कर्मचारी क्षमता अभिवृद्धि तालिम सम्पन्न
चैत्र २६, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ एकदिने कर्मचारी क्षमता अभिवृद्धि तालिम सम्पन्न भयो ।
कार्यक्रमको समापन कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले संस्थाको प्रगतिमा सञ्चालक समितिले व्यवस्थापनबाट सकारात्मक नतिजाको धेरै अपेक्षा रहने र सो अपेक्षा पुरा गर्नमा तालिमले मद्दत पुर्याउने आशा व्यक्त गर्नुहुँदै तालिमले सदस्यहरुलाई दिने सेवा सुविधामा थप प्रभावकारिता ल्याउनेमा पनि आशा व्यक्त गर्नुभयो । उहाँँले सिद्धि गणेश साकोसले नाफा तथा उच्च लाभांश वितरणलाई भन्दा पनि सदस्य तथा समुदायको आर्थिक स्तर विकासलाई ध्यान राखी कार्य सम्पादन गर्दै आइरहेका छौं भन्नुभयो ।
नेफ्स्कुनका तालिम अधिकृत सुमनराज घिमिरेले कुनै पनि तालिमले सहभागिहरुलाई मार्गनिर्देश मात्रै गर्ने भएकोले तालिमबाट प्राप्त ज्ञानको कार्यान्वयन तहले तालिमको सफलता निर्धारण गर्छ भन्नुहुँदै संस्थाले तालिम मार्फ कर्मचारीहरुमा लगानी गर्ने भएकोले तालिम नतिजामूखी हुनपर्नेमा जोड दिनुभयो ।
संस्थाका वित्त तथा प्रशासन अधिकृतले तालिमको प्रतिवेदन तथा ऋण अधिकृत राजेश लाखाजुले तालिम सम्बन्धि मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गरेको समापन कार्यक्रममा संस्थाका का.मू. शिला गोर्साईले पनि बोल्नुभएको थियो ।