झोल साबुन र स्यानिटाइजर बनाउने तालिम समापन तथा प्रमाणपत्र वितरण सम्पन्न

२८ भाद्र, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको महिला तथा बालबालिका उपसमितिको आयोजनामा सम्पन्न एक दिने झोल साबुन र स्यानिटाइजर बनाउने तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले संस्थाद्वारा आयोजित विभिन्न सीपमूलक तालिमहरुमा महिलाको उल्लेखनीय सहभागिता रहे पनि तालिमबाट आर्जित सीपलाई व्यवहारमा लागु गर्न नसक्नु दुःखद् रहेको र त्यसलाई सम्बोधन गर्न तथा महामारीका कारण प्रभावित व्यवसायी सदस्यहरुलाई लक्षित गरी संस्थाले हालसालै ९५ व्याजदरमा लघु व्यवसाय सञ्चालन तथा व्यवसाय पूनर्जीवन ऋण कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो । उहाँले महिलाहरु सीपयुक्त र सक्षम भएमा राज्यद्वारा तोकिएको आरक्षणको आवश्यकता नरहने आफ्नो विचार राख्नुहुँदै विभिन्न सहकारी संस्थाले सदस्यको रकम जोखिममा पारेको समाचार दिनहुँ आइरहेको अवस्थामा कुनै पनि सहकारी संस्थामा कारोवार गर्न अघि संस्थाको बारेमा पर्ूण्ा जानकारी लिई मात्र कारोवार गर्न अनुरोध गर्नुभयो ।
तालिमका प्रशिक्षक राज्यश्वरी शिल्पकारले वर्तमान महामारीको समयमा सरसफाई स्वास्थ्यको लागि महत्वपर्ूण्ा पक्ष रहेको र स्यानिटाइजरको प्रयोग दैनिकको अभिन्न कार्य भएको अवस्थामा स्यानिटाइजर व्यवसायको सम्भावना प्रचुर मात्रामा रहेको भन्नुहुँदै तालिमबाट प्राप्त सीपलाई उद्यममा परिणत गर्न सहभागीहरुलाई उत्प्रेरित गर्नुभयो ।
संस्थाका का.मू. व्यवस्थापक शिला गोर्साईंले कोभिड महामारीको समयमा संस्थाले परिस्थितिको माग अनुसार सदस्यलाई घरदैलोसम्म वित्तीय सेवा प्रदान गर्नुका साथै सदस्यको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सिद्धि गणेश स्मार्ट बैङ्किङ सेवा लगायतका प्रविधिको अधिकतम उपयोगमा जोड दिनुभयो ।
सभापतिको आसनबाट आयोजक उपसमितिका संयोजक एवं सञ्चालक रामलक्ष्मी शिल्पकार लवजुले तालिमबाट आर्जित सीपलाई व्यवहारमा कार्यान्वयन गर्दै उद्यमी बन्न सहभागीहरुलाई उत्प्रेरित गर्नुभएको थियो । कार्यक्रममा प्रशिक्षार्थी रञ्जना त्वाती र आयोजक उपसमितिका सचिव रञ्जना प्रजापतिले पनि बोल्नुभएको थियो । उक्त तालिममा २१ जना सदस्यहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.