सिद्धि गणेश साकोसमा निःशुल्क रक्तचाप परिक्षण
२४ असोज, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को स्वास्थ्य उपसमितिद्वारा आयोजित दर्ुइ दिने निःशुल्क रक्तचाप परिक्षण कार्यक्रमको शुभारम्भ संस्थाका अध्यक्ष राजन लाखाजुले रक्तचाप परिक्षण गरी गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले हाललाई कोरोना महामारीको संक्रमण दरमा कमी आएको तर रोग निर्मुल नभएकोले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी चार्डपर्व मनाउन अनुरोध गर्नुहुँदै चार्डपर्वमा अनियन्त्रित खानपान तथा दैनिकी हुने हुनाले स्वास्थ्य सचेतताका लागि संस्थाले कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो । उहाँले महामारीको समयमा संस्थाले सदस्य हित अनुकुल संस्थाको नीतिमा परिमार्जन गर्दै सेवा सुविधा प्रदान गरिरहेको र संस्थाले आ.व. २०७७/०७८ को शेयरमा १२ प्रतिशतका दरले लाभांश सम्बन्धित सदस्यको खातामा जम्मा गरिसकेकोले आवश्यकता अनुरुप मात्रै लाभांश लिन सदस्यहरुमा अनुरोध गर्नुभयो ।
संस्थाका का.मु. व्यवस्थापक शिला गोर्साईंले आधुनिक रहनसहन सँगै समाजमा रक्तचापसँगै मुटुका विरामीहरु बढीरहेकोले तथा सदस्य स्वस्थ्ा भएमा संस्था स्वस्थ हुने अवधारणा अनुसार निःशुल्क रक्तचाप परिक्षण कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
आयोजक उपसमितिका संयोजक एवं सञ्चालक विष्णु प्रसाद दुमरुले रक्तचाप परिक्षण असोज २४ र २५ गते दर्ुइ दिन सञ्चालन हुने भएकोले स्वास्थ्य लाभ लिन तथा चाँर्डपर्वहरु मितव्ययी रुपमा मनाउन अनुरोध गर्नुभयो ।
आयोजक उपसमितिका सचिव राजेश जाकिबन्जारले सञ्चालन गर्नुभएको कार्यक्रमको पहिलो दिन ७१ जना सदस्यहरुले स्वास्थ्य लाभ लिनुभयो ।