनाउँदै सिद्धि गणेश तालिम हल खँचामा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि सुवालले वर्तमान युवा पुस्तामा सदाचार तथा अनुशासनको कमी रहेको औंल्याउँदै सहकारी संस्थाहरुले साँस्कृतिक स्तर विकाससँगै दैनिक जीवनमा आर्इपर्ने समस्याहरुसँग सम्बन्धित सीपमूलक तथा रोजगारीमूलक तालिमहरु सञ्चालन गर्नर्ुपर्नेमा जोड दिनुभयो । उहाँले अव्यवस्थित तथा अनियन्त्रित रुपमा हुने जग्गा बेचबिखन तथा प्लटिङ्गले कृषि क्षेत्र तथा उत्पादनमा संकट ल्याउने र आगामी पुस्ताको भविष्य सुःखद नदेखेकोले…
Read More२८औं स्थ्ाापना दिवसको अवसरमा विभिन्न तालिम सम्पन्न
१८ पुस, भक्तपुर सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को विभिन्न उपसमितिको आयोजनामा अमिलो बनाउने, ग्याँस चुलो मर्मत तथा असल बैठक प्रणाली तालिम सम्पन्न भयो । महिला तथा बालबालिका उपसमितिको अमिलो बनाउने तालिममा संस्थाका अध्यक्ष राजन लाखाजुले आर्जित सीपलाई व्यवहारमा लागु गरेको खण्डमा सीपयुक्त व्यक्तिले सहज रुपमा जीवनयापन गर्न सक्ने विचार व्यक्त गर्नुहुँदै हाल भनपामा बहुउद्देशीय सहकारी संस्थाहरु प्रदेश सरकारमा मात्र दर्ता गरी सञ्चालन भइरहेको हुनाले जनताको पैसाको सुरक्षामाथि प्रश्न चिन्ह खडा भएकोले त्यस्ता संस्थाहरुमा कारोवार गर्न अघि पर्ूण्ा जानकारी लिएरमात्र कारोवार गर्न अनुरोध गर्नुभयो । आयोजक उपसमितिका…
Read Moreअनिवार्य शिक्षा शिविर सम्पन्न
पुस ३, भक्तपुर सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा सदस्यहरुलाई संस्थाको सेवा सुविधाबारे जानकारी दिने उद्देश्यकासाथ अनिवार्य शिक्षा शिविर सम्पन्न भयो । कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले नियमनकारी निकायले दवाब तथा आर्थिक प्रलोभनमा परी सहकारी ऐन तथा नियमावलीको मर्म विपरित बहुउद्देशीय सहकारी संस्थाहरु दर्ता गर्राई सञ्चालन ल्याएको विचार व्यक्त गर्नुहुँदै सदस्यको आर्थिक, सामाजिक, शैक्षिक सफलतासँगै संस्थाको सफलता गाँसिएकोले सदस्यको हितको लागि संस्थाले विभिन्न गतिविधि सञ्चालन तथा नीतिहरुको निर्माण गर्दै आइरहेको जानकारीसँगै उहाँले सहकारीता, सहकारी सञ्चालनका सिद्धान्तहरु तथा संस्थाको अवधारणागत पक्षहरुबारे सदस्यहरुलाई अवगत गराउनुभयो । संस्थाका का.मू….
Read More