२३औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठि सम्पन्न
१५ फागुण, भक्तपुर ।
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यता तथा सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा आक्सेस् पहिलो व्याचको २३औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठि सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले सहकारीहरु नाफा, पुरस्कार र सम्मानको लागि नभई सहकारीको वास्तविक मूल्य मान्यता अनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिनुहुँदै सबैले आ-आफ्नो स्वार्थ तथा उद्देश्य अनुकुल बिषयहरुलाई परिभाषित गर्ने हुनाले सहकारीहरुले पनि आक्सेस कार्यक्रमको वास्तविक उद्देश्य पहिल्याएर अगाडि बढ्नर्ुपर्छ भन्नुभयो । उहाँले भनपाले आफ्नो कार्यक्षेत्र भित्रको सहकारीरुको निरन्तर अनुगमन गरिरहेको, र्सवसाधारणको रकम सुरक्षाको लागि भनपाको स्वीकृती विना प्रदेशमा मात्र दर्ता गरी सञ्चालनमा रहेको सहकारीहरु र नीति नियम पुरा नगरेका सहकारीहरुलाई स्पष्टिकरण, चेतावनी र कार्वाही गर्दै आइरहेको जानकारी दिनुभयो ।
उहाँले ‘भनपाले आपत विपतमा सहकारीहरुलाई साथीको रुपमा लिँदै अगाडि बढेको र कोभिड महामारीमा सहकारीलगायत अन्य क्षेत्रहरुबाट एक महिनामा मात्रै ६ करोडभन्दा बढी आर्थिक सहयोग संकलन गरी आ.सि.यु. र भेन्टिलेटर सहितको अस्पताल सञ्चालन गर्दै आइरहेका छौं । भनपा हाल सहकारीसँग समन्वयमा आदर निकेतन सञ्चालनको प्रक्रियामा रहेको र अन्य विभिन्न परियोजनाहरु सञ्चालनको लागि छलफलको क्रममा छौं’ भन्नुभयो ।
उहाँले ‘देशभरमा दर्ता भएका सहकारीहरुसँग खर्बाैं पूँजी रहेको तर सरकार ति पूँजी परिचालनभन्दा पनि विदेशी सहयोग तथा अनुदानमा बढी निर्भर भयो । ५५ अर्वको ःऋऋ पनि त्यसैको उपज हो । ५५ अर्वले देशको मुहार फेरिने गरी देश विकास हुने गलत विचार तथा धारणा सरकारमा रहेका पार्टर्ीीमा छ । ःऋऋ ले देशको र्सार्वभौमिकतामा असर पार्छ, नेपाललाई इन्डो प्यासिफिक रणनीतिको हिस्सा बनाउँछ, नेपाललाई भारतको प्रान्त बनाउने सम्झौतामा देशका ठूला पार्टर्ीीले हस्ताक्षर गरेको र आफैंले अनैतिक तथा भ्रष्ट भनेका ओलीसँग मिलेर ःऋऋ संसदबाट अनुमोदन गर्न लागेकोले जनतामा नैराश्यता छाएकोले ःऋऋ देशघाती छ’ भन्नुभयो ।
कार्यक्रमका अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ-नेफ्स्कुन)का सञ्चालक मन्दिरा मिश्रले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको रुपान्तरणमा सहकारीहरु अग्रणी स्थानमा रहेको विचार व्यक्त गर्नुहुँदै कार्यक्रमले सहकारी अभियानमा देखा परेका समस्याहरुसँगै समाधानका उपायहरु पहिचान गर्न कार्यक्रम सहयोगी हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
आक्सेस पहिलो समुहको तर्फाट जनसचेतन साकोस, दोलखाका अध्यक्ष हेमन्त कुमार चौलागाईंले आक्सेस पहिलो व्याचका सहकारीहरुले ब्राण्ड तथा नामको लागि नभई समुदायको हित र सहकारी अभियानलाई सकारात्मक दिशामा लान सहकार्य गर्दै आइरहेको र कार्यक्रमले आक्सेस ब्राण्डिङ्गमा रहेको अस्पष्टता तथा गुनासाहरुको सम्बोधन हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका कोषाध्यक्ष इश्वरमान दुमरुले स्वागत मन्तव्य दिनुहु“दै आक्सेस ब्राण्ड प्राप्त संस्थाहरु अन्तर्रर्ााट्रय रुपमा राम्रा संस्थाहरुमा गनिएको र यी सहकारीहरुले गैह्र समुदायमा आधारित संस्थाहरुलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
सभापतिको आसनबाट आयोजक संस्थाका अध्यक्ष राजन लाखाजुले आक्सेसको सूचक, नीति नियमहरुको कार्यान्वयनमा दुविधा तथा चुनौति भएता पनि सहकारी अभियानलाई गुणस्तरियता तथा सुरक्षा दिने उद्देश्यकासाथ कार्यक्रममा आवद्ध भएको जानकारी दिनुहुँदै कार्यक्रममा संलग्न संस्थाहरुलाई वर्तमान समयमा समकालीन संस्थाको तुलनामा सञ्चालनमा समस्या भएको, आक्सेस कार्यक्रमको वैधानिकतामा प्रश्न खडा भएको लगायतका बिषयहरुमा स्पष्ट भई अगाडि बढ्न कार्यक्रम सहयोगी हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
आक्सेस पहिलो समुह अर्न्तगत भक्तपुरका सिद्धि गणेश, श्री बाराही, उपकार, काभे्रका विन्धवासिनी, सामुदायिक, बुडोल सामुदायिक, र दोलखाको जनसचेतन साकोसहरुले आ-आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बैठकले विभिन्न मुद्दाहरुमा छलफल गरि असल अभ्यासहरुको खोजी गर्नु सो बैठकको उद्देश्य रहेको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले पनि बोल्नुभएको थियो ।