लोकसेवा तयारी अभिमुखीकरण कार्यक्रम (जेठ २७)

     

लोकसेवा तयारी अभिमुखिकरण कार्यक्रम

२०८० जेठ २७ गते शनिबार
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा लोकसेवा तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा अतिथि संस्थाका पूर्व अध्यक्ष एवं वर्तमान सञ्चालक समिति सदस्य कृष्ण गोविन्द लाखाजुले लोक को सेवा गर्ने नै लोकसेवा हो भन्ने सरल परिभाषा दिनुहुदै सहकारी सेवामा आबद्ध हुन चाहनेहरुको संख्या धेरै भएको हुनाले अधक मेहनत गर्नुपर्ने कुरामा जोड दिनुभयो । हाल सरकारी क्षेत्रका साथ साथै सहकारी क्षेत्रमा पनि राम्रो सेवा सुविधा भएको हुनाले सो क्षेत्रमा पुग्न पनि निरन्तर प्रयास र अध्ययन जरुरी भएको जानकारी गराउनु भयो । जुन तहका लागि प्रतिस्पर्धा गर्ने हो सो विषयमा पूर्ण ज्ञान भएमा सफल हुने कुरामा जोड दिनुहुदै वर्तमान अवस्थामा सहकारी दुई किसिमको कारणले गर्दा समस्यामा परेको कुरा प्रष्ट पार्नुभयो । जसमध्ये कोभिड, रुस र युक्रेनको युद्ध, आर्थिक मन्दी कारणले देशको आर्थिक अवस्थामा परेको संकटले गर्दा सहकारी मात्र नभई बैक पनि समस्यामा रहेको र दोश्रो कारण संचालकहरुले सुशासन कायम नगरी आर्थिक हिनामिनाका कारणले सहकारी समस्यामा परेको कुरा बताउनु भयो । साथै जागिरको लोभमा सहकारीको साथै संचालकको राम्रो जानकारी नभई काम गर्न हुदैन भन्नुभयो र घर परिवार, आफन्तहरुलाई समुदायमा आधारित संस्थामा मात्र कारोबार गर्न प्ररित गराउनु पर्ने बताउनु भयो ।
उक्त कार्यक्रमका सहजीकर्ता लोकसेवा आयोगका निवृत शाखा अधिकृत मणिरत्न बज्राचार्यले भक्तपुर शिक्षा क्षेत्रमा उत्कृट नगरपालिका रहेको हुनाले एक घर एक स्नातकको अभियान जस्तै एक घर एक निजामती कर्मचारीको अभियान सञ्चालन गर्नुपर्ने बताउनु भयो । लोकसेवा आयोगको लिखित र अन्तर्वाताको प्रक्रिया थाहा नभएका व्यक्तिहरुले जागिर खानका लागि भनसुन र पावर लगाउनु पर्ने भन्ने मान्यता रहेको छ तर ४० वर्षको अनुभवमा लोकसेवामा गोप्यनियता र निष्पक्षरुपमा नियुक्ति गरिएको कुरा व्यक्त गर्नुभयो । वर्तमान अवस्थामा सरकारी जागिरको आवश्यता रहेको हुनाले लोकसेवा तयारी गर्ने मनसाय लिई कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण सहभागीहरुलाई कार्यक्रम पश्चात पनि दृढताका साथ तयारीमा लाग्न अनुरोध गर्दै तयारीको लागि शुभकामना पनि दिनुभयो ।
कार्यक्रमका अर्का सहजकर्ता कर्मचारी सञ्चय कोषका निवृत बरिष्ठ प्रबन्ध महेन्द्र राज शाक्यले लोकसेवा आयोगको बारेमा प्रस्तुतीकरण सहित हरेक बुधबार गोरखापत्रमा लोकसेवा सम्बन्धि सूचनाहरु प्रकाशन हुने भएकाले अध्ययन गर्नुहुन अनुरोध गर्नुभयो ।
कार्यक्रमका सभापति एवं संस्थाका सचिव विष्णु प्रसाद दुमरुले स्नातक उत्तीर्ण विद्यार्थीहरुले पढाईलाई भन्दा पनि स साना आर्य आर्जन हुने काममा ध्यान दिएको पाइएको बताउनु भयो । लोकसेवाको विज्ञापन हुदा आवेदन दिन उत्प्ररित गर्नका लागि यस कार्यक्रमको आयोजना गरिएको बताउनु हुदै महेनत गरि परिक्षा दियो भनै पक्के पनि सफल हुने भन्नु भयो ।
कार्यक्रमको सञ्चालन उपसमितिका सचिव किरण बनमालाले गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाका व्यवस्थापक शिला गोसाईले दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published.