निःशुल्क स्त्रीरोग तथा सुगर परिक्षण शिविर सम्पन्न । (जेठ ३१ )

       

 

भक्तपुर, जेठ ३१ गते ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को यातु गणेश सेवाकेन्द्र व्यवस्थापन उपसमितिको आयोजना र ख्वप अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्त्रीरोग तथा सुगर परिक्षण शिविर सम्पन्न भयो ।
शिविरको औपचारीक कार्यक्रमका अतिथि एवं संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले सदस्य स्वस्थ नभएमा बचत गर्ने वातावरण श्रीजना नहुने भन्नुहुँदै हाल समुदायमा सुगर रोगले धेरै सर्वसाधारणको जनजीवीकामा असर पारेको बताउनुभयो । उहाँले हाम्रो समुदायका महिलाहरु आफ्नो शारिरीक सम्स्याको बारे खुल्ला रुपमा बोल्न नसकेको र विभिन्न वडाबाट हुने यस किसिमका शिविरमा सामान्य समस्या पनि लुकाएर राख्दा त्यसता समस्या क्यान्सरमा परिणत भएको पाइएको बताउनु भयो । हाल धेरै सहकारीमा समस्या परेको अवस्थामा पनि यस संस्थाले निरन्तर सेवा प्रदान गर्दै आएको जानकारी गराउनुभयो । उहाँले यस संस्थाबाट विभिन्न सिपमुलक तालिमको आयोजना गरी सदस्यहरुलाई आत्मनिर्भर बनाई आर्थिक स्तर उकास्ने प्रयास भईरहेको हुनाले सहभागीहरुलाई त्यस्ता तालिमहरुमा सहभागी हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा ख्वप अस्पतालबाट पाल्नुभएका स्त्रीरोग विषेशज्ञ डा. कृष्ण प्यारी दुगुजुले हाम्रो समुदायमा रहेका महिलाहरुले लाजका कारण आफ्ना समस्या असहनिय नभए सम्म डाक्टरी परामर्श लिन नआउने बताउनुभयो साथै नियमित स्वास्थ्य परिक्षण गरी सुखी जीवन बिताउनका लागि यस किसिमका शिविर लगायत ख्वप अस्पतालबाट पनि आवश्यक परामर्श लिन आग्रह गर्नुभयो ।
कार्यक्रमका सभापति एवं आयोजक उपसमितिका संयोजक रमेश दुमरुले यस सेवाकेन्द्रबाट यस भेगका सदस्यहरुको आर्थिक कारोबारमा मात्र सिमित नरहि संस्थाका पूर्वीभेगिय सदस्य तथा स्थानियहरुको स्वस्थ्यलाई मध्यनजर गरी यस शिविर आयोजाना गरिएको जानकारी दिनुहँदै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
उक्त शिविरमा ८२ जनाले सुगर तथा रक्तचाप परिक्षण गराएका थिए भने ३२ जनाले स्त्रीरोग बारे परामर्श लिएका थिए । औपचारीक कार्यक्रममा व्यवस्थापक शिला गोसाईले स्वागत मन्तव्य दिनुभएको थियो भने आयोजक उपसमितिका सचिव प्रकाश प्रजापतीले उक्त कार्यक्रम सञ्चालन गर्नु भएका थिए ।

Leave a Reply

Your email address will not be published.