अनिवार्य शिक्षा शिविर सम्पन्न
माघ ८, भक्तपुर
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनमा संस्थाको सेवा सुविधाबारे जानकारी दिने उद्देश्यकासाथ अनिवार्य शिक्षा शिविर कार्यक्रम सम्पन्न भयो । कोभिड संक्रमणलाई ध्यानमा राख्दै स्थानीय निकायको निर्देशन तथा सुरक्षाका उपायहरु अवलम्बन गरी कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले संस्थाले लाभांशमूखी तथा नाफामूखी भन्दा सदस्यको आर्थिक अवस्था उकास्न तथा सदस्यलाई उद्यमी र व्यवसायी बनाउने उद्देश्यकासाथ नीतिहरु बनाउँदै आएको जानकारी दिनुहुँदै संस्थाले बचतमा बजारदर भन्दा थोरै बढि र ऋणमा थोरै कम व्याजदर लिई वित्तीय गुणस्तर कायम गर्दै आएको छ भन्नुभयो ।
उहाँले संस्थाको वित्तीय अवस्थाबारे जानकारीसँगै आर्थिक तथा भौतिक प्रलोभनमा नपरी आर्थिक सुरक्षालाई प्राथकिता दिदैँ सिद्धि गणेश साकोसमा कारोवार गर्न आग्रहकासाथ संस्था सञ्चालनका राष्ट्रिय तथा अन्तराष्ट्रिय सिद्धान्तहरु, सदस्यको अधिकार दायित्व, संस्थाको अवधारणागत पक्षहरु र संस्थाको पृष्ठभूमीबारे सदस्यहरुलाई जानकारी दिनुभयो ।
संस्थाका विभागीय व्यवस्थापक शिला गोर्साईंले कोभिड महामारीलाई ध्यानमा राख्दै सदस्यको अनुकुलताको लागि संस्थाले विभिन्न नीतिहरुमा संशोधन तथा परिमार्जन गरेको जानकारी दिनुभयो । उहाँले ओरियण्टल र सिभिल सहकारीमा र्सवसाधारणको रकम फसेकोले शिक्षा शिविरको महत्व झन् बढेको छ भन्नुहुँदै संस्थाको सेवा सुविधाबारे प्रस्तुती दिनुभएको थियो ।
कार्यक्रमका सभापति एवं आयोजक उपसमितिका सचिव किरण वनमालाले संस्थाको सकारात्मक पक्षको प्रचार गर्न तथा सुधार्नुपर्ने पक्षको बारे प्रतिक्रिया दिन सदस्यहरुलाई अनुरोध गर्नुभएको कार्यक्रममा संस्थाका कार्यक्रम अधिकृत शशि प्रसाद फैजुले पनि बोल्नुभएको थियो ।