अनिवार्य शिक्षा शिविर सम्पन्न
१६ चैत्र, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुलाई संस्थाको सेवा सुविधाबारे जानकारी दिने उद्देश्यकासाथ संस्थाको तालिम हल खँचामा अनिवार्य शिक्षा शिविर सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले सदस्यहरुलाई संस्था तथा संस्थाको सेवा सुविधाबारे जानकारी दिने उद्देश्यकासाथ स्थापनाकालदेखि शिक्षा शिविर सञ्चालन गर्दै आएको जानकारी दिनुहुँदै ंसिद्धि गणेश साकोसको मुख्य उद्देश्य नाफा कमाउने तथा उच्च लाभांश दिनेभन्दा पनि सदस्यहरुलाई व्यवसायी तथा उद्यमी बनाउनु रहेको भन्नुभयो । उहाँले अहिले सिमित व्यक्ति तथा समुहको स्वार्थ पूर्ति गर्ने उद्देश्यकासाथ प्रदेश कार्यालयमा मात्र दर्ता गरी स्थानीय निकायको स्वीकृती वेगर बहुउद्देशीय संस्थाहरु सञ्चालनमा आएको र त्यस्ता संस्थाको आर्थिक तथा भौतिक प्रलोभनमा नपरी आफ्नो रकमको सुरक्षा गर्न सम्बन्धित सबैमा अनुरोध गर्नुहुँदै सहकारी, सहकारीता, सहकारी सञ्चालनका अन्तर्राष्ट्रिय सिद्धान्तहरुसँगै संस्थाको अवधारणागत पक्षहरुबारे संस्थागत प्रस्तुती दिनुभयो ।
संस्थाका का.मू. व्यवस्थापक शिला गोसाईले सदस्य तथा समुदायको विकासको लक्ष्यकासाथ जिल्लामै प्रतिस्पर्धी एवं न्यून ब्याजदरमा ऋण लगानी र परिचालन गर्दै आइरहेको एक मात्र संस्था सिद्धि गणेश साकोस रहेको भन्नुहुँदै उहाँले सहभागीहरुलाई संस्थाको सेवा सुविधासँगै सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धि संघ÷संस्थाहरुलाई जारि गरिएको व्यवस्थाबारे जानकारी दिनुभयो ।
कार्यक्रमका सभापति एवं उपसमितिका संयोजक रुद्र नारायण लाखाले तात्कालिन समयमा सामाजिक क्रियाकलापमा सक्रिय एवं राजनितिक रुपमा सचेत ३१ जना युवाहरुले ३१०० बाट स्थापना गरेको सहकारीले फागुण मसान्तसम्ममा १५६३२ जना सदस्यबाट २ अर्व ४७ करोडभन्दा बढीको सम्पत्ति जोड्न सफल भएको जानकारी दिनुहुँदै संस्थाको पृष्ठभूमीबारे सहभागीहरुलाई अवगत गराउनु भयो ।
२६ जना नयाँ तथा सम्भावित सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा उपसमितिका सदस्य रत्नश्वरी चवालले पनि बोल्नुभएको थियो ।